शुक्रबार, वैशाख ७, २०८१

तालिवानले समलिंगिहरुलाई हत्या गर्ने सूची तयार पारेको खुलासा

नेपालप्लस संवाददाता२०७८ कार्तिक १६ गते १४:००

सांकेतिक फोटो । फोटो स्रोत- विकिपेडिया डट ओआर जी

अफगानिस्तानमा तालिवानहरुले समलिंगीहरुलाई हत्या गर्ने सूची भित्रभित्रै तयार पारेर राखेको एक गैर संरकारि संस्थाले सार्वजनिक गरेको छ ।

‘तालिबानसँग अफगान एलजिबिटी (लेस्बियन, गे, बायसेक्सुअल, ट्रान्सजेन्डर) समुदायलाई मार्ने सूची छ’ क्यानडाको गैर सरकारी संस्थाले भनेको छ ।

अगस्टको अन्त्यमा तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि देशको समलिंगी समुदायमा त्रास बढेको छ । धेरैलाई आफ्नो जीवन जाने डरले लुकेर बस्न बाध्य पारेको छ । “हामीलाई अब पक्का थाहा छ कि तालिबानसँग हत्याको सूची छ” क्यानाडाली गैरसरकारी संस्था रेन्बो रेलरोडका प्रमुखले अफगानहरूलाई अफगानिस्तानबाट भाग्न मद्दत गर्ने बताउँदै भनेका छन् ।

अफगानिस्तानमा एलजिबिटी अर्थात् समलिंगी समुदायलाइ कहिल्यै सजिलो भएको छैन । मुस्लिम बहुल देशमा समलिङ्गी सम्बन्ध सधैं निषेधित छ जहाँ पस्चिमी देशहरुको सहयोग र पूर्वी देशहरु समर्थित सरकार अन्तर्गत पनि समलिङ्गी सम्बन्ध गैरकानूनी थियो र दुई वर्षसम्म जेल हुन सक्ने ब्यवस्था थियो । त्यो ब्यवस्था अहिलेपनि जारि छ ।

तर अगस्ट ३० मा अमेरिकी नेत्रित्वको पस्चिमी सेना फिर्ता भएपछि तालिबान सत्तामा आएलगत्तै अवस्था तीव्र रूपमा बिग्रँदै गएको छ । यद्यपि उग्रवादी समूहले समलिङ्गीयताका कार्यहरूलाई कसरी व्यवहार गर्ने, कस्तो योजना छ भनेर आधिकारिक रूपमा भनेका छैनन् । तर धेरै रिपोर्टहरूले सुझाव दिइरहेका छन्, तालिबानले शरिया मुस्लिम कानूनको कडा व्याख्या लागू गरिरहेको छ जस अन्तर्गत समलिङ्गी सम्बन्ध राख्नेहरूलाई मृत्युदण्डको सजाय हुन सक्छ ।

“यो अफगानिस्तानमा हुनु साँच्चै डरलाग्दो समय हो” अफगानिस्तानको एकमात्र अन्तर्राष्ट्रिय एलजिबिटी संगठन, रेन्बो रेलरोडका कार्यकारी निर्देशक किमाहली पावेलले फ्रान्स २४ लाई टेलिफोन अन्तर्वार्तामा बताए ।

“हामीलाई अब पक्का थाहा छ कि तालिबानसँग समलिंगि व्यक्तिहरूको पहिचान गर्ने ‘हत्याको लिस्ट’ भित्रभित्रै घुमिरहेको छ” पावेलको भनाईलाई फ्रंस २४ न्युजले उल्लेख गरेको छ ।

पावेलका अनुसार तालिबानले बिदेशी शक्ति समुह अफगानिस्तानबाट फर्किएपछि निम्तिएको शक्तिको शून्यताबाट लाभ उठाउन सक्छन् । बिदेशी अधिकार समुहहरुले अफगानिस्तानबाट बाहिर निकाल्न खोजेका ब्यक्तिहरुको सूची लिएर उनीहरुले हत्या गर्न सक्छन् भन्ने पावेलको भनाई छ । किनभने काबुलको पतन पछि त्यहाँ धेरै जानकारी आदानप्रदान भएको थियो ।

बिदेशी मानव अधिकारवादी संस्था, सरोकारवालाहरुले समलिंगिहरुको सूची त बनाए तर कहिल्यै ति अफगानिस्तान छोड्ने विमानसम्म पुग्नै पाएनन् । बिदेशीहरुले अफगानिस्तान छोडेपछि त्यहाँको महत्वपूर्ण ओहदामा तालिबानहरु पुगे र बिदेशीले तयार पारेको सूची तालिवानको हातमा पुग्यो ।

पावेलका अनुसार तालिबानहरुले गम्भिर चेतावनी दिएरपनि तथ्यांक चुहावट गराउन सफल भाका थिए ।

“केहि मानिसहरुले हामीकहाँ सम्पर्क गरे । रेन्बो रेलरोडसित सम्पर्क भएको दाबी गर्दै ति ब्यक्तिलेरहस्यमयी ईमेल पाएको बताए । रेलरोडका हौं भनेर परिचय र पासपोर्ण मागिएको थियो जुन कुरो हाम्रो संस्थाले मागेकै थिएन् । यसरि हामीले तालिवानहरुद्वारा समलिंगिको सूची तयार गर्दै गरेको जानकरि हामीकहाँ आइपुग्यो” पावेलले भनेका छन् ।

रेनबो रेलरोडले विश्वभर जोखिममा रहेका समलिंगीहरूलाई आफ्नो देशमा हिंसा र उत्पीडनबाट भाग्न मद्दत गर्छ । पछिल्ला केही महिनाहरूमा, यसका धेरैजसो प्रयासहरू अफगानिस्तानमा केन्द्रित छन् जहाँ यसले स्थानीय समलिंगी समुदायका खतरामा परेकाहरूलाई सुरक्षित घरहरू खोजेर अस्थायी शरण फेला पार्न मद्दत गरिरहेको छ । त्यसपछि उनीहरूलाई “जमिन वा विमानबाट विदेशमा स्थायी सुरक्षाको लागि ल्याउने प्रयास गर्दछ।

अफगानिस्तानको लागि मात्र यस समूहले यस वर्ष ७०० वटा अनुरोधहरू प्राप्त गरिसकेको र कम्तिमा २०० जना थप व्यक्तिहरूलाई पहिचान गरिसकेको उल्लेख गरेको छ । तिनीहरुलाई तत्काल बाहिर लैजानुपर्ने आवश्यकता छ । समूहले सामान्यतया प्रति वर्ष विश्वव्यापी कुल ४,००० ब्यक्तिबाट मद्दत माग्दै अनुरोधहरू प्राप्त गर्दछ ।

तपाइँको प्रतिक्रिया

फेसबुक