शुक्रबार, वैशाख १४, २०८१

कसैलाई ‘नाइ’ नभन्ने महाकवी देवकोटा

नगेन्द्र राज शर्मा२०७८ कार्तिक १८ गते ९:०५

वरिष्ठ साहित्यकार नरेन्द्र राज शर्मा

लक्ष्मी प्रसाद देवकोटाको बानी जसले जे भनेपनि नाई नभन्ने थियो । यता जाउँ न भन्यो भने ‘हुन्छ’ । आउनुस् खान जाउँ ‘हुन्छ’ । उनी पासा खेल्थे । पासाका सौखिन थिए । खेलौं पासा ‘हुन्छ’ । यसो गर्दा गर्दै ‘देवकोटा बाजे जाउँ बनारस’ भनेर कांग्रेसीहरुले बनारस पुर्‍याए । उनको कुनै अडान, नाई, नाकार भन्ने थिएन । र एउटा कुरो मैले, कोहि मान्छेमा नदेखेको तर देवकोटामा देखेको के थियो भने उनी रिसाएको मैले कहिल्यै देखिन ।

केटाकेटीले लेख्न बस्या बेला झांगल झुंगल गर्ने, भात खान आउ भनेर तान्ने, हुक्का तानिराख्या हुन्थे, चिलिम झिक्दिनी यस्तोपनि गर्थे । तर उनी रिसाएको मैले कहिल्यै देखिन । हामी तेल्कासा खेल्थ्यौं । हामी देवकोटा खेल्दा आउँथे केटाकेटी । मजा के गर्थे भने कहिलेकाहिं ‘तिमीहरु घरघर गएर तिमेरुका बाउ, काकाले खाने चुरोट लिएर आउ त’ भनेर पनि भन्थे कहिलेकाहिं । हामी गुरुरु र कुदाकुदा गरेर चुरोट लिएर आउँथ्यौं । त्यस्ता थिए । एकदमै साधारण, सभ्य, शिष्ट, स्वभावका थिए उनी ।

मान्छेले खोज्दै खोज्दैनन् यहाँ । लोग्ने मान्छेलाई स्वास्नी मान्छे भनेर लेख्दा त खोज्दैनन् यहाँको साहित्यमा भने देवकोटा गरिब थिए कि थिएनन् कसैले खोजेन । पिएच डी गर्नेलेपनि कसैले गरिब थिए भनेर लेखे । ति पिएचडी गर्नेलेपनि देवकोटालाई बुझेर सम्पन्न थिए भनेर लेखेको मैले देखिन ।

खाना खानु बाहेक उहाँको हातमा कि साईकल समात्नुहुन्थ्यो कि चुरोट समात्नुहुन्थ्यो । साईकल समाउँदापनि हातमा चुरोट चेपेकै हुन्थ्यो ।

तर उनी सम्पन्न थिए । सुनेको भरमा, लहै लहैमा लागेर हिंड्ने । अध्ययनशिलता कहाँ छ यहाँ । कोहि अध्ययन गर्दैन । मैले पनि अध्ययन गरेको हो र ? देखेर, भोगेर अध्ययन गरेको हुनाले भनेको । मैलेपनि खोजि गर्‍या त होइन नी । मैले थाह पाउँदा थाह पाउँदै देवकोटा बाजेले तिन तले घरमा एक तलापनि थेपेनन् । मैले भन्न बिर्सें । एक तला थपे उनले । पर्याप्त पुग्या थियो । तिन तला थियो । सानो परिवार थियो । गाईगोठ बेग्लै थियो । गोठाला हुन्थे एक दुइ जना । मैले भनिहालें, भात पकाउने भान्छे बाहुनी थिईन । त्यस्तो देवकोटालाई गरिब भन्या सुन्छु । त्यस्ता देवकोटालाई यता खोज्छु, उता खोज्छु । उनको गरिबीको लक्षण कतै देख्दिन ।

देवकोटा चुरोट खाको खाई गर्नुहुन्थ्यो । एकसुरे हुनुहुन्थ्यो । चुरोट पिउँदा पिउँदा उहाँको दुइ वटा औंला पुरै डढेको थियो । ठुतो तान्दा तान्दै । पहिले अलि लामै फाल्यो । पछि त्यहि ठुटो सल्कायो, तान्यो । डढिसकेपछि आथ्था भनेर फाल्ने । ओंठपनि काला थिए । ओंठको टुप्पो धुवाँले पुरै कालो ।

त्यो बेलामा हामीलाई थाह थिएन, चुरोटले क्यान्सर हुन्छ भन्ने । उहाँलाईपनि ज्ञान थिएन । त्यो बेलामा यस्तो जमाना थियो स्वास्थ्य चेतना भन्ने कुरो हामीलाई थाहै थिएन । मिठो लागेको कुरो खाने । मिठो नलागे नखाने । स्वास्थ्यकालागि यो राम्रो छ, यो हानिकारक छ भन्ने मैले थाह पाएका मान्छेमा थिएन । पछि मात्रै विकास भएको हो त्यो ।

उहाँ डिल्ली बजारको पिपलबोटबाट साईकल डोर्‍याएर आउनुहुन्थ्यो । साईकल डोर्‍याउँदै एउटा औंलामा चेपेर चुरोट तान्दै आउनुहुन्थ्यो । चुरोट मात्रै होइन हुक्का पनि खानुहुन्थ्यो । बेला बेलामा असनबाट पातमा बेरेर तमाखु ल्याउनुहुन्थ्यो । डिल्लीबाजरतिर यताउति पाइदैनथ्यो । असनबाट सालको पातमा पोको पारेर मुठा पारेको एक हप्ता दुई हप्तालाई पुग्ने आफैं ल्याउनुहुन्थ्यो ।

त्यसकारण चुरोट नखाने त कोहि थिएन नी । देवकोटा बाजे मात्रै किन मैले चिनेका एक दुई जना फाट्टफुट्ट मात्रै चुरोट नखाने होलान्, नत्र सबैले खान्थे । महिला पुरुष सबैले खान्थे । महिलामा अझ बाहुन क्षेत्रीमा कम थियो । राईलिम्बु हरुमा त सबैले चुरोट, सुर्ती, गाँजा खाने थियो । जहाँ जे हुन्छ खाने । पस्चिमतिर अफिम खाने ।

धुवाँ सबैले मज्जाले खान्थे । मपनि खान्थें । मैलेपनि धेरै पछि छोडेको हो । अलिकति मुटुको रोग लागेर छोडें मैलेपनि । डाक्टरले गाली गर्‍यो, अब त छोड्नुपर्‍यो भनेर । नत्र दुई चार बट्टा त मै खान्थें । देवकोटाले चाहिं पाएसम्म दिनभरि खाइरहनुहुन्थ्यो । कति भन्ने कुनै लेखै छैन । कहिले धेरै, कहिले थोरै । जति जुट्यो, जति मिल्यो खाको खाइ । खाना खानु बाहेक उहाँको हातमा कि साईकल समात्नुहुन्थ्यो कि चुरोट समात्नुहुन्थ्यो । साईकल समाउँदापनि हातमा चुरोट चेपेकै हुन्थ्यो ।

उहाँको घरमा आउने बाटो साईकल चढ्न लायकपनि थिएन । अहिले त पिच बाटो छ । त्यो बेला आली थियो, दुईतिर खेत बिचमा आली हुन्थ्यो । आलीमा यता उति भयो भने खेतको हिलोमा पुगिन्थ्यो । त्यो आलीमा उहाँ डिल्ली बजारको पिपलबोटबाट साईकल डोर्‍याएर आउनुहुन्थ्यो । साईकल डोर्‍याउँदै एउटा औंलामा चेपेर चुरोट तान्दै आउनुहुन्थ्यो । चुरोट मात्रै होइन हुक्का पनि खानुहुन्थ्यो । बेला बेलामा असनबाट पातमा बेरेर तमाखु ल्याउनुहुन्थ्यो । डिल्लीबाजरतिर यताउति पाइदैनथ्यो । असनबाट सालको पातमा पोको पारेर मुठा पारेको एक हप्ता दुई हप्तालाई पुग्ने आफैं ल्याउनुहुन्थ्यो । तमाखु किन्न कोहि जाँदैनथ्यो । त्रिचन्द्र कलेजबाट निस्किंदा असन गयो । लिएर आयो । त्यो ‘क्याजुल वक’ हो । त्यो अरुले भरेर दिनुपर्ने । किनभने छोराछोरी नोकरचाकरलाई भन्नुहुन्थ्यो । एक दुई पल्ट भर्थे । झर्को मान्थे । चुरोट त खल्तीबाट झिक्दै खाँदै गर्नुहुन्थ्यो । चुरोट एक त आफैं किन्नुहुन्थ्यो ।

ट्युसन पढ्ने बिध्यार्थीहरुपनि चुरोट लिएर आउँथे । उहाँलाई खुशि पार्नकालागि । र अलि धनी धनीका छोराछोरीपनि आउँथे । त्यो बेलाका महँगा क्राइभेन, ५५५ । अझ त्यो बेला चुरोट तान्दा घरै बासना आउने चुरोट म अहिलेपनि सम्झिन्छु, ड्युमिरियर भन्ने हुन्थ्यो । ड्युमेरियर अमेरिकन चुरोट जस्तो लाग्छ । त्यो चुरोटको धुवाँ हामीलाइपनि एकदमै मिठो लाग्थ्यो । त्यस्तो बासना आउने चुरोट खानुहुन्थ्यो । त्यो चाहिं कहिलेकाहि । नत्र सधैं खाने भनेको फूलमार । फूलमार भनेको के भने बट्टामा एउटा फूलको फोटो थियो । र पछि मोटरमार्ट भन्ने आयो । मोटरको फोटो भएको । त्यस्तै त्यस्तै चुरोट खानुहुन्थ्यो ।

देवकोटा बाजेले यस्सो एउटा खुट्टो टेकेर साईकलमा उभिएपछि सामान ल्याएर खल्तीमा हालिदिन्थे । तिनीहरुकहाँपनि उहाँले सधैं पैसा तिरेर किन्ने होइन । उहि पैसा आएको बेला ‘साहिंला बाजे ५० रुपियाँ’ भनेपछि ५० रुपियाँ दिन्थे । १०० रुपियाँ मागे १०० रुपियाँ ।

ति न्युन कोटीका चुरोट भए । मलाई लाग्छ, त्यो बेला ५ पैसा, ६ पैसा बट्टामा चुरोट पाइन्थे । बट्टामा १० वटा चुरोट हुन्थ्यो । पछि पछि गएर २० पैसा सम्म पर्थ्यो । अहिले २० पैसामा एउटा चुरोट त के केहिपनि पाइँदैन जस्तो लाग्छ मलाई ।

उहाँले मुख्य चुरोट किन्ने पसले एउटा बाबुलाल भन्ने थियो । त्यो नाङ्ले पसल । सानो टेबल जस्तोमा चुरोट, सुपारी, नरिवल, ल्वाङ, सुकमेल के के के के राखेर बस्ने सडकको छेउमा । बेलुका हिंड्ने । त्यसको नाम मलाई थाह छ । किनभने म त्यसकोबाट उहाँकोलागि बेला बेला चुरोट ल्याउँथे । बाबुलालले उधारो दिन्थ्यो । कति मैले ल्याउँथे । कति उहाँको छोरो क्रिष्णले, प्रकाशले ल्याउँथे । कति उहाँले लिनुहुन्थ्यो ।

त्यो हिसाब कसैलाई थाह छैन । बाबुलाललाई कति भो बाबुलाल ? भनेर सोध्यो । २० रुपियाँ भो भने २० रुपियाँ । ३० रुपियाँ भने ३० रुपियाँ दिन्थे । यस्तो नवाजी चाल थियो उहाँको । डिल्लीबजारका लाईनका पसलेहरु जुन स्थायी पसल थिए, देवकोटा बाजेले यस्सो एउटा खुट्टो टेकेर साईकलमा उभिएपछि सामान ल्याएर खल्तीमा हालिदिन्थे । तिनीहरुकहाँपनि उहाँले सधैं पैसा तिरेर किन्ने होइन । उहि पैसा आएको बेला ‘साहिंला बाजे ५० रुपियाँ’ भनेपछि ५० रुपियाँ दिन्थे । १०० रुपियाँ मागे १०० रुपियाँ । यस्तो ताल थियो ।

आम्दानीको स्रोतको रुपमा उहाँको जागिर थियो । तलब आउँथ्यो महिनावारी । अर्को, ट्युसन पढ्ने बिध्यार्थीले दिन्थे  । उहाँले कहिल्यै पैसा यति देउ उति देउ भन्नुभएन । धेरैजसो उहाँसित ट्युसन पढ्ने राणाकै छोराछोरीहरु हुन्थे । अलि पैसावाल । मज्जाले खल्तिमा पैसा हाल्दिन्थे उनीहरुले । अनि त्यो पैसा उहाँ बाँड्नी । मैले देखेको स्रोत त्यहि हो । अरु ५, ६ रोपनी थियो जग्गा । त्यहाँ धानसान, तरकारी लगाएको हुन्थ्यो । पैसा आउँदैनथ्यो त्यसबाट । किताबसिताब बिकेको, रोयल्टि सोयल्टी त्यो बेला केहि आउँदैनथ्यो ।

क्रमश :

(नेपालप्लसले शनिवार नेपालका साहित्यिक पत्रकार, वरिष्ठ साहित्यकार नगेन्द्र राज शर्मासित महाकवी लक्ष्मी प्रसाद देवकोटा जयन्तिका अवशरमा देवकोटाबारे प्रत्यक्ष छलफल कार्यक्रम राखेको थियो । देवकोटाको आँगनमै खेल्नुभएका, देवकोटा र उहाँको परिवारसित प्रत्यक्ष हेलमेल गर्नुभएका शर्माले छलफलमा ब्यक्त गर्नुभएका भनाई यहाँ सामान्य सम्पादन गरेर राखिएको हो-संपादक)

पहिलो भाग

मैले देखेका देवकोटा सौखिन र सम्पन्न थिए, सुनेका देवकोटा चाहिं गरिब

तपाइँको प्रतिक्रिया