शुक्रबार, चैत १६, २०८०

दुबाई वर्ल्ड एक्स्पो : लाजैलाग्दो नेपालको प्रदर्शनी

डा. गोपाल पौडेल 'मण्डने' / दुबाई२०७८ कार्तिक १३ गते १४:२८

संयुक्त अरब इमिरेट्सको दुबाईमा हाल चलिरहेको वर्ल्ड एक्सपोमा नेपालको प्रदर्शनी लाजलाग्दो देखिएको छ । यहि एक्स्पोमा दक्षिण यशियाका देशहरु मध्ये छिमेकी भारतको भने सबैभन्दा ठूलो र आकर्षक छ ।

दुबई एक्सपोमा विश्वभरिका दिग्गज कंपनिका उत्पादनका साथै नयाँ प्रविधि र नवीनताको अद्भुत संगम छ । यहाँ १९२ देशह भेला भएका छन् । प्रत्येक देशको छुट्टै प्याभिलियन छन । आगामी ६ महिनासम्म यस एक्स्पोमार्फत विश्वका १९२ देशले आफ्नो शक्ति, प्रविधि र कला संस्कृति विश्वलाई देखाउने छन् ।

यस पटक दुबई एक्सपोमा भारतको शक्तिलाई सारा विश्वले हेरिराखेको छ । किनभने भारतको मण्डप यशियाका देश हरुमध्ये सबैभन्दा ठूलो छ । दोश्रोमा कोरियाको छ ।

यो एक्स्पोमा तीन वटा गेट छन् । तिनै वटा गेट भिन्न प्रकार र भिन्न आकर्षणको केन्द्र बनेका छन् । विश्वभरका प्रमुख कम्पनीहरुका उत्पादनहरुसँगै नयाँ प्रविधि र नवप्रवर्धनको अद्भुत संयोजन गरिएको छ ।

दुबाई एक्स्पो २०२० तय भएपनि कोरोना महामारीका कारण स्थगित भएको थियो त्यसैले २०२१ मा भइरहेको छ । तर यसलाई दुबई एक्सपो २०२० कै नाम दिइएको छ ।

भब्य तामझाम साथ आयोजना गरिएको यो एक्स्पो ओलम्पिकपछिको विश्वको सबैभन्दा ठूलो प्रदर्शनी हो । यो प्रदर्शनीका थुप्रै आकर्षण छन् । १८२ दिनसम्म चल्ने यो प्रदर्शनीमा ५० करोड मानिसले भ्रमण गर्ने अपेक्षा गरिएको छ । यो प्रदर्शनीकालागि ५० लाख स्वयंसेवक खटाइेएको छ । ११०० हेक्टर क्षेत्रफलमा फैलिएको यस प्रदर्शनीको मुख्य गुम्बजमा ५५० टन स्टिल प्रयोग गरिएको छ । यसको प्रवेश द्वारनै २१ मिटर उचाइको छ । हरेक दिन् ६० लाइभ कार्यक्रम हुन्छन् । र यसमा ४६ हजार संस्थाहरू समावेश छन् ।

दुबई एक्सपोको सबैभन्दा ठूलो आकर्षण भारतको प्याभिलियन हो । भारतबाट टाटा समूह, रिलायन्स, अदानी, वेदान्त, एचएसबीसी जस्ता ठूला कम्पनीहरूका साथै सयौं व्यापार समूहहरू सहभागी छन् । दुबई एक्स्पोमा मिनी वर्ल्ड देख्न पाइने भएपनि यहाँ भारतको रंग सबैभन्दा अनौठो र बेजोड देखिएको छ । भारतीय पेभिलियनको आकर्षण भब्य देखिनिको कारण यसमा सबैभन्दा ठूलो मण्डप छ । यो ४३८ हेक्टरमा फैलिएको छ । यसका ६०० ब्लकहरू छन् । ब्लकहरू सधैं घुम्ने तरिकाले बनाएका छन् ।

यो बनाउन लागतनै ५०० करोड खर्च भएको भनाई भारतीयहरुको छ ।

नेपालले पनि विभिन्न देशमा आयोजना हुने एक्स्पोहरुमा कुनै न कुनै रुपमा भाग लिने गरेको त छ तर त्यसबाट खासै फाइदा लिन सकेजस्तो देखिंदैन ।

नेपाल एक बहुभाषी, बहुजाति, बहुसंस्कृति अखण्ड र स्वतन्त्र मुलुक भएको हुँदा नेपालले पर्यटन प्रवर्धनको लागि धेरै आकर्षण गर्न सक्थ्यो । तर यस्तो गौरवपुर्ण अवसरको प्रयोग सरकारले गर्न छोडेर प्राइभेट कम्पनिलाइ दिइएको छ । यो जानकारी नेपाली राजदुत कृष्ण प्रसाद ढकालले दिएका हुन् ।

दुख लाग्दो कुरा हिमाल, पहाड, तराई, स्वेदश विदेश जहाँ भए पनि हामी नेपाली सयौं थुङ्गा फुलको एउटैमा मालामा भएको देखाउने र संसारभरिका पर्यटकलाइ नेपाल चिनाउने एउटा गतिलो अवसर नेपालले गुमायो ।

नेपाली संस्कृतिले नेपालीको एकतालाई सुन्दर मालाको रुपमा उनिएको बताउन पछि नपर्ने हाम्रा नेताहरुलाइ अलिकती पनि लज्जाबोध भएन । यहाँका करिब १०० जातिय तथा विभिन्न नाउँमा खोलिएका संघ संस्थाहरु तथा एनआरएनएहरुले पनि कम्तिमा पनि दिनमा एउटा लाखे नाच र केही सांस्कृतिक नाच मात्र देखाउनसकेको भए पनि पर्यटकको आकर्षण केन्द्र बन्ने थियो । नेपालको बारेमा एउटा पर्चा समेत बाँढ्न नसक्नु नेपालीको दुर्भाग्य नै हो ।

यदि त्यतिसम्म मात्रै गरिदिएको भएपनि हाम्रो स्टल हुँदाहुँदै केही गर्न नसकेको सोच्दै हिनताबोध गरेर कुनै पनि नेपाली फर्कनुपर्ने थिएन ।

(फोटोहरु-श्रीभवानी नेपाल र डा गोपाल पौडेल)

तपाइँको प्रतिक्रिया

फेसबुक