शुक्रबार, वैशाख १४, २०८१

‘एनआरएनएको आन्तरिक मामिलामा राजनितिक हस्तक्षेप हुनुहुन्न’ कांग्रेस नेता सिटौला

नेपालप्लस संवाददाता२०७८ कार्तिक १९ गते १५:३५

नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले गैर आवासीय नेपाली संघ (एनआरएनए) को आन्तरिक मामिलामा राजनितिक पार्टीहरुले हस्तक्षेप र अनावस्यक चाख राख्न नहुने बताएका छन् ।

एनआरएनए केन्द्रिय उपाध्यक्ष तथा आगामी कार्यकालकालगि अध्यक्ष पदकालागि उम्मेदवार रबीना थापाले आयोजना गरेको तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिका तर्फबाट बोल्दै कांग्रेस नेता सिटौलाले एनआरएनएको आन्तरिक, संस्थागत मामिलामा राजनितिक दलहरुले हस्तक्षेप र अनावस्यक चासो राख्न नहुने बताएका हुन् ।

एनआरएनएको आन्तरिक मामिला, आन्तरिक जिवन, स्वतन्त्रतालाई स्वतन्त्ररुपमा छोड्नुपर्ने आफ्नो मान्यता रहेको र आफ्नो पार्टी लगायत अन्य दलका नेताहरुलाईपनि आफूले त्यहि अनुरोध गर्ने गरेको सिटौलाले उल्लेख गरे ।

उनले भने ‘मैले एनआरएनएको संस्थागत उद्देश्य, विधिविधान अनुसार यो संस्थालाई एनआरएन संगठन, यसको जिवनलाई स्वतन्त्र रुपमा छोड्नुपर्छ भन्ने मेरो मान्यता छ ।”

सिटौलाले एनआरएनएको निर्वाचन घोषणा भएपछि एनआरएनएका अभियन्ता, उम्मेदवारहरुले आफू र अन्य राजनितिक दलका नेताहरुलाई भेट्न आएको उल्लेख गर्दै भने “मैले उहाँहरुलाई आफ्नो बिधिविधान, प्रक्रिया, प्रजातान्त्रिक मूल्य मान्यता अनुसार पारदर्शी तरिकाले समस्या हल आफैले मिलेर गर्नुस् र निर्वाचन सम्पन्न गर्नुस् भनेको छु” ।

एनआरएनएको शक्ति, साख भनेको यसैका सदस्यहरु रहेकाले एनआरएनभित्र, आफ्नो संस्थाभित्र रहेका मतभेद, मतमतान्तर आफ्नै तर्फबाट सुल्झाउन सुझाव दिँदै सिटौलाले भने “आफ्नो घर भित्रको समस्या आफैंले सुल्झाउनुपर्छ । आफ्नो संस्थाभित्रको समस्या, मतभेद आफैंले सुल्झाउन नसक्दा बिभिन्न समुह र राजनितिक दल, अन्य संस्थाले हस्तक्षेप गर्न सक्छन् । अन्य संस्था, राजनितिक दलबाट राजनितिक हस्तक्षेप भयो भने संस्था अगाडि जान नसक्ला । त्यसैले आफ्नो संस्थाभित्रको समस्या आफ्नै तर्फबाट सुल्झाउनुहोला ।”

नेपालको वर्तमान संविधानको मस्यौदाकार मध्येका एक सिटौलाले नेपालको संविधान बनाउँदा आफूले आम गैर आवासिय नेपालीलाई संझेको उल्लेख गरे । उनले प्रवासी नेपालीलाई दिनुपर्ने सुविधा र गर्नुपर्ने कुनै ब्यवस्था भए फेरिपनि ति समया संवोधन गर्न सकिने बताए । उनले भने “अझैपनि एनआरएनकोलागि केहि गर्नुपर्ने भए भन्नुहोला । म कुनै सहयोग गर्नुपर्ने भए तयार छु ।”

तपाइँको प्रतिक्रिया