शनिबार, वैशाख ८, २०८१

नेपालमा हिमपहिरोमा परेर बेपत्ता तीन फ्रान्सेली पर्वतारोही जीवितै भेटिने आशा कम

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ कार्तिक १६ गते १५:४३

नेपालमा हिमपहिरोमा परी बेपत्ता भएका तीन जना फ्रान्सेली पर्वतारोही जीवितै भेटिने आशा कम देखिएको फ्रान्सेली संस्थाले उल्लेख छ ।

हिमाली क्षेत्रमा हिमपहिरोमा परेर बेपत्ता भएका तीन फ्रान्सेली पर्वतारोहीलाई जिउँदै फेला पार्ने सम्भावना व्यावहारिक रूपमा शून्य रहेको भन्दै राष्ट्रिय आरोहण महासंघले सोमवार आशा त्यागेको हो ।

तीनै जनाले नेपालको सगरमाथा नजिकैको ६,००० मिटर चुचुरो मिङबो एइगर आरोहण गर्ने प्रयास गरिरहेका थिए । अन्तिम पटक अक्टोबर २६ मा आफ्नो क्याम्पबाट स्याटेलाइट फोन मार्फत उनीहरुको बोली सुनिएको थियो।

फ्रेन्च फेडेरेसन अफ अल्पाइन एण्ड माउन्टेन क्लब (एफएफसीएएम) ले सोमबार हिमपहिरोमा परेपछि ती पुरुषहरूले शिखर आरोहण प्रयास त्यागेको र फर्केको देखिएको उल्लेख गरेको छ ।

एफएफसीएएमले एक विज्ञप्तिमा भन्यो “चट्टानको मोहडाको फेदमा, उद्धारकर्ताहरूले उनीहरूको टेन्टबाट तीनवटा झोला र उपकरणहरू फेला पारेका छन् । “जिवितै अवस्थामा पाइने आसालाले खोजी गर्ने काम अहिले व्यावहारिक रूपमा शून्य छ।”

नेपाल राष्ट्रिय पर्वतीय पथप्रदर्शक संघले खटाएको खोज तथा उद्धार टोलीका सदस्य मिङ्मा ग्याल्जे शेर्पाले भने खराब मौसमका कारण अवरुद्ध भएको अभियान मंगलबार पनि जारी रहको बताए ।

“हामीले उनीहरूलाई अन्तिम पटक भेटिएको भनिएको स्थानको अध्ययन गर्यौं । त्यस क्षेत्र वरिपरि हेर्यौं । अहिलेसम्म नयाँ कुरा केहि फेला पारेका छैनौं” उनले एएफपीलाई भने ।

थोमस आर्फी, लुइस पाचाउड र गेब्रियल मिलोचे नामका तीन युवा पर्वतारोहीहरू आठ वटा आरोहणको एक हिस्सा थिए । विभिन्न शिखर आरोहण गर्न उनीहरु दुई समूहमा विभाजित भएका थिए ।

एफएफसिएएमले स्थानीय मिडियामा उनीहरुसित आरोहणको अनुमति नभएको भन्दै लगाएको आरोपलाईपनि अस्वीकार गरेको छ ।

गत वर्ष कोरोना महामारीले नेपालमा पर्वतारोहण उद्योग पूर्ण रूपमा बन्द थियो । त्यसले पर्यटनमा निर्भर अर्थतन्त्रलाई तहसनहस बनाएको थियो । कोरोनाकाल साम्य भएसँगै आरोहीहरु नेपाल फर्किन थालेका छन् ।

सेप्टेम्बरदेखि पर्यटकहरूका लागि पुन: खुला गरिएको छ । खोप लगाएका विदेशीहरू अहिले नेपालमा क्वारेन्टाइन बस्नु पर्दैन र अन एराईभल भिसापनि दिन थालिएको छ । सरकारले पर्यटकहरु आकर्षणको प्रयास गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक