बिहीबार, वैशाख ६, २०८१

डब्ल्यूएचओद्वारा युरोपमा कोरोनाबाट फेरि पाँच लाखको ज्यान जानसक्ने चेतावनी, जर्मनीमा कोरोना संक्रमण फेरि उच्च

नेपालप्लस संवाददाता२०७८ कार्तिक १९ गते १३:५२

विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले युरोपमा कोरोना महामारि फैलिने चेतावनी दिएसँगै जर्मनीमा कोविड संक्रमणले नयाँ रेकर्ड बनाएको छ ।

बिहीवार जर्मनीमा दैनिक कोविड संक्रमण हालसम्मकै उच्च स्थानमा पुगेको छ । डब्ल्युएचओले कोरोना संक्रमण अत्यन्त बढेको भन्दै युरोपभरि फेरि पाँच लाख मानिसहरूको मृत्यु हुनसक्ने चेतावनी दिएको छ ।

बेलायत एन्टि-कोविड चक्की स्वीकृत गर्ने पहिलो देश बनेको थियो । अमेरिकाले व्यवसायीहरूलाई कोरोना रोकथामकालागि कडा नयाँ नियमहरू घोषणा गरेको छ । कर्मचारीहरुले खोपहरु लगाउनुपर्ने बनाएको छ । किनभने जाडोयाममा बढ्ने ठण्डीसँगै संक्रमणको खतरा बढ्दो छ ।

युरोपेली युनियन (ईयु) को सबैभन्दा बढी जनसंख्या भएको देश जर्मनीले दैनिक संक्रमणको नयाँ रेकर्ड बनाएको छ । रबर्ट कोच इन्स्टिच्युटका अनुसार विगत २४ घण्टामा करीव ३४ हजार मानिसमा संक्रमण देखिएको छ ।

क्रोएसियाले पनि नयाँ दैनिक रेकर्ड बनाएको छ । कोरोना भाईरसको परिक्षण गर्दा ६,३१० जनामा कोरोना संक्रमित भएको छ ।

डब्ल्यूएचओका युरोप प्रमुखले युरोपमा कोरोना भाइरस संक्रमणको गति अत्यधिक बढेको भन्दै गम्भीर चिन्ता ब्यक्त गरेका छन् । उनका अनुसार हाल भैरहेको संक्रमणको रफ्तार हेर्दा फेब्रुअरीसम्म अर्को पाँच लाख मानिसको मृत्यु कोरोना भाईरसका कारण हुनसक्छ ।

हान्स क्लुगेले एक पत्रकार सम्मेलनमा भने “हामी फेरि एकपटक कोरोनाको केन्द्रबिन्दुमा छौं ।”

डब्ल्यूएचओले अपर्याप्त खोपको दर, मास्क नलगाउने र शारीरिक दूरी कायम नगर्ने लगायतका रोकथामका उपायहरू अवलम्बन नगरिएकाले कोरोना भाइरस संक्रमण फेरि बढ्नुको कारक रहेको उल्लेख गरेको छ ।

अस्पताल भर्ना हुनेको संख्या कोरोना भाईरस बिरुद्दको खोप कम लगाएका देशहरुमा बढी भएको क्लुगले बताएका छन् ।

एएफपी द्वारा संकलित आधिकारिक राष्ट्रिय तथ्याङ्क अनुसार युरोपमा कुल दुई लाख ५० हजार कोरोनाका नयाँ संक्रमितहरु छन् र केहि हप्तादेखि नयाँ संक्रमितको संख्या लगातार बढिरहेको छ । मृत्युको संख्या पनि बढ्दै गएको छ । युरोपमा दैनिक मृत्यु हुनेको संख्या तिन हजार छ सय दर्ता भएका छन् ।

एएफपी तथ्याङ्क अनुसार पछिल्लो सात दिनमा रुसमा ८,१०० भन्दा बढीको मृत्यु भएको छ । त्यसपछि युक्रेनमा ३,८०० भन्दा बढी मृत्यु भएको छ भने रोमानियामा ३,१०० जनाको मृत्यु भएको छ ।

सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक देखा परेको यो भाइरसले विश्वव्यापी रूपमा ५० लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक