मंगलबार, वैशाख ४, २०८१

कर्मचारी अभावका कारण विश्वकै छैठौं ठूलो होटेल समुह घुँडा टेक्ने अवस्थामा

नेपालप्लस संवाददाता२०७८ कार्तिक १९ गते १९:१५

कर्मचारी अभावका कारण विश्वकै छैठौं ठूलो होटेल समुह घुँडा टेक्ने अवस्थामा पुगेको छ ।

विश्वकै छैठौं ठूलो होटल समूह एकोरका कार्यकारी प्रमुखले शुक्रबार कर्मचारी अभावले होटेलहरु घुँडा टेक्ने अवस्थामा पुगेको बताएका हुन् । उनका अनुसार होटेलले ज्याला बढाउन सक्ने अवस्था छैन । पर्यटकहरू फर्किन थालेलगत्तै सेवा सुचारु गर्न पर्याप्त कर्मचारी भर्ती गर्न समस्या भइरहेको छ ।

विश्वको छैटौं ठूलो होटल समूहका प्रमुख सेबास्टियन बाजिनले फ्रान्सेली रेडियो स्टेशन आरएमसीमा भनेका छन्- फ्रान्सस्थित उनका होटेलमा अहिले कम्तिमा २,००० कर्मचारीको अभाव छ । किनभने यहाँको पर्यटन बजार फर्किन थालेको छ । विदेशी आगन्तुकहरू फर्कन थालेका छन् । तर अझैपनि कोरोना महामारी अघिको समयमा झैं पर्यटकको चाप भने बढिसकेको छैन ।

उनका अनुसार कोरोना महामारीपछि धेरै कर्मचारीहरू फर्केका छैनन् । किनकि उनीहरू लकडाउनको समयमा अन्यत्रै सरेका थिए । धेरैले पेशा परिवर्तन गरे । काम गर्ने समय बदलिरहने हुनाले त्यो असहज अवस्था, समय र घण्टा स्वीकार गर्न इच्छुक थिएनन् ।

धेरै देशहरूमा आतिथ्य (हस्पिटालिटी) उद्योगले कर्मचारीहरूलाई पुन: भर्ती गर्न कठिनाई भएको गुनासो गरेको छ । केही रोजगारदाताहरूले ज्याला र सुविधा बढाएर कामदारहरूलाई प्रलोभन दिने प्रयास गरिरहेका छन् ।

तर बाजिनले त्यो समस्याको एक हिस्सा मात्रै भएको बताउँदै भने “यदि मैले धेरै तिरेपनि त्यो तिर्नकालागि पर्याप्त हुनेछ ? छैन । के त्यो तिर्न म सक्षम छु ? छैन । समस्या यही हो।”

बाजिनले यस क्षेत्रलाई पूर्ण सक्रिय अवस्थामा फर्काउन मद्दत गर्न नयाँ कर्मचारी भर्ति गर्दा सामाजिक शुल्क (सामाजिक कर) घटाउन सरकारलाई आग्रह गरेका छन् ।

“सम्पूर्ण होटल उद्योग घुँडा टेक्ने अवस्थामा छ” उनले भने “कोरोनापछि फेरि होटेलमा आउने पर्यटकहरूलाई स्वागत गर्न, बस्न दिन होटेल ब्यवशायी सक्षम हुन आवश्यक छ ।”

एकरले राफ्लेस र सोफिटेल जस्ता लक्जरी ब्रान्डहरूलाई प्रिमियम पुलम्यान, बजेट आइबिस र एफ १ होटलहरूको समूह बनाएको छ । यसले ११० देशमा ५,२०० होटलहरू सन्चालन गरेको छ जसमा दुई लाख ६० हजार मानिसलाई रोजगारी दिन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक