बिहीबार, वैशाख १३, २०८१

पेरिसमा महाकवी देवकोटा जयन्ति मनाईयो

नेपालप्लस संवाददाता / पेरिस२०७८ कार्तिक १६ गते ०:२२

पेरिसका नेपालीहरुले महाकवी लक्ष्मी प्रसाद देवकोटाको ११३ औं जयन्ति मनाएका छन् । नेपाली साहित्यिक मञ्च फ्रान्सले आयोजना गरेको देवकोटा जयन्ति कार्यक्रममा बिभिन्न ब्यक्तिहरुले आआफ्ना कविता, गजल गीत र अन्य रचना वाचन गरेका थिए ।

कार्यक्रका प्रमुख अतिथि पेरिस स्थित नेपाली राजदूत दिपक अधिकारीले महान विद्वान तथा पण्डित राहुल संक्रित्यायनले महाकवी देवकोटालाई गौतम बुद्द पछिका दोस्रो महान ब्यक्तित्व भनेर उल्लेख गरेको बताए ।

उनले प्रवाशमा काम, जागिर परिवार र वालबच्चाको जिम्मेवारी बहन गरेरपनि नेपाली साहित्यको जगेर्नाकालागि समय दिनु ठूलो योगदान भएको भन्दै प्रशंसा गरे ।

अधिकारीले प्रवाशमै जन्मिएका र हुर्केका वालिकाहरुलाई नेपाली भाषा सिकाएर नेपाली साहित्यतर्फ आकर्षित गराउन सक्नु अभिभावकहरुको ठूलो लगानी र त्याग भएको समेत बताए ।

पेरिसका बौद्दिक ब्यक्तित्व राम पाण्डेले आफूले महाकवी देवकोटाका लगभग सबै रचना पढेर छिचोलेको र ति रचना महासागर जस्तो भएको बताए । उनका रचना महासागरको पानी जस्तो विशाल भएकाले उनका कतिपय रचना, ग्रन्थको भाव बुझ्न कठिन रहेपनि उनका रचना पढ्न आग्रह गरे ।

पेरिस निवासी निर्मल अर्यालले वालवालिकाहरुलाई महाकवी देवकोटा भनेका फ्रान्सेलीहरुकालागि भिक्टर ह्युगो जस्तै रहेको, फ्रान्समा उनका कविता पढिएजस्तै नेपालमा देवकोटाका कविता पढिने गरेको भन्दै देवकोटाबारे छोटो जानकारि दिएका थिए ।

कार्यक्रममा २१ रचना सुनाइएको थियो । ति मध्ये १० रचना वालवालिकाका र ११ रचना पाकाहरुको थियो । केहि वालवालिकाले चर्चामा रहिसकेका केहि गीत गाए र नाचपनि देखाए ।

वालवालिकाहरुमा नेपाली भाषाको ज्ञानको कमी देखियो । त्यसैले अधिकांशले फ्रान्सेली भाषामा रचना सुनाए ।

कार्यक्रमको अन्त्यमा वालवालिकाहरुलाई प्रोत्साहन् स्वरुप पुरस्कारको ब्यवस्था गरिएको थियो ।

तपाइँको प्रतिक्रिया