बिहीबार, वैशाख १३, २०८१

जलवायु परिवर्तन सम्मेलन : कोइला उत्पादन रोक्न १९० देश सहमत

नेपालप्लस संवाददाता२०७८ कार्तिक १८ गते ११:५४

जलवायु परिवर्तनमा सबैभन्दा ठूलो कारक मानिएको कोइला ईन्धन्बाट चल्ने बिजुली उत्पादनलाई रोक्न १९० देशले प्रतिबद्दता जनाएका छन् ।

युक्रेन, पोल्याण्ड, भियतनाम, चिली, बेलायत, जर्मनी, आयरल्याण्ड, भारत कोइला उत्पादन गरेर बिजुली निकाल्ने अग्र देशहरुमा पर्छन् । यि लगायत अन्य देशहरूले बिहीवार कोइला-इन्धनबाट चल्ने बिजुली उत्पादनलाई चरणबद्ध रुपमा अन्त्य गर्ने र नयाँ प्लान्टहरू निर्माण गर्न रोक्ने वाचा गर्नेछन् । जलवायु शिखर सम्मेलन (कोप २६) को बेलायती आयोजकहरूले १९० राष्ट्रहरू र संस्थाहरूले कोइला ईन्धन छोड्ने प्रतिबद्धता जनाएको बताएका छन्।

कोइला सबैभन्दा प्रदूषित जीवाश्म ईन्धन हो । यो जलाएर निस्किने हरितगृह ग्यास उत्सर्जन जलवायु परिवर्तनमा सबैभन्दा ठूलो योगदानकर्ता हो । जलवायु परिवर्तनलाई न्युनिकरण गर्न विश्वव्यापी रूपमा सहमत लक्ष्यहरू प्राप्त गर्न कोइला उत्पादन विश्वबाट हटाउनु महत्त्वपूर्ण मानिएको छ ।

कोप २६ सम्झौताका हस्ताक्षरकर्ताहरूले बिहीवार स्वदेश र विदेशमा नयाँ कोइला प्लान्टहरूमा लगानी नगर्ने सहमति गरेका छन् । धनी देशहरूमा सन् २०३० सम्ममा कोइला-इन्धनबाट गरिने ऊर्जा उत्पादन बन्द गर्ने र गरिब राष्ट्रहरूका लागि २०४० को दशकमा चरणबद्ध रुपमा बन्द गर्ने प्रतिबद्धता जनाएको बेलायती सरकारले सार्वजनिक गरेको छ ।

“कोइलाको अन्त्य देखिँदैछ । विश्व सही दिशामा अघि बढिरहेको छ । कोइलाको उत्पादन बन्द गर्न र स्वच्छ ऊर्जाद्वारा सञ्चालित भविष्य निर्माण गर्ने वातावरणीय र आर्थिक फाइदाहरू अँगाल्न तयार छ” बेलायती व्यापार तथा ऊर्जा सचिव क्वासी क्वार्टेङले भनेका छन् ।

(रोयटर्स)

तपाइँको प्रतिक्रिया