मंगलबार, असार १४, २०७९

महाकवीका अप्रकाशित कृतिको लेखाजोखानै छैन

नगेन्द्र राज शर्मा२०७८ मंसिर ११ गते ६:०३

अमर न्यौपानेको कथन-

वरिष्ठ साहित्यकार नरेन्द्र राज शर्मा

महाकवी लक्ष्मी प्रसाद देवकोटाका ६ वटा महाकाब्य छन् । ति प्राय सबै पढेको छु । दुई दर्जनभन्दा बढी खण्डकाब्य छन् । ६०० भन्दाबढी कविता छन् । दुई वटा निवन्ध संग्रह । एउटा प्रवन्ध संग्रह ।

त्यसपछि एउटा उपन्यास र एउटा कथा संग्रह । प्राय धेरै चाहिं मैले पढेको छु । उहाँको किताबहरु लेखनाथ पौडेलसित तुलना गरेर पढ्थें । स्नातक र स्नातकोत्तर पढ्दा विशेष गरि उहाँका किताबहरु पढें । त्यो बेला लेखनाथ पौडेलसित तुलना गर्नुको एउटा कारण छ । म सानो छँदाखेरिनै बाले तरुणतपसी, सत्यकली संवाद लालित्य भाग एक र भाग दुई, ऋतु बिचारहरु पढिरहनुहुन्थ्यो । त्यसैले स्कूल पढ्दादेखिनै लेखनाथका कविताबाट म परिचित थिएँ । ति कविताहरु वगैंचाका फूल जस्ता लाग्थे । एकदमै काँटछाँट गरेर मिलाइएको ।

अनि देवकोटाका पढ्दा चाहिँ कस्तो भने ठूलो जंगल जस्तो । जहाँ पढ्न गाह्रो । हिँड्नपनि गाह्रो । कतिपय कुरा त पहिचान गर्नपनि गाह्रो । हामी जंगलमा सबै रुखहरु चिन्दैनौं । यि केका रुखहरु होलान् जस्तो लाग्ने । त्यहाँका सबै चराहरु चिन्दैनौं । त्यहाँका सबै जनावरहरुपनि चिन्दैनौं । त्यस्तै देवकोटाको लेखनपनि विशाल लाग्छ । र त्यहाँका कतिपय कुराहरु बुझ्नपनि कठिन हुन्छ । अलिकति जंगल जस्तै भएकोले ति एकदम परिमार्जित नभएका हुन् कि ? तिनलाई छिचोल्न गाह्रो भएको जस्तो महसुस मलाई भएको थियो त्यतिखेर पढ्दा । अहिले पून: अध्ययन गर्दा कस्तो लाग्छ त्यो चाहिं म भन्नसक्दिन ।

अनि लेखनाथ सँगसँगै मैले किन दाँजिरहेको भने लेखनाथको पढ्दा चाहिं एकदम सुन्दर वगैंचामा बसेको जस्तो । एकदम फूलवारीमा बसेको जस्तो । ति फूलपनि गमलामा सजाएको जस्तो । त्यहाँका रुखलाईपनि डिजाईन झिकेर काटिएको जस्तो । भुइँको दुबोपनि राम्रोसित मिलाएर काटिएको जस्तो सुन्दर लाग्ने । उहाँले आफ्नै किताब ऋतुबिचारपनि सायद तिन चोटी परिमार्जन गर्नुभएको थियो । साना साना कुरापनि परिमार्जन गर्ने । त्यो गुण हाम्रो माधव घिमिरेमा थियो ।

देवकोटाले दोहोर्‍याएर हेर्नुहुन्नथ्यो । तर बालकृष्ण शम पचासौं पटक दोहोर्‍याउनुहुन्थ्यो । माधव घिमिरे त दोहोर्‍याएको दोहोर्‍याइ । आजित नभएसम्म दोहोर्‍याएर बस्नुहुन्थ्यो । एउटा गीतपनि पुरा चित्त नबुझिकन उहाँ निकाल्नुहुन्नथ्यो ।

—————-

नगेन्द्र राज शर्माका भनाई

ठिक भन्नुभयो । लेखनाथजी चाहिं संस्कृतका महापण्डितहरु माग, दण्डी, कालिदाशको अध्ययनबाट प्रभावित । मैले देखेको त अझ, दशौं पटक परिमार्जन गर्ने बालकृष्ण शम, पचास पटक परिमार्जन गर्ने राष्ट्रकवी माधव घिमिरे । उहाँले दोहोर्‍याई, तेहेर्‍याई, लेखेर चित्त बुझेपछि मात्रै बाहिर लैजाने । देवकोटा आँखा चिम्लेर लेख्ने फाल्ने, लेख्ने फाल्ने । उहाँ धेरै सामान्य कवितापनि छन् । केटाकेटीलाई लेख्या कवितापनि छन् । देवकोटाले दोहोर्‍याएर हेर्नुहुन्नथ्यो । तर बालकृष्ण शम पचासौं पटक दोहोर्‍याउनुहुन्थ्यो । माधव घिमिरे त दोहोर्‍याएको दोहोर्‍याइ । आजित नभएसम्म दोहोर्‍याएर बस्नुहुन्थ्यो । एउटा गीतपनि पुरा चित्त नबुझिकन उहाँ निकाल्नुहुन्नथ्यो । त्यसकारण माधव घिमिरेका थोरै भएपनि राम्रै राम्रा छन् । देवकोटाका अनेक छन्, अनेकथरिकै छन् । सामान्य कवितापनि छन् । त्यो आफ्नो आफ्नो स्वभाव हो ।

देवकोटाका अप्रकाशित कृति अझै थुप्रो छन् । एक डोको छन् । मुद्दा परिराखेको छ कतिमा । पदम प्रसाद देवकोटा उहाँको छोरा हुनुहुन्छ । उहाँसँग थुप्रै छन् । एउटा छोरा त बिदेशतिर हराउनुभएको छ । अप्रकाशित कृति अति धेरै छन् तर ति खेस्रा जस्ता छन् । कुनै अक्षरनै नबुझिने । मसिना अक्षर सिसाकलमले लेखेको । ५०, ६० वर्ष अगाडि लेखेको, कति बुझिने कति नबुझिने । मेहनत गरेर बनाउनुपर्ने पनि छन् । छाप्न लायकपनि छन् । छाप्दैपनि हुनुहुन्छ उहाँहरुले । अप्रकाशित कति छन् त्यसको लेखाजोखानै छैन ।

जे कागज भेट्यो त्यसैमा लेख्ने त्यहिं छोडिदिने । कति हावाले लान्थ्यो । मिल्किएर जान्थ्यो । बढारिएर जान्थ्यो । उहाँको एक दुई डोको कविता त बढारिएरै गयो होला । नोकरचाकरलाई के मतलव । टुक्रा देख्यो बढारेर फालिदियो । उहाँ त अद्भुत हो नी मान्छे, सामान्य मान्छे होइन । अरु कविहरु जस्तो, लेखनाथहरु जस्तो आफूले लेखेको कुरालाई जतन गरेर राख्ने बानी थिएन उहाँको । अरुले जतन गरिदिए, रह्योभने या नेपाली भाषा प्रकाशिनी समितिमा पुग्यो भने उनीहरुले पाएको पो छापे । नत्र त यि महाकाब्यहरुपनि हराउँथे होलान् । त्यस्तो लापरवाह मान्छे ।

मलाई देवकोटासँगको सामिप्यमा रहँदा त्यहि राकाशा खेलेको असाध्यै सम्झना आ उँछ । हामी केटाकेटी खेल्थ्यौं । उहाँपनि आउनुहुन्थ्यो बेला बेलामा । मपनि खेल्छु तिमीहरुसित भनेर । त्यहि संझिन्छु म त । कहिले मेरो आँगनमा त कहिले देवकोटाजीकै आँगनमा । त्यो बेला मेरो र देवकोटाजीको घरको बिचमा एउटा, दुईवटा मात्रै घर थिए । नत्र खेतै खेत थियो । उहाँ कताकताबाट आएको बेला यस्सो साईकल बिसाएर ‘ल मपनि तिमीहरुसित खेल्छु’ भन्नुहुन्थ्यो । भन्नुहुँदैन म उहाँको बुईपनि चढ्या छु होला । चल्दाखेरि, लड्दाखेरि, खेल्दा खेरि । तेलकाशा खेल्दा, धक्काधक्की हुँदाखेरि । जानिजानि होइन खेल्दा । उहाँ केटाकेटी सँगै केटाकेटी भएरै खेल्नुहुन्थ्यो । सधैं होइन, कहिलेकाहिँ ।

देवकोटाले जे कागज भेट्यो त्यसैमा लेख्ने त्यहिं छोडिदिने । कति हावाले लान्थ्यो । मिल्किएर जान्थ्यो । बढारिएर जान्थ्यो । उहाँको एक दुई डोको कविता त बढारिएरै गयो होला । उहाँ त अद्भुत हो नी मान्छे, सामान्य मान्छे होइन ।

मैले चलाउने अभिब्यक्ति पत्रिका र देवकोटासित खासै संवन्ध भएन । देवकोटाले हाम्रो घरमा आएको बेला बा, काकाहरुसित बसेर सुन्नुहुन्थ्यो, सुनाउनुहुन्थ्यो । मान्छेहरु जम्मा हुन्थे । देवकोटा २०१६ सालमै बित्नुभयो । मैले अभिब्यक्ति शुरु गरेको २०२७ सालमा । ममापनि अलिकति साहित्यिक प्रभाव थियो । मेरा अग्रजहरु साहित्यिक भएको हुनाले । पत्रिका निकाल्न रहर लाग्यो, निकालें । ख्यालख्यालमै २११ अंक निस्किसक्यो । मैले जेजति गरें भन्ने ठान्या छु, त्यो भन्दा धेरै बढी मानसम्मानपनि पाइसकें । मेरो अभिनन्दनै गरे । मलाई लाग्छ, म त्यो लायकनै थिईन । म भन्दा अभिनन्दनिय ब्यक्ति अरुनै थिए । मलाई त अलि कुरीकुरी लागिराख्या थियो साँच्चै भन्नुहुन्छ भने ।

रोचक घिमिरे, जगदिश घिमिरे, भैरव अर्याल त्यो बेलाका मेरा साथी थिए । कुरै कुरामा पत्रिका निकाल्ने कुरो चल्यो । त्यो बेला पन्चायती कालमा भएभरका पत्रिका बन्द भए । त्यो भन्दा अगाडि २०१६ सालसम्म बढी अराजकता थियो । दर्ता नगरि निकाल्थे । २०१७ सालपछि दर्ता नगरेका पत्रिकालाई निकाल्नपनि दिएन सरकारले । सेन्सर कडा भयो । अञ्चलाधिशबाट पास गराउनुपर्थ्यो । र एउटा दुईवटा पत्रिका भानु, रचना, रुखरेखा मात्रै थिए । पत्रिका दर्ता गर्न मलाई त केहि समस्या थिएन । किनभने नेपालमा सोर्स भएपछि जेपनि हुन्थ्यो । त्यो बेला मेरो एक जना साथीको बुवा विश्वमणी अञ्चलाधिश हुनुहुन्थ्यो । मेरो राम्रै चिनजान थियो ।

साथीभाईबिच कुराकानी हुँदा एक दिन ‘मैले पत्रिका निकाल्न चाहें भने दर्ता हुन्छ’ भनेर गफ हाँकें । मलाइ त समाते साथीहरुले ‘ल दता गर । तँ चलाउँदैनस् भने हामी चलाउँछौं’ भन्न थाले । नभन्दै मैले गएर एक दिन मेरो साथीलाई ‘एउटा पत्रिका निकाल्नुपर्‍यो, बुवालाई भन्देउन’ भनेको त बुढाले सुनिराख्या रैछन् । बुढाले ‘केरेकेरे तिमी पत्रिका निकाल्ने ? तिमीलाई कांग्रेसले उचाल्यो कि क्याहो ?’ भने । ‘कहाँ कांग्रेसले उचाल्ने ? हामी राजभक्त मान्छे । साहित्य सेवा गर्न खोज्या । पाएदेखि हुन्थ्यो’ भनें । ‘ए ल भलानोलाई भन्दे, पत्रिका निकाल्न, पत्रिका निकाल्न रहर गर्‍या रैछन्’ भने र पत्रिका त्यसरि सजिलै दर्ता भयो ।

दर्ता भएपछि एक दुइ वटा निकालें । जति निकालें रहर जाग्दै गयो । त्यो बेला म लेखक त थिएँ । मेरा एक दुइ वटा किताब त निस्किसकेका थिए, उपन्यासहरु । तर मलाई लेखक ब्यक्तित्वले भन्दा सम्पादक ब्यक्तित्वले महत्व पाएजस्तो लाग्यो । सबैले ‘सम्पादकज्यु’ भन्ने, ‘मेरो छापिदिनु न’ भन्ने ।

पत्रिका चलाउन अञ्चलाधिशले दर्ता गरिदिनुपर्थ्यो । मेरो साथीको बुवा अञ्चलाधिश थिए । मैले गएर एक दिन मेरो साथीलाई ‘एउटा पत्रिका निकाल्नुपर्‍यो, बुवालाई भन्देउन’ भनेको त बुढाले सुनिराख्या रैछन् । बुढाले ‘केरेकेरे तिमी पत्रिका निकाल्ने ? तिमीलाई कांग्रेसले उचाल्यो कि क्याहो ?’ भने ।

मेरो कथा छाप्दा एउटा छापिन्थ्यो । मेरो पत्रिका निस्किंदा २० वटा छापिन्थे । बिशौं जनाले मलाई सम्मान दिए । यसो हुँद मेरो लेखक ब्यक्तित्व दबिंदै गयो । सम्पादक ब्यक्तित्व चम्किंदै गयो । सबले रुचाए । मपनि त्यसैमा लहसिएँ । गर्दागर्दै गर्दागर्दै पचासौं वर्ष बिते । मिलिक्क गरेको जस्तो पत्तै छैन । २०२७ सालदेखि अहिलेसम्म ५२ वर्ष भैसक्यो । अहिलेसम्म निकालिराख्या छु । अब मेरो निकाल्ने क्षमता छैन । तरपनि छोड्न मन लाग्दैन । समातिराख्या छु । अब बिस्तार बिस्तारै कसैलाइ जिम्मा लगाउन लाग्या छु । त्यसकारण ख्याल ख्यालमै गरेको कुरो यतिका वर्ष गयो ।

मैलेपनि जागिर खाएँ युनिभर्सिटीमा । म जस्ता मेरा साथीहरु रिटायर्ड भएपछि के गर्न लागे भने कोहि कोहि यस्सो मठमन्दिर धाउने, देउतासेउता पूजाआजा गर्ने, इन्डियन जोगिहरुका प्रवचन सुन्ने । कोहि रक्सी खाएर बस्ने । कोहि तास खेल्ने । यि सबै मैलेपनि नगर्‍या होइनन् । तर मलाई कुनैमापनि रुची लागेन । मलाई अक्षरसँगै खेल्न मन लाग्यो । अक्षरसँगै रमाउन मन लाग्यो । त्यसैमा अल्मलिन मन लाग्यो । मेरो पूजा पाठ, धर्मकर्म सबै त्यहि अभिब्यक्ति भयो । यहाँसम्म आइपुगें ।

मान्छे भन्छन् ‘पत्रिका निकाल्न दुख छ ।’ मलाई चाहिं कहिल्यै दुख भएन । सुखैसुखमा निकालें मैले । अलिकति आर्थिक कठिनाई कहिलेकाहिं परेहोला । त्यस्तो दुखलाई दुख मान्ने हो भने त कुरै छैन । मलाई त दुखका दिन सम्झिंदा खुशि लाग्छ । अहिले सुखको अनुभव हुन्छ । यस्ता दिनपनि बिताएँ मैले भनेर । त्यसकारण आनन्दसँग निकालें । र निकालेबापत मैले जेजति मानसम्मान पाउनुपर्ने त्योभन्दा बढ्दा पाएको छु र म प्रशन्न छु ।

(नेपालप्लसले कात्तिक १३ गते शनिवार नेपालका साहित्यिक पत्रकार, वरिष्ठ साहित्यकार नगेन्द्र राज शर्मासित महाकवी लक्ष्मी प्रसाद देवकोटा जयन्तिका अवशरमा देवकोटाबारे प्रत्यक्ष छलफल कार्यक्रम राखेको थियो । देवकोटाको आँगनमै खेल्नुभएका, देवकोटा र उहाँको परिवारसित प्रत्यक्ष हेलमेल गर्नुभएका शर्माले छलफलमा ब्यक्त गर्नुभएका भनाई यहाँ सामान्य सम्पादन गरेर राखिएको हो-संपादक)

पहिलो भाग

मैले देखेका देवकोटा सौखिन र सम्पन्न थिए, सुनेका देवकोटा चाहिं गरिब

दोस्रो भाग

कसैलाई ‘नाइ’ नभन्ने महाकवी देवकोटा

तेस्रो भाग

पत्नी, छोराछोरीलाई खबरै नदिई महाकवी देवकोटा लुसुक्क बनारस

चौथो भाग

महाकवी देवकोटाको घर भत्काउनु नियतनै खराब

तपाइँको प्रतिक्रिया

फेसबुक