बिहीबार, चैत १५, २०८०

“एनआरएनएमा कांग्रेस र कम्युनिष्टको लडाई होइन ब्यक्ति ब्यक्तिको लडाई” एनआरएनए नेता

नेपालप्लस संवाददाता२०७८ कार्तिक १८ गते २२:२७

गैर आवाशिय नेपाली संघ (एनआरएनए) मा हाल देखिएको विवाद कांग्रेस र कम्युनिष्टबिचको नभएर एनआरएनएमा ब्यक्ति ब्यक्तिबिचको भएको भनाई एनआरएनएकै नेताहरुको छ ।

एनआरएनए केन्द्रिय निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार डा. बद्रि केसीको टीमले आयोजना गरेको तिहार, ल्होसार, छठ पर्व शुभकामना आदानप्रदान कार्यक्रममा एनआरएनए महासचिव डा. हेम राज शर्माले त्यस्तो बताएको हुन् ।

एनआरएनए उपाध्यक्ष डा. बद्रि केसीले १८ वर्षको ईतिहासमा एनआरएनएको निर्वाचन हुननसक्नुमा संस्थाभित्रकै, आफूहरुकै गल्ति भएको उल्लेख गरे । उनले बिगतका कार्यक्रममा झैं एनआरएनएले सहयोग गरेका क्षेत्र, ब्यक्ति, लगानी आदिको बारेमा फेहरिस्त सुनाएका थिए ।

एनआरएनए निर्वाचन जित्नैकालागि कुनै राजनितिक पार्टीको टिका लगाउन जानुपर्ने वातावरण एनआरएनलेनै बनाएको केसीले उल्लेख गरे ।

संस्था धेरै ठूलो, आकर्षक भएकाले धेरै राजनितिक पार्टीहरुले यसमा आँखा लगाएकोपनि उनले बताए ।

“ठूला राजनितिक दलहरुले क्षेत्रनै तोकेर, ईन्चार्जनै तोकेर एउटा ब्यक्तिलाई जिताउनुपर्छ भनेर लाग्नु, चुनावनै रोकिनु, देशको प्रधानमन्त्री जस्तो ब्यक्तिले एउटा एनआरएनको यो उम्मेदवारलाई जिताउनुपर्छ भनेर बिज्ञापन गर्दै हिँड्नु अवस्य ठिक होइन जस्तो लाग्छ” उनले भने ।

गैर आवासीय नेपाली संघ बिदेशमा बस्ने त्यस्तो मात्रै एउटा संस्था जुन धेरै वष अगाडि नेपालको राजनिति देखी वाक्क लागेर नेपालीहरु बिदेश गएको, अझैपनि बिदेशका नेपालीले नेपाललाई सहयोग गर्न चाहिरहेको अवस्थामा यसरि फेरि राजनितिक हस्तक्षेप गरेर यो संस्थालाई राजनितिक पञ्जामा राखिरहेमा नेपालीहरु फेरि बितृष्णामा जाने उल्लेख गर्दै केसीले भने “यस्तो बितृष्णाको अवस्था आउन नदिइयोस भनेर म नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाईपनि अनुरोध गर्न चाहन्छु ।”

यदि कुनै राष्ट्रिय समन्वय परिषद (एनसिसी) का निर्वाचनहरुपनि बिधिबिधान मिचेर गरिएको भए तिनलाई पूनर्मूल्यांकन गरि सच्याउन चाहेको उनले बताए । संस्थाका संरक्षक, पूर्व अध्यक्षहरुलाईपनि कुनै ब्यक्ति नहेरि संस्थालाई जिताउन भूमिका खेलिदिनसमेत आग्रह गरे “कुनै ब्यक्तिलाई जिताउन वा हराउन होइन कि संस्थालाई केन्द्रबिन्दूमा राखेर अहं भूमिका खेलिदिनपनि म आग्रह गर्छु ।”

एनआरएनएका महासचिव डा. हेम राज शर्माले गएको १८ वर्षमा एनआरएनएको निर्वाचन पहिलो पटक रोकिनुको मूल कारण परराष्ट्र मन्त्रालयको पत्र भएको उल्लेख गर्दै एनआरएनए केन्द्रसित दुई बिकल्प रहेको बताए । कित परराष्ट्रको पत्रलाई पुरै बेवास्था गरेर अगाडि बढ्ने वा सबैलाई मिलाएर लैजानकालागि लचिलो भएर वार्ता, संवादबाट सहमति गरेर अगाडि बढ्ने । केन्द्रिय समितिले दोस्रो बिकल्प रोजेको बताउँदै भने “तर लामो समयसम्म लिंगरिङ भैरहे कठोर निर्णय गर्नुपर्ने हुन्छ ।” त्यो कठोर निर्णय के हो भन्ने उनले स्पष्ठ पारेनन् ।

यिनै विवाद र निर्वाचनको अनिस्चितता, बिभाजित मानसिकताले गर्दा निर्वाचनमा जोकोहिले जितेपनि अब सबैले जित्ने अवस्था नरहेकोसमेत उनले अनलाईनबाट आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बताए । उनले भने “हामी एक किसिमले हारेको अवस्थामा छौं ।”

गैर आवाशिय नेपाली संघ (एनआरएनए) मा राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो बढेकालेपनि एनआरएनए अप्ठेरोमा परेको भनाईसमेत उनको छ ।

कुनैपनि पार्टीको मानिस चुनिएर आएपनि ८० प्रतिशत गैर आवाशिय नेपालीको भावना बिपरित हुने, पार्टीको समर्थनमा जितेर आए उक्त ब्यक्ति त्यहि पार्टीको कार्यकर्ता भएर बस्ने उनले उल्लेख गरे । त्यस्तो ब्यक्तिले ७० लाख प्रवासी नेपालीको भावना बुझ्न नसक्ने र त्यस्तो अवस्थामा जितेर आएको नेत्रित्वकर्ताले एनआरएन को कुरा नसुन्ने भनाई उनको थियो ।

” पार्टीको समर्थनमा चुनाव जितेर आउने नेत्रित्वले तपाई हामी गैर आवासीय नेपालीको कुरा सुन्दैन, पार्टीकै सुन्छ । अब यो चुनाव जसले जितेपनि हामी सबै हारेको अवस्थामा छौं” डा. शर्माले भने ।

एनआरएनएको हालको बिवाद खासगरि प्रतिनिधी छनौटका विषयमा रहेकाले त्यसको समाधानकालागि केन्द्रले अध्यक्ष कुमार पन्तलाई जिम्मेवारी दिएको बताउँदै यो विवाद समाधानकालागि केन्द्रिय समिति, सचिवालय र यस निकायका कुनैपनि कार्यकारी सदस्यको हात नरहेकोसमेत उनले स्पष्ठ पार्न खोजे । अध्यक्ष र परराष्ट्रका उजुरिकर्ता मिलेर बिवाद समाधान गर्न उनले सुझाव दिए ।

“अध्यक्ष, परराष्ट्रका उजुरिकर्ता, पूर्व अध्यक्षहरु मिलेर यो बिवाद मिलाउनुहोला । हामी केन्द्र र सचिवालयका कोहिपनि यसमा संलग्न छैनौं, हामीलाई दोष नदिनुहोला, यो विवाद समाधान गर्न अध्यक्षलाई पूर्ण अधिकार दिएका छौं” उनको भनाई थियो ।

नेपालमापनि हालको संविधान नमान्ने पार्टीहरु रहेको र ति पार्टीले संविधान नमानेपनि बहुमतलाई स्विकार गर्दै यहि संविधानको परिधीमा रहेको, संविधान नमान्दानमान्दैपनि संविधान उल्लंघन नगरि मानेर बसेको महासचिव शर्माले उल्लेख गरे ।

एनआरएनएको विधिविधान र प्रक्रियालाई उल्लंघन नगरि अधिकतम लचकता अपनाएर हालको विवाद, समस्या हल गर्न उनले परराष्ट्रका उजुरिकर्ता, पूर्व अध्यक्षहरु र केन्द्रिय अध्यक्ष पन्तलाई आग्रह गरे ।

तर कुनै बिकल्प नदिए आफूहरुनै बिकल्प खोज्न बाध्य हुने भनाईपनि उनको थियो । उनले भने “यदि तपाईहरुले समाधानको बिकल्प नदिए निस्चित समयपछि हामीलेपनि बाटो अपनाउनुपर्ने हुन्छ ।”

गैर आवासीय नेपाली संघमा बाहिरबाट हेर्दा राजनितिक पार्टीको लडाई जस्तो देखिएपनि कांग्रेस र कम्युनिष्टको लडाई नभएर ब्यक्तिब्यक्तिको लडाई भएकोसमेत शर्माले बताए । नेपालका राजनितिक दल र नेताहरुलाई जे सिकायो त्यहि अभिब्यक्त मात्रै भएको बताउँदै भने “नेतालाई त जे भन्दिन्सु भन्यो त्यहि भनेका मात्र हुन् ।”

एनआरएनएका बारेमा राजनितिक दल, नेता र धेरैको चासो, चाख बढेकालेपनि समस्या हुने गरेको तर हरेक कुरालाई नकारात्मक तरिकाले हेर्ने र समस्या आउँदैमा डराइहाल्न नहुने बताउँदै शर्माले भने “हाम्रो संस्थाप्रतिको चासो बढ्नु, नेताहरुले यो संस्थाको नाम लिईरहनु राम्रो पक्षपनि हो ।”

तपाइँको प्रतिक्रिया

फेसबुक