शनिबार, मंसिर १८, २०७८

पोर्चुगलको कृषि क्षेत्रमा नेपालीसहित एसियाली श्रमिकहरुको ब्यापक शोषण

नेपालप्लस संवाददाता२०७८ कार्तिक १९ गते २३:४४

Image Credit-carolineplouff.blogspot.com

पोर्चुगलको कृषि क्षेत्रमा काम गर्ने आप्रवाशीहरु मध्ये नेपाली लगायत दक्षिणपूर्वी एशियाका नागरिकमाथि ब्यापक शोषण हुने गरेको छ ।

फ्रान्स २४ मेडिया र केहि मानवअधिकारवादी, मजदूरको हकहितकालागि काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरुले त्यसरि शोषण हुनेगरेको रिपोर्ट सार्वजनिक गरेका छन् ।

फ्रंस २४ मा साराह मोरिस, लोरा कामबो र आर्मेल सारियरले गरेको रिपोर्ट अनुसार सन् २०१८ देखि पोर्चुगलमा माफियाहरुको सन्जालहरुद्वारा सन्चालित शंयन्त्रका कारण पोर्चुगलमा सस्तो श्रम उपलब्ध भएकाले खेतीमा ब्यापक वृद्धि भैरहेको छ ।

आप्रवासी परोपकारी संस्थाहरूको अनुमान अनुसार करिब ३० हजार भारतीय, नेपाली, थाई र पाकिस्तानी कामदारहरू ब्रोकाउली खेती, हरितगृहमा जामुन र गोलभेंडा टिप्ने, वा दाखबारीमा अंगूर टिप्छन् । खेतबारीमा कडा श्रम गरेबापत उनीहरूले कम तलब पाउँछन् । कठिन जीवनयापनको सामना गर्छन् ।

मजदूरहरुलाई खेतीमा काम लगाउने खेतीका ठेकेदारहरुले एउटा २० वर्गमिटरको कोठामा सात आठ जनासम्म कोचेर राख्ने गर्छन् । त्यसकोपनि १०० युरो प्रतिब्यक्ति प्रति महिना असुल्ने गर्छन् । रिपोर्टमा उल्लेख भए अनुसार त्यस्ता कोठामा न्युनतम सुविधा पनि हुन्न ।

त्यस्ता टहरा खालका मजदूर राख्ने घर जग्गा साहुले बनाउँछ । त्यसमा क्रिषी श्रमिक राख्ने गरिन्छ । कतिपयलाई १४ घण्टासम्म शारिरिक श्रम गराएर पोर्चुगलको न्युनतम मासिक तलव ६०० युरो मात्रै दिन्छन् ।

पाकिस्तानका खालिद मूहमदले कतिपय ठाउँमा एउटा कोठामा पाँच जना बस्ने गरेको बताएका छन् । उनको काम खेतीमा हो । त्यसबाहेक उनले क्रिषी फार्ममा जाने अन्य श्रमिककालागि गाडीको ब्यवस्था गरेर पुर्‍याउनुपनि पर्छ ।

तर उनको कमाई कति हुन्छ ? खालिदको तलब मासिक ६०० युरो हो । उनी ३०० युरो परिवारलाई पठाउँछन् । मासिक १५० युरो कर तिर्छन् । १०० युरो कोठाको भाडा असुल्छन् । आफ्नो खर्चकालागि अलिकति पैसा बच्छ ।

त्यहाँको कृषिमा काम गर्ने नेपालीपनि थुप्रै छन् । बिजनेश एण्ड ह्युमेनराईट रिसोर्स सेन्टर संस्थाको रिपोर्ट अनुसार पोर्चुगलको कृषि फार्ममा ३० हजारभन्दा बढी आप्रवासीले काम गर्छन् । ति मध्ये धेरै दक्षिणपूर्वी एशियाका छन् । उनीहरु बाँच्नकालागि फर्ममा संघर्ष गरिरहेका छन् ।

नेपाल, भारत, पाकिस्तान, वंगलादेश लगायत दक्षिणपूर्वी एशियाका श्रमिकहरु उपलब्ध गराउने काम यिनै मुलुकका ठेकेदारले गर्छन् । तिनले जग्गाधनीसित संझौता गर्छन् । जमिन कसैले भाडामा लिएको छ भने तिसितपनि अर्को संझौता गर्ने हुन्छन् । त्यसमा खेती गर्ने लगानीकर्तासित ठेकेदारको संझौता हुन्छ ।

यि ठेकेदारको भनाईमा तिनले थोरै करपनि तिर्नुपर्छ । तिनले प्रति मजदूर घण्टाको ६ युरोका दरले खेतिवालसित असुल्छन् । तर मजदूरलाई भने त्यसमा कमिशन खाएर कम दिन्छन् । एक जना यस्तै भारतीय ठेकेदारले भनेका छन् “हामीले ६ युरो पाउँछौं । २ युरो कमिशन खाएर ४ युरो श्रमिकलाई दिन्छौं ।”

पोर्चुगलमा अति न्युन दरमा श्रमिक खोजिन्छ । अध्यागमन कार्यालयले हप्ताको एक वा दुई पटक कृषिका कामदारको कागजपत्र र कामदार भर्ति गर्ने अभ्यासहरु हेर्ने गरेको अध्यागमन कार्यालयका अधिकारीहरुले बताएका छन् । तिनले काम लगाउने तरिकाको निगरानीपनि गर्छन् ।

तिनलाईपनि समस्या पर्ने गरेको छ । किनभने खेतीमा काम गर्ने श्रमिक मध्ये कतिपयको संझौता सिधा नभएर उपसम्पर्ककर्ता सित हुन्छ । अर्थात् मजदूरहरु एउटाले सम्पर्क गराएर दर्ता गर्छ र अर्कै कम्पनीमा फेरि अर्को कागजी संझौता गराएर काम लगाउँछ । तिनले पोर्चुगलमा जसरि कागजपत्र वा संझौताको रित अनुसार गरेका हुँदैनन् । यस्तो अवस्थामा अध्यागमनका अधिकारीहरुले श्रमिकसित कुरा गरेर सत्यतथ्य पत्ता लगाउन खोज्छन् । श्रमिकमाथि काममा जोखिम उत्पन्न भएको छ कि छैन भनेर हेर्ने गरेको अध्यागमन अधिकारीहरुले फ्रंस २४ को न्युजलाई बताएका छन् ।

यस्तै मजदूर मध्ये एक हुन् भारतको दक्षिण केरलाबाट काम गर्न पुगेका अर्जुन जोशी । उनले पोर्चुगलमा काम गर्न जाँदा एक हजार तिन सय ५० युरो त होटेलकै तिर्नुपरेको थियो । कागज बनाउँने क्रममा हरेक कागजातकालागि उनले १५० युरो तिर्थे । तर काम भने १२ देखि १४ घण्टा घाम, पानी, गर्मी नभनि जोताएर लगाउँथे । जोशीले फ्रंस २४ सित भनेका छन् “पानी पर्‍यो, घाम चर्क्यो केहि भन्न पाइन्न । न खाना न पानी केहि दिँदैनन् । श्रमिकले १४ घण्टासम्म काम गर्छन् । अँध्यारो भन्न पाइन्न । घाम चर्को भयो भनेर सुख पाईन्थेन । तिनले भैंसीलाई जस्तो ब्यवहार गर्छन् । यो सब माफिया काम हो” ।

पोर्चुगलको सोलिम एसोसिएसनका अलबेर्तो मातोसका अनुसार त्यहाँ निगरानी गर्ने भनिएपनि श्रमका कुनैपनि नियम पालना गरिन्न । ठूला फर्महरुले खेतीमा काम गराउन न्युन मूल्यमा श्रमिक संझौता गराउँछन् । त्यसो गर्न धेरै संख्यामा आप्रवाशीलाई शोषण गरेर मात्रै संभव छ । यस्तो शोषण र कठिन अवस्थामा पोर्चुगाली नागरिक काम गर्न तयार हुँदैनन् ।

मातोस भन्छन् “पोर्चुगालीले यस्तो शोषण स्विकार गर्दैनन् । कोहिपनि आफ्नै देशमा दास हुन तयार छैन ।”

आप्रवासीलाई शोषण गरेर सस्तोमा काम लगाउन पाइने हुनाले कृषि फार्महरु बढेको बढ्यै छन् । पोर्चुगाली फर्ममा काम गरिरहेका कृषि श्रमिकहरुसित कुरा गर्न खोज्दा कसैलेपनि सहजतापूर्वक कुरा गर्न नचाहेको फ्रंस २४ का रिपोर्टकर्ताहरुले उल्लेख गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक