मंगलबार, वैशाख ४, २०८१

पेरिसमा दशैं-तिहार सांस्कृतिक कार्यक्रमको रौनक

अनुराधा पौडेल, तस्विर- महेन्द्र अधिकारी / पेरिस२०७८ कार्तिक १५ गते १२:३७

पेरिसमा स्थानिय कलाकारहरुले आइतवार दशैं तिहार सांस्कृतिक कार्यक्रम गरेका छन् । अन्तराष्ट्रिय कलाकार समाज (इनास) ले दशैं तिहार धमाका भन्दै यस्तो कार्यक्रम गरेको हो ।

पेरिस स्थित नेपालका राजदूत दीपक अधिकारीको प्रमुख आतिथ्य र इनास युरोपका सह संयोजक श्याम श्रेष्ठको विशेष आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा पेरिसमा रहेका स्थानिय कलाकारहरुले रोचक प्रस्तुती दिएका थिए ।

कोरोना महामारीका कारण पेरिसमा बिगत दुइ वर्ष यता बन्द हलमा ठूला कार्यक्रम हुन सकेका थिएनन् । गीत संगित मार्फत रमाइलो दिने कार्यक्रम भएकोले पेरिसमा रहेका युवायुवतीहरुको ठूलो सहभागिता थियो ।

नृत्य, गायन, कविता, बाचन गरि मनाइएको यस कार्यक्रममा प्रमुख अतिथि दीपक अधिकारीले बिदेशमा पनि नेपाली कला संस्कृतिलाई जिवन्त राख्न इनास फ्रान्सले खेलेको भुमिका प्रशंसनिय रहेको बताए ।

उनले पेरिसमा रहेका नेपाली समूदायलाई आउँदै गरेको लक्ष्मी पूजा तथा भाइटीकाको शुभकामनापनि दिए ।

कोरोना भाइरस संक्रमणका कारण मृत्युभएका स्वर्गीय किरण चन्द्र प्रधानको स्मृतिमा गठित किरण किरण चन्द्र प्रधान प्रतिष्ठानलाई २५१ युरो सहयोग प्रदान गरियो । कार्यक्रममा विशेष अतिथिको तर्फबाट इनास युरोपका सह संयोजक श्याम श्रेष्ठ र इनास फ्रान्सका बरिष्ठ उपाध्यक्ष जगत बहादुर खड्काले पनि मन्त्व्य राखेका थिए ।

बिदेशमा रहेर पनि नेपाली गीत, संगित, कला र संस्कृतिलाई जोगाइराख्न र यसलाई बिकास गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको इनास फ्रान्सका महासचिव महेन्द्र अधिकारीले बताए ।

नविन के परियार, कृष्टिना अधिकारी, उदयराज पान्डे, केन्जल अधिकारी आदिले अलग र अन्जेश चुडाल, सन्तोष गुरुङ, सरोज पान्डे, फिलिप्स तामाँग, बर्षा दाहाल चुडाल, बिजय लामा आदिले समुहमा रहेर कार्यक्रमको शुरुमै नेपाली भाषाका लोकप्रिय गीत गाएका थिए ।

उनीहरुको प्रस्तुती नेपालमा नाम चलेका कलाकारहरु भन्दा कम थिएन । कार्यक्रममा सहभागि नविन के परियाले कोरोना संक्रमण कालमा घरमै थुनिंदा धेरै गितहरुमा अभ्यास गर्न पाएकोले आजको रोचक प्रस्तुती दिन सकेकोमा खुसी लागेको बताए ।

यसैगरी कार्यक्रममा आभाष आचार्य प्रोडक्सनका तर्फबाट चार भागमा निर्माण गरिएको साना कथाको भिडियो « इसारा » बारे जीवन मगर थापाले जानकारी दिए । प्रेम सम्बनधलाई आधार मानेर बिभिन्न ठाउँमा यो छोटो सिनेमा छायांकन भएको र यो सिनेमा छिटै नै युट्युवमा सार्वजनिक गरिने जानकारी दिइयो ।

आभाष आचार्य प्रोडक्सनले पेरिसमा बिभिन्न नेपाली गीतहरुमा भिजुअल दृष्य दिँदै आएको छ जसमा ‘काउसँग पानी पर्यो असिना झर्यो’ जस्ता गीतका श्रब्यद्रिष्य यु ट्युबमा निकै लोकप्रिय छन् ।

कार्यक्रममा सरोज राइ, सोनाम घले, उमेश बन्जारा, स्वस्तिका राइ, सागर लिम्बुको एक समुहले छुट्टै प्रस्तुती दिएको थियो ।

वालवालिकाहरुले दशैं र तिहार झल्काउने गीतका साथ देश प्रमेले भरिएको गीतहरुमा नृत्य गर्दा उपस्थितहरुका आँखामा आँखा रसाएका थिए ।
कार्यक्रममा मधुकर देवकोटाले शार्दुल बिक्रीत छन्दमा रचिएको देश प्रेमले भरिपूर्ण कविता बाचन गरे ।

‘फेन्टास्टिक पेरिस गर्ल’ का नामले पेरिसमा प्रख्यात युवतीहरुको एक समुह लगायत अस्मिता थापा, दीपेन्द्र थापा, रोशिना अधिकारी आदिले नृत्य प्रस्तुत गरेको यस कार्यक्रमको अन्त्यमा देउसी र भैलो पनि खेलिएको थियो ।

कार्यक्रमको अन्त्यमा सहभागिहरुलाई प्रशंसा पत्र वितरण गर्दै इनास फ्रान्सका अध्यक्ष प्रविन सापकोटाले नेपालको कला संस्कृति र सम्बर्धनकालागि आआफ्नो ठाउँबाट सहयोग जुटाउने सबैलाई हार्दिक धन्यवाद व्यक्त गरे ।

कार्यक्रमको उत्कृष्ठ प्रस्तुति बारे टिप्पणी गर्दै पेरिसमा लामो समय देखि रहँदै आएकी मैया कटुवालले भनिन्” हाम्रो पालोमा नाच्ने मान्छे खोज्नका लागि दश पटक गुहार गर्नुपर्थ्यो । नृत्य र गीतको लय मिलोस नमिलोस हामीलाई कार्यक्रम गर्दा उ बेला घुमिदिए पुग्थ्यो । तर अहिले मानिसहरुको गीत र नृत्य मोह रहरलाग्दो गरी बढेको छ । लय र तालको तारतम्य कतिपय बेला मौलिक कलाकारहरुको भन्दा यता राम्रो देखिन्छ । पेरिसको युवा वर्ग गर्व गर्न लायकको छ ।”

कोभिडका कारण कार्यक्रम हुन नसकेकोले रोकिएर गुम्सिएको छटपटी उजागर भएको भनाई धेरैको थियो ।

तपाइँको प्रतिक्रिया