बिहीबार, वैशाख १३, २०८१

बेलायतद्वारा फ्रान्सलाई ४८ घण्टे चेतावनी : माछा मार्न पछाडि हट वा कडा प्रतिक्रियाको सामना गर

नेपालप्लस संवाददाता / बेलायत२०७८ कार्तिक १५ गते १४:०९

बेलायतले फ्रान्सलाई एटलान्तिक महासागरको आफ्नो क्षेत्रमा पर्ने पानीमा माछा मार्ने कामबाट पछि हट्न वा कडा प्रतिक्रियाको सामना गर्न ४८ घण्टे चेतावनी दिएको छ ।

बेलायत र फ्रान्सबिच एटलान्तिक महासागरमा माछा मर्ने विषयमा भएको बिवाद यो चेतावनीसँगै गम्भिर मोडतर्फ उन्मुख भएको छ । फ्रान्सपनि बेलायतको यो निर्णयबाट पछि हट्ने देखिएको छैन ।

बेलायतले एटलान्तिक महासागरको माछा मार्ने क्षेत्रमा ४८ घण्टा भित्र पछाडि हट्न फ्रान्सलाई सोमवार अल्तिमेटन जस्तै दिएको हो । यसले व्यापक व्यापार विवादमा सर्पिल गर्ने वा ब्रेक्सिट व्यापार सम्झौता अन्तर्गत कठोर कानुनी कारबाहीको सामना गर्न सक्ने भन्दै चेतावनी दिएको छ ।

आफ्ना मछुवारहरुलाई बेलायती जलक्षेत्रमा काम गर्नको लागि बेक्जिट संझौतामा उल्लेख भए अनुसार सही संख्यामा इजाजतपत्र दिन अस्वीकार गरेको फ्रान्सले आरोप लगाएको छ ।

फ्रान्सलेपनि बेलायतबिरुद्द मंगलबारदेखि लक्षित उपायहरू लागू गर्न सक्ने जनाएको छ । लक्षित उपायहरु भन्नाले बेलायत र फ्रान्सबिच चल्ने ट्रकहरूलाइ भन्सार जाँचहरू कडा पार्ने र फ्रान्सेली भूमिमा बेलायती मछुवारहरुलाइ माछा झारेर थुपार्न नदिने, प्रशोधन गर्न नदिने लगायतका छन् ।

बेलायतले पहिलेदेखिनै बेलायतको पानीमा माछा मारेको प्रमाणित गर्न सक्ने मछुवारहरुको डुंगालाई इजाजतपत्र जारी गरिरहेको जनाएको छ ।

यो विषय गत हप्ता देखि तीव्र भएको हो जब फ्रान्सेलीहरूले ल हाभ्र भन्ने ठाउँ नजिकैको फ्रान्सेली भागमा पर्ने पानीमा एक ब्रिटिश पानीजहाजलाई कब्जा गर्‍यो । उक्त जहाजका ब्यक्तिसित आवश्यक इजाजतपत्रहरू नन्हएको हुनाले कब्जा गरेको भनाअी फ्रान्सेली पक्षको छ । तर जहाजका मालिकले भने आवस्यक सबै कागजातहरू रहेको दाबी गर्दै आएका छन् ।

“फ्रान्सेलीहरूले बेलायतको च्यानल टापुहरू र हाम्रो माछा मार्ने उद्योगलाई असर पार्ने लगायतका पूर्ण रूपमा अव्यावहारिक धम्कीहरू दिएका छन् । उनीहरूले ती धम्कीहरू फिर्ता लिन आवश्यक छ अन्यथा हामी फ्रान्सलाई कारबाही गर्न ईयूसँगको हाम्रो व्यापार सम्झौताको संयन्त्र प्रयोग गर्नेछौं” बेलायतकी विदेश सचिव लिज ट्रसले स्काई न्यूजलाई भनिन् ।

“उनीहरूले ती धम्कीहरू फिर्ता लिनु पर्छ, अन्यथा हामी कारबाही गर्नेछौं” उनले चेतावनी दिईन् ।

फ्रान्सेलीहरूले अनुचित व्यवहार गरेको भनाई उनको छ । “यो व्यापार बेक्जिट सम्झौताको सर्त भित्र छैन । यदि कसैले व्यापार सम्झौतामा अनुचित व्यवहार गर्छ भने तपाईं तिनीहरूको विरुद्ध कारबाही गर्न र क्षतिपूर्तिका उपायहरू खोज्नको लागि हकदार हुनुहुन्छ । फ्रान्सेलीहरू पछि हटेनन् भने हामी त्यहि गर्छौं “ट्रसले भनिन्।

फ्रान्सले कुन समयसीमा फिर्ता लिनुपर्छ भनेर सोध्दा ट्रसले भनेकि छन् “यो मुद्दा आगामी ४८ घण्टामा समाधान गर्न आवश्यक छ ।”

यो धम्किले आइतवार स्कटल्याण्डमा सुरु भएको कोप २६ विश्व जलवायु शिखर सम्मेलनमा पनि असर पार्नसक्ने खतरा छ।

फ्रान्स र बेलायतबिच पानी र माछामा झगडा : के हो वास्तबिक लडाइँ ?

फ्रान्सले बेलायती माछा मार्ने डुङ्गाहरूलाई फ्रान्सेली बन्दरगाहहरूमा अनलोड गर्न प्रतिबन्ध लगाउने, ब्रिटिश पानीजहाजहरूको इजाजतपत्र कडाइकासाथ जाँच गर्ने, बेलायत जाने र बेलायतबाट फ्रान्स भएर अन्य युरोपेली देश जाने ट्रकहरूको नियन्त्रणलाई कडा पार्ने र वार्ता असफल भएमा भन्सार र खाद्द वस्तुको नियन्त्रणहरूलाई कडा पार्न सक्ने बताएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आइतबार फ्रान्सका तर्फबाट युरोपेली संघलाई एउटा पत्र पठाएकोमा आफू अचम्ममा परेको आइतवार बताएका थिए। फ्रान्सेली प्रधानमन्त्री जँ कास्टेक्सद्वारा ईयुलाई पठाइएको पत्रमा बेलायत ईयुमा रहनु भन्दा ईयू छोड्दा बढी क्षति भएको देखाउन आह्वान गरेको जोनसनले उल्लेख गरेका थिए ।

माछा मार्ने मुद्दाले वर्षौंसम्म ब्रेक्सिट वार्तालाई रोकेको थियो । यसको आर्थिक महत्त्वको कारणले होइन कि राजनीतिक महत्त्वको कारणले । यदि यो मुद्दा समाधान भएन भने यसले ब्रेक्सिट व्यापार सम्झौताका बारेमा यस हप्ताको सुरुदेखिनै विवादका नयाँ विषयहरु सुरुवात गर्न सक्छ ।

‘माछा मार्ने मुद्दा, फ्रान्स र बेलायतको बीचमा लामो समयदेखि विवादको स्रोत किन देखियो ? यसले गर्दा फ्रान्स-बेलायत सम्बन्धमा फेरि अड्चन किन ल्यायो ?’ भनेर सोध्दा ट्रसले ‘फ्रान्समा अर्को वर्षको राष्ट्रपति चुनावसँग केहि सरोकार राख्न सक्ने भएकाले’ भन्ने जवाफ दिएकि छन् ।

(रोयटर्स, फ्रंस २४ न्युज)

यसैसित संवन्धित तलका रिपोर्टपनि हेर्नुस्

फ्रान्सेलीलाई माछा मार्न अवरोध गरे भन्सार कस्ने, बेलायती व्यापार अवरोध गर्ने फ्रान्सको चेतावनी

फ्रान्सेली मछुवारको लाईसेन्स अस्विकार गरेपछि फ्रान्स र बेलायतबिच फेरि तनाब

फ्रान्स-बेलायत मत्स्य विवाद : एक लाख वासिन्दाको बिजुली काटिदिने फ्रान्सको चेतावनी

बेलायत-फ्रान्स तनाव : माछा मार्ने विवादमा फ्रान्सद्वारा बेलायतलाई चेतावनी

फ्रान्स र बेलायतबिच पानी र माछामा झगडा : के हो वास्तबिक लडाइँ ?

फ्रान्स-बेलायत सिमा समस्या : हजारौं ट्रक रोकिए, औषधी र खाद्य संकट पर्नसक्ने चेतावनी

तपाइँको प्रतिक्रिया