सोमबार, मंसिर १३, २०७८

पत्नी, छोराछोरीलाई खबरै नदिई महाकवी देवकोटा लुसुक्क बनारस

नगेन्द्र राज शर्मा२०७८ कार्तिक २५ गते ८:२०

वरिष्ठ साहित्यकार नरेन्द्र राज शर्मा

अमर न्यौपानेको जिज्ञासा-

शंकर लामिछानेले बिम्ब प्रतिबिम्ब भन्ने किताबमा देवकोटाका दुइ वटा संस्मरण लेख्नुभएको छ । त्यहाँ एउटा घटना कस्तो छ भने शंकर लामिछानेको मामाले लामिछानेलाई ‘देवकोटाजीकहाँ गएर कथा लिएर आउनु’ भनेर एउटा चिठी पठाउनुभएको हुन्छ । त्यो चिठी लिएर शंकर लामिछाने देवकोटाको मैतीदेवी घरमा भेट्न जानुहुन्छ । भेट्न जाँदा देवकोटा एउटा कम्मल ओढेर त्यो बेलाको म्याट्रिक परिक्षाको कुनै एउटा निबन्ध घोकिरहनुभएको हुन्छ । र त्यो चिठी पढिसकेपछि उहाँले प्रतिउत्तर पठाउन कलम खोज्नुहुन्छ । देवकोटाले कलम पाउनुहुन्न । अनि शंकर लामिछानेलाई सोध्नुहुन्छ, ‘कलम छ’ ? भनेर । शंकर लामिछानेसँगपनि कलम हुँदैन । अनि ‘आजकालका केटाले के कलम बोक्थे’ भनेर शंकर लामिछानेलाई भन्नुहुन्छ ।

त्यसपछि शंकर लामिछानेसित जापानी कि कुनै देशको कलम हुन्छ तर बिर्सिनुभएको हुन्छ । ‘ओहो त्यो कलम ल्याउन बिर्सेछु । महाकवीलाई दिन पाएको भए कत्रो ठूलो उपहार हुने थियो । मैले बिर्सिएँ’ भनेर उहाँलाई एकदमै थक्क थक्क लाग्छ ।

उहाँले सिसाकलमको एउटा सानो ठूटो पाउनुहुन्छ । त्यो सिसाकलम तिखार्न चक्कु खोज्नुहुन्छ । तर चक्कु पाउनुहुन्न । त्यसपछि प्राक्रितिक हतियारनै प्रयोग गर्नुपर्‍यो भनेर आफ्नै दाँतले कोट्याएर लेख्नुहुन्छ । त्यहाँ उहाँले के भन्नुभएको छ भने ‘के गर्नु घरमा भान्छामा कर्फ्यु लाको छ” । त्यो कलम कापीको सन्दर्भमा । किताब पढ्ने सन्दर्भमा ‘मलाई घरमा कर्फ्यु लाको छ” भन्ने त्यहाँ वाक्य छ । मैले भन्नखोजेको उहाँको पारिवारिक संवन्ध, उहाँको श्रीमतीसितको संवन्ध कस्तो थियो । त्यो एउटा लाईनले उहाँले मलाई घरमा कर्फ्यु लाको छ भन्ने लाईनको सप्रसंग ब्याख्या त्यहाँ छैन । तर त्यसले धेरै कुरा बोल्न खोज्यो ।

मस्को जाने बेलामा छुट्टीनै नलिकन हिंड्नुभयो । तलब रोकियो । सबले गाली गरे । एउटा नियम त पुर्‍याउनुपर्छ नी ! देवकोटा भएर हुन्छ र ? सूचनानै नदिकन हराइदिनु भयो । बनारस जानेबेला घरका श्रीमती छोराछोरीलाई थाह थिएन । लुसुक्क हिंडिदिनुभयो । अलिअलि त हावादारीपनि हुनुहुन्थ्यो नी ! बिद्धवता पो बिछाट्ट थियो त । ब्यवहारिकता त पटक्कै थिएन नी !

………………………………..

यस संवन्धमा मलाई उहाँको बारेमा धेरै थाह छ । मपनि यसबारे धेरै बोल्या छैन । किनभने त्यो बोली उहाँका छोराछोरीलाई मन पर्दैन । त्यो ताका यहाँ एउटा संस्था थियो । हरेराम पाटी भन्थे । धार्मिक संस्था थियो । जहाँ संभ्रान्त महिलाहरु जम्मा भएर नाचगान गर्थे । पण्डित क्रिष्णजी भन्थे । तिनको नाम कविप्रसाद गौचम भन्ने थियो । अहिले त्यो काम तिनका नातीहरुले गर्दै छन् । अहिले पशुपतीमा छ, कुन्जा भन्छन् । कुन्जामा त्यो बेला नेपालका धेरै महिला जान्थे । किस्तीमा दहिको कतारो, मिठाईको कतारो लिएर जान्थे र दहिको कतारोभित्र असर्फीपनि हालेको हुन्छ भन्थे । धनी धनीहरुका । त्यहि हुलमा देवकोटाको श्रीमतीपनि जानुहुन्थ्यो । पैसा दिनुहुन्थ्यो कि हुन्थेन । दहीको कतारोमा के हाल्या छ हामीलाई के थाह ! तर मैले देखेको हो, नोकरलाई किस्ती बोलाएर उहाँपनि जानुहुन्थ्यो । जुन देवकोटालाई मन पर्दैनथ्यो । अनि मैले भन्या, देवकोटा रिसाउन त जान्या थिएनन् । श्रीमतीसित कहिल्यै रिसाएको मैले देखिन । तर मनमनै कुँढिएर बस्थे ।

अब कलमका कुरा । कलम देखे केटाकेटीले लिएर हिँड्थे । छोराछोरीले लिएर हिँड्थे । उहाँ कसैलाई केहि नभन्ने । अनि ठूलो सिसाकलम मात्रै उहाँको भागमा पर्थ्यो । र अर्को कुरो, उहाँका एक जना मित्र थिए छिमेकी, श्यामदास वैष्णब भन्ने । अझैपनि छन् ति बुढा । अहिले हलचल गर्न नसक्ने, ओछ्यान परेका छन् । श्यामदास वैष्णव भन्नेले उनलाई ठूलो सहयोग गरेका छन् लेख्नमा । देवकोटाको गणेशनै भन्थे उनलाई । देवकोटा भनेर सुनाउने उहाँ लेख्ने । कलम नपाएको बेलामापनि ।

नत्र देवकोटाको सानो कागजले टुक्रा कागज, चुरोटका खोलमा लेख्ने । कलम मात्रै होइन कागजपनि हुँदैनथ्यो उहाँसँग । कापी भए छोराछोरीले लाने, कल्ले लाने, कता लाने । ब्यवस्थित केहिपनि थिएन । त्यसो हुनाले उहाँले भन्या बेला लेख्ने, खल्तिमा कलमा हाल्ने गरेको मैलेपनि देखिन । तर नपुगेर, नभएर हैन । ब्यवस्थित नभएको हुनाले हो । अहिलेपनि टुक्राटाक्रि उहाँको घरमा, उहाँको छोराहरुसँग लेखिएका हस्तलिखितहरु छन्, ९० प्रतिशत सिसाकलमले लेखेका छन् । त्योपनि छुराले काटेको सिसाकलम तिखो हुन्थ्यो नि, त्यस्तो होइन । मोटो पेन्सिल । दाँतले तिखारेको पेन्सिलले लेख्या ।

उहाँको लेख्ने कुनै समय थिएन । विहान ट्युसन पढ्ने बिध्यार्थीले आएर ब्युँझाउँथे उहाँलाई सुतेको ठाउँबाट । बेलुका बिध्यार्थी गैसकेपछि उहाँको सुत्ने समय । दिनभरि खाना खाएर कलेज गयो । बेलुका फर्केर आउँदा डिल्लीबजारमा एक दुइ वटा यस्ता ठाउँ थिए उहाँका जहाँ पसेर खानुहुन्थ्यो । खानको सौखिन । लप्टनको होटल भन्ने प्रख्यातनै छ । डिल्लीबजार कालिकास्थानको मोडमा थियो । लप्टनको पसलमा बाहिर साईकल अड्याएर देवकोटा बाजे मेचमा बसेर निधारको पसिना पुछ्दै खुइय गरेपछि बेराले ३, ४ गिलास पानी दिन्थ्यो । एक गिलासले पुग्दैनथ्यो ।

देवकोटा नेपालमा जन्मिनु भौगोलिक गल्ति, (जोग्राफिकल मिस्टेक) भन्ने परिकल्पनात्मक (हाईपोथेटिकल) कुरा म मान्दिन । बेकारका कुरा हुन् यि । नेपालमै जन्मेर त्यत्रो महान भएका हुन् की ! नेपालको हावापानीले उनलाई महान बनायो कि ? अर्को ठाउँको हावापानी भएको भए उनको दिमाख त्यति विकसित हुन्थ्यो कि हुन्थेन ?

त्यो बेला खाने चलन के थियो ? खुब खायो भने मासु चिउरा, आलु चिउरा । बढी खायो भने अमलेट । अमलेट खाएपनि उहाँ दुई तिन वटा अण्डाको खानुहुन्थ्यो । मासु चिउरापनि मजाले खानुहुन्थ्यो । अनि त्यहाँ सुस्ताएर साँझ घर जानुहुन्थ्यो । उहाँ घर पुग्दा ट्युसन पढ्ने बिध्यार्थी पर्खिराखेका हुन्थे । ति गएपछि उहाँ सुत्नुहुन्थ्यो ।

त्यो बेला पिउने बानी कसैकोपनि थिएन । बाहुनहरु कसैलेपनि पिउँदैनथे । देवकोटाले मलाई लाग्छ, कहिल्यैपनि पिउनुभएन । उहाँ मात्रै होइन कि उहाँका साथीहरु कोहिपनि पिउँदैनथे । मन्त्री भएपछि कुनै पार्टीसार्टीमा यस्सो मुख लगाउनुभएको भए होला । नत्र उहाँ पिउनुहुन्थेन । रक्सीको चलन कहाँ थियो ? अहिलेको जस्तो थिएन । बरु गाँजा खान्थे । लेखनाथ बाजे गाँजा खानुहुन्थ्यो । सुर्ती तान्या जस्तो देखिन्छ नि त्यो सूर्ती होइन गाँजा हो । रमेश बिकल गाँजा खान्थे । साहित्यकारको कुरा गर्दाखेरि । तर त्यो लग्गु होइन कि कहिलेकाहिं खाने । देवकोटाबाजे त्योपनि खानुहुन्नथ्यो ।

तर यहाँ चलन के थियो भने रमाईलो गर्नकोलागि शिवरात्रीमा सबैले गाँजा खाने । कसैले शर्वत बनाएर । कसैले लड्डु बनाएर । कसैले माछामासुमा हालेर । अरु बेला गाँजासाँजा खाने चलनपनि थिएन ।

देवकोटा नेपालमा जन्मिनु भौगोलिक गल्ति, (जोग्राफिकल मिस्टेक) भन्ने परिकल्पनात्मक (हाईपोथेटिकल) कुरा म मान्दिन । बेकारका कुरा हुन् यि । नेपालमै जन्मेर त्यत्रो महान भएका हुन् की ! नेपालको हावापानीले उनलाई महान बनायो कि ? अर्को ठाउँको हावापानी भएको भए उनको दिमाख त्यति विकसित हुन्थ्यो कि हुन्थेन ? देवकोटा ठिक ठाउँमा जन्मिनु भो । एउटै कुरो के भने उहाँ अल्पायुमा जानु भो । त्यो अलि चित्त नबुझ्दो भो । ५० वर्षको उमेर के हो ? त्यति मात्रै अलि साह्रै चित्तदुख्दो कुरो छ ।

देवकोटाले घर परिवार चाहिं हेर्नुभएन । घरपरिवार मात्रै होइन कि केहिपनि हेर्नुभएन । आफूलाईपनि हेर्नुभएन । नत्र त्यसरि चुरोट तानेर क्यान्सर ल्याउनुहुन्थ्यो ? लहडी हुनुहुन्थ्यो । असली भन्ने हो भने सन्काहा जस्तो हुनुहुन्थ्यो । अलिअलि खुस्कान जस्तै हुनुहुन्थ्यो नी ! आदर गरेर हामी भन्दैनौं । ‘जरुर साथी म पागल’ भनेर उहाँले त्यसै भन्नुभएको हो र ? एकदम मिल्दोजुल्दो थियो त्यो कुरो । तर एकदम ब्यंगात्मक कविता हो । अर्को कुरो, अलिकति असामान्य (एबनर्मल) नभै त मान्छे एक्सप्सनल हुँदैहुँदैन नी । उहाँ एबनर्मल हुनुहुन्थ्यो । त्यसकारण एक्स्सेप्सनल हुनुहुन्थ्यो ।

देवकोटाले घर परिवार चाहिं हेर्नुभएन । घरपरिवार मात्रै होइन कि केहिपनि हेर्नुभएन । आफूलाईपनि हेर्नुभएन । नत्र त्यसरि चुरोट तानेर क्यान्सर ल्याउनुहुन्थ्यो ? लहडी हुनुहुन्थ्यो ।

मेरो बिचारमा कुनै वातावरणसातावरणले उहाँलाई एबनर्मल बनाएको होइन । उहाँको मस्तिष्क नै त्यस्तै हो । आनन्दी । कुनै कुराको चिन्तापनि हुँदैनथ्यो उहाँलाई । वास्तापनि हुँदैनथ्यो । गिलास ढल्यो भन्ने यस्सो उठाउनेपनि गर्नुहुन्नथ्यो । ढलेको देखेपछि उठाउँछन् नी मान्छेले । त्योपनि नउठाउने । देख्या हो कि, नदेख्या हो कि ! केहिपनि हेर्नुहुन्नथ्यो । खालि आफ्नो कुरा लेख्ने । ट्युसनपनि किन पढाउनुहुन्थ्यो भने विध्यार्थीको कचकचले । उहाँको खुशिले हो र ? विध्यार्थीले कचकच गरिगरि पढाउन लगाउँथे उहाँलाई । उहाँले त्रिचन्द्र कलेजमा लेक्चररको रुपमा पढाउनुहुन्थ्यो । नत्र उहाँले केहि काम गर्नुहुन्थेन ।

त्यहाँपनि भयको वातावरण थियो । महानिर्देशक, शिक्षाका ठूला ठूला राणाहरु हुन्थे । तिनको डरले अलिअलि ड्युटिपालन गर्नुहुन्थ्यो । नत्र हेर्नु न, मस्को जाने बेलामा छुट्टीनै नलिकन हिंड्नुभयो । तलब रोकियो । सबले गाली गरे । एउटा नियम त पुर्‍याउनुपर्छ नी ! देवकोटा भएर हुन्छ र ? सूचनानै नदिकन हराइदिनु भयो । बनारस जानेबेला घरका श्रीमती छोराछोरीलाई थाह थिएन । लुसुक्क हिंडिदिनुभयो । अलिअलि त हावादारीपनि हुनुहुन्थ्यो नी ! बिद्धवता पो बिछाट्ट थियो त । ब्यवहारिकता त पटक्कै थिएन नी !

क्रमश :

(नेपालप्लसले कात्तिक १३ गते शनिवार नेपालका साहित्यिक पत्रकार, वरिष्ठ साहित्यकार नगेन्द्र राज शर्मासित महाकवी लक्ष्मी प्रसाद देवकोटा जयन्तिका अवशरमा देवकोटाबारे प्रत्यक्ष छलफल कार्यक्रम राखेको थियो । देवकोटाको आँगनमै खेल्नुभएका, देवकोटा र उहाँको परिवारसित प्रत्यक्ष हेलमेल गर्नुभएका शर्माले छलफलमा ब्यक्त गर्नुभएका भनाई यहाँ सामान्य सम्पादन गरेर राखिएको हो-संपादक)

पहिलो भाग

मैले देखेका देवकोटा सौखिन र सम्पन्न थिए, सुनेका देवकोटा चाहिं गरिब

दोस्रो भाग

कसैलाई ‘नाइ’ नभन्ने महाकवी देवकोटा

तपाइँको प्रतिक्रिया

फेसबुक