आइतबार, मंसिर १२, २०७८

‘राजासाजा जान्दैनौं, घोडा लैजाने भए लड्न आउनुपर्छ’

केपी शर्मा ओली२०७८ कार्तिक १७ गते १३:२१

रामले अस्वेमेत यज्ञकालागि छोडेको घोडा पस्चिम तर्फ गयो । र वालमिकी आश्रममा लवकुशले समाते । ऐजावाद अयोध्याबाट छोड्दा दिल्लीतिर पो जान्छ त कहाँ वाल्मिकी आश्रमतिर आउँछ । वाल्मिकी आश्रम त्यो घोडा त्यति छिटो आइपनिपुग्दैन जति समयमा यहाँ लवकुशले घोडा समातेका छन् । अयोध्यापुरीबाट पस्चिमतिर गयो र पस्चिमतिरै वाल्मिकी आश्रममा लवकुशले समाते । त्यो कुराको छिट्टै संवाद भयो । लवकुशले घोडा समाते भन्ने कुरा तुरुन्तै खबर आयो । अयोध्याबाट त्यो घोडा छोडाउनकालागि त्यहाँ खबर गर्दा उनीहरुले अलिकति तेजस्वी, ओजस्वी खालका कुराहरु गरे ।

त्यसखालको कुरा युवाहरुले गरेपछि खबर आयो । घोडा छुटाउन जाँदा खास प्रकारका युवाहरु देखे ।  ति रामका छोरा, वाल्मिकीका शिष्य, सिताले हुर्काएका युवा भएकाले उनीहरुले घोडा समात्न सके । राजाले घोडा छोड भनेर आदेश दिँदा ‘राजासाजा जान्दैनौं, घोडा लैजाने भए लड्न आउनुपर्छ’ भनेर चुनौति दिए उनीहरुले । त्यसबाट बाउ छोराहरुको भेट हुने र ति साधारण युवाहरु रैनछन् भन्ने कुरा राम लक्ष्मणलेसमेत स्विकार्नुपर्ने स्थिति बनेको कुराहरुबाट प्रमाणित हुन्छ ।

राम र सितालाई मिलाउनकालागि वाल्मिकीले चाँजो मिलाए । सिता भएका ठाउँमा राम जान तयार नभएका । सिता आफूलाई निकालिएको घरमा फिर्ता भएर वार्ता गर्न तयार नभएकि । त्यस्तो अवस्थामा एउटा बिचको ठाउँमा वार्ता गर्ने भनेर देवघाट छानियो । वाल्मिकीले ‘म सितालाई लिएर देवघाटमा आउँछु, राम अयोध्याबाट देवघाटमा आउ’ भनेर बोलाए । उहाँ (भारत) को रामलाई यहाँ देवघाट बोलाउने कुनै अर्थ हुँदैन । यहिँको रामलाई त्यहाँ देवघाट बोलाएको हो ।

मैले अलि अगाडिदेखि भन्दै आएको थिएँ, त्यसबेला नेपाल थियो । भारत भन्ने थिएन । भारतमा ससाना राजा रजौटा थिए । भारत भन्ने देश नभएको बेलाको कुरा हो यो । राम नेपालीनै हुन् । नेपालीका छोरा हुन् भन्ने कुरा गरेको थिएँ ।

र पुत्रष्ठ यज्ञ गराउँदाखेरि गुल्मीको रिडीका पण्डित रिंगऋषीलाई आमन्त्रण गरे र ऋषीले पुत्रष्ठ यज्ञ लगाएर दशरथका चार सन्तान भएका थिए । राम, लक्ष्मण, भरत र शत्रुघन । रिंगऋषी गुल्मीको रिडीका पण्डित जी, ऋषी हुनुहुन्थ्यो ।

रामका बुवाको नाम नेमी थियो । त्यसबेला थर लेख्ने चलन थिएन । थरको कुरा अहिले नगरौं । त्यसबेला राजाहरुसँग एउटापनि रथ हुँदैनथ्यो भने दशरथसित १० वटा रथ थिए । १० वटा रथ हुने भनेको असाधारण, सम्पन्न, बलशाली राजा मानिथ्यो । १० वटा रथ भएको हुनाले राजा नेमीलाई दशरथ भनियो ।

यि तथ्यहरु सबै हेर्दा किन रिडीको पण्डित, ऋषीलाई पुत्रष्ठीमा बोलाइयो ? सायद वहाँ (भारत) भएको भए बोलाईदैन्थ्यो होला । किनभने यसको जानकारि पाउन सजिलो थियो । नजिकै थियो वाल्मिकी आश्रम र रिडी ।

तपाईहरुलाई थाह होला, रामका बुवाको नाम नेमी थियो । त्यसबेला थर लेख्ने चलन थिएन । थरको कुरा अहिले नगरौं । त्यसबेला राजाहरुसँग एउटापनि रथ हुँदैनथ्यो भने दशरथसित १० वटा रथ थिए । १० वटा रथ हुने भनेको असाधारण, सम्पन्न, बलशाली राजा मानिथ्यो । १० वटा रथ भएको हुनाले राजा नेमीलाई दशरथ भनियो । यि सबै तथ्यले, अहिले भन्दा कमसेकम चार हजार वर्ष अगाडि यसै ठाउँमा राम, लक्ष्मण, भरत र शत्रुघनको जन्म भएको थियो । र रामको जन्म यहिँ अयोध्यापुरीमा भएको थियो । अयोध्यापुरी राजा नेमी अथवा राजा दशरथको राजधानी थियो ।

यहाँबाट देवघाट नजिकै, वालमिकी आश्रम नजिकै । त्यहाँ जगरपुरमा त जगत राजाले आफ्नी छोरीको स्वयम्वर वलशाली, प्रतिभाशाली युवासित गराउने भएका छन् अरे भन्ने सुनेपछि ‘हामीपनि जाउँ न त दाई’ भनेर लक्ष्मणले लिएर गएका थिए । र राम अलि बलियै रहेछन् क्यार, शरयोग नदी किनार कुदिकुदीकन हुर्किएका राम । त्यसबेलापनि हात्ती गैंडा थिए । हात्ती गैंडा तर्साई तर्साई भगाई भगाईकन हुर्किएका राम । त्यसो भएर आजकाल थारु दिदीबहिनीले लठ्ठी बजाएर नाच्छन् नी, त्यो नाच आजको होइन रामका पालाको हो । किनभने जंगली जनावरलाई तर्साउनकालागि सुकेका ठूला ठूला लाठा लिएर सबैले ठ्याङ ठ्याङ जडरम जुडुरुम पारेपछि वन्यजन्तुहरु भाग्थे । त्यसरि त्यो नाच उनीहरुले शुरु गरेका थिए ।

हिंड्यो भने सर्प भेटिने । अरु प्रकारका जनावर भेटिने । धनुवाँण त सबैसित हुँदैनथ्यो । सबैसित लाठी हुनु त्यसैबेला देखि अनिवार्य थियो यस ठाउँका वासिन्दालाई । हिजो बेलुका थारु न्रित्य देखाउँदै गर्दा एक जना साथीले भन्दै हुनुहुन्थ्यो ‘थारुहरुले औलो पचाएका छन् । उनीहरुलाई मलेरिया लाग्दैन’ भनेर । त्यो अहिले मात्रै होइन । रामकै पालादेखि हो । मलेरिया प्रुफ नभएको भए त बाँच्दै बाँच्दैनथे । त्यसरि बलिस्ठ राम गएर जनकपुरमा पर्शुरामले ल्याएर राखेको शिवको धनु उठाएर अलिकति तान्नेबित्तिकै धनु भाँच्चियो । अरुले उठाउन गाह्रोपर्ने धनु रामले ताँदो चढाएर तान्दाखेरि भाँचियो । सिताको स्वयंभर त्यहाँ भयो । जन्ती बोलाए, आए गए । र यो वहाँको अयोध्याबाट त्यति संभव देखिंदैन । जति सजिलो यहाँबाट हुन्छ ।

यहाँ आउने हरेकले सधैं शालिग्राम नभेट्टाउला राम जन्मभूमीको पवित्र एउटा ढुंगो, पवित्र माटो अलिकति भएपनि बोकेर जान चाहने छ । हरेक मान्छेले सानो ढुंगो भएपनि खल्तिमा हालेर जाने छ । किनभने यो राम जन्मभूमीको पवित्र ढुंगा हो भन्ने उसले स्मरण गर्छ ।

त्यसबेला प्रतापी राजा महाराजाहरुको वसोवास यसै क्षेत्रमा हुन्थ्यो । द्वापरयुगमा पूर्वमा बिराट राजा, जनक राजा त्रेता युगमा, दशरथ राजा त्रेता युगमा यहाँ । दशरथको समय र जनकको समय एउटै एउटै हो । त्यसैकारण छोराछोरीको बिहे भएको थियो । एउटै समय भएको हुनाले । त्यसबेला पराक्रमी राजाहरु त्यसरि भएका हुन् ।

त्यसभन्दा पछिपनि बिभिन्न गणराज्यहरु, राज्यहरु भएका थिए । त्यसबेलाका गणराज्यहरु वंशाणुगत राजतन्त्रमा फर्किएकाहरुमध्ये हाम्रा प्राचिन ऋषीमुनीहरुले के भन्छन् भने जुन राज्य राजतन्त्रमा फर्कियो ति पतन भए । राजतन्त्रमा फर्किएका गणराज्यहरु पतन भएका हुन् । तिनीहरुले दासता स्विकार गरे । हामीले त लामो समयसम्म दासता स्विकार गरेर आएको हो । जन्मिंदै कोहि राजा हुने परिपाटी दासता स्विकार्ने परिपाटी हो । त्यसबेला गणराज्यका स्तरमा हुने गर्दथे । त्यसको छनोटपनि जनताले गर्ने गर्दथे । गणतन्तन्त्रात्मक राजतन्त्र । राजा भन्ने तर छान्ने चलन थियो । शासकलाई राजा, शासन जसलाई जिम्मा लगाइन्थ्यो त्यसलाई राजा भनिन्थ्यो । त्यो कतिपय आदिवाशी, जनजातिमा गाउँमा मुखिया छान्ने र मुखियाको आदेश, परामर्श अनुसार चल्ने परिपाटी अहिलेपनि छँदै छ ।

मैले राम जन्मभूमी नेपालमा हो र यो अयोध्यामा हो भनेपछि राम, सिता, लक्ष्मण हनुमानको मूर्तिसहित मन्दिर बनाएर स्थापना गर्नुपर्छ भनेको हुँ । मन्दिर बनाउन अलिक समय लाग्छ । तर मूर्ति चाहिँ अलि छिटो बन्न सक्छ । मैले आगामी राम नवमीसम्म बनाएर पठाउँछु भनेको थिएँ । तर बनाउँदै जाँदा रामको काम चाहिं अलि छिटो हुँदो रहेछ । त्यसकारण गएकै रामनवमीमा मूर्तिहरु तयार भए । र हामीले काठमाडौंबाट अत्यन्त भब्य रथयात्राका साथ यहाँ ल्यायौं । र स्थापना गरेका छौं ।

हामी माडीलाई मणी बनाउँछौं । अब त म होइन रामनै फर्केर आइसक्नुभो माडीलाई मणी बनाउन । रामनै फर्केर आइसकेपछि अब मणी बन्दैन ?

अब भगवान राम आफ्नो जन्मस्थानमा आइपुग्नुभएको छ । लक्ष्मण, सिता आफ्नो जन्मथलो, कर्मथलोमा आइपुग्नुभएको छ । मन्दिर घर बन्दै गर्छ । हामी बनाउँदै गर्छौं । मुख्य कुरा राम जन्मभूमीको टुंगो लाग्नु र राम, लक्ष्मण, सिता र उहाँहरुका रामभक्त हनुमान अहिलेपनि हात जोडेर बस्नुभएको छ । हनुमानले सधैं हात जोडेर बस्नुहुन्छ भन्ने होइन । अत्याचार भयो भने फेरि गदा उठाउन बेर छैन । त्यसकारण हात जोडी जोडी गदा उठाउन सक्छन् हनुमानले, पापीहरुले ख्याल राख्नुपर्छ ।

उहिलेपनि ऋषीहरुको तपलाई, यज्ञलाई बन्द गर्न खोज्दा राम लक्ष्मण गएर विश्व कल्याणकालागि गरिएको यज्ञ (काम) बिथोल्न खोज्ने दानवहरुलाई राम-लक्ष्मणले ठेगान लगाएको शास्त्रमा प्रमाण छ । त्यसकारण दानबिय प्रव्रित्तीका मानिसहरु आजपनि होसियार हुनुपर्दछ ।

यस पवित्र भूमी अब एउटा विश्वको सर्वाधिक, ठूलो र महत्वपूर्ण पवित्रस्थल, गन्तब्यस्थल, दर्शनियस्थल बन्ने छ । यहाँ आउने हरेकले सधैं शालिग्राम नभेट्टाउला राम जन्मभूमीको पवित्र एउटा ढुंगो, पवित्र माटो अलिकति भएपनि बोकेर जान चाहने छ । हरेक मान्छेले सानो ढुंगो भएपनि खल्तिमा हालेर जाने छ । किनभने यो राम जन्मभूमीको पवित्र ढुंगा हो भन्ने उसले स्मरण गर्छ ।

मैले चार वर्ष अघि माडीमा बोल्दाखेरि भनेको थिएँ, हामी माडीलाई मणी बनाउँछौं । अब त म होइन रामनै फर्केर आइसक्नुभो माडीलाई मणी बनाउन । रामनै फर्केर आइसकेपछि अब मणी बन्दैन ?

(एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवनको माडीस्थित अयोध्यामा मंगलवार गरेको संवोधनको केहि संपादित अंश)

तपाइँको प्रतिक्रिया

फेसबुक