बिहीबार, चैत १५, २०८०

शुरु भयो पेरिसमा देउसी र भैलोको रमझम

नेपालप्लस संवाददाता / पेरिस२०७८ कार्तिक १३ गते १९:२४

फ्रान्सको राजधानी पेरिसमा तिहारको रमझम शुरु भैसकेको छ । पेरिसका नेपालीले तिहार आउनु दुई दिन अघिनै सप्ताहन्तको मौका छोपेर देउसी र भैलो खेल्न शुरु गरिसकेका छन् । नेपाली पर्वमा सार्वजनिक बिदा नहुनाले सप्ताहन्तको मौका छोपेर शुक्रवारनै नेपालीहरुले देउसी भैलो खेलेका हुन् ।

शुक्रवार गैरआवासीय नेपाली संघको नेत्रित्वमा नेपालीहरुले फ्रान्सका नेपाली राजदूत दिपक अधिकारीको निवासबाट देउसि र भैलो खेल्दै तिहार मनाउन शुरु गरे । आफ्नो आँगनमा देउसि भैलो खेल्न आएका नेपालीहरुलाई नेपाली संस्क्रिति, परम्परा र पर्वको जगेर्ना गर्न लागेको भन्दै प्रशंसा गरेका थिए ।

नेपालीहरुले देउसि र भैलोमा नाचगानसमेत गरेका थिए । नेपालीहरुसित देउसी भैलो खेल्न पाएर रमाएका राजदूत अधिकारी नेपालीहरुसँगै केहिबेर नाचेर रमाइलो गरे ।

एनआरएनए फ्रान्सले परिसका नेपाली रेस्टुरेन्ट र अन्य नेपालीका घरमा केहि दिन देउसी र भैलो खेल्ने योजना बनाएका छन् ।

सन् २००८ बाट एनआरएनए फ्रान्सले देउसी र भैलो खेल्न शुरुवात गरेको थियो । त्यसयता नेपालीहरुले देउसी भैलो खेल्दै आएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक