शुक्रबार, चैत १६, २०८०

अफगानिस्तान छोड्ने विमान चढ्न खोजेको आरोपमा चार महिलाको हत्या

नेपालप्लस संवाददाता२०७८ कार्तिक २१ गते १६:१८

सन् २०१६ को फाईल फोटो। फोटो- रेभोलुसनरी एसोसिएसन अफ द वुमेन अफ अफगानिस्तान-रावा

अफगानिस्तानको उत्तरी सहर मजार-ए-शरीफमा शनिवार चार महिलाको हत्या गरेका छन् । तालिबान सरकारका प्रवक्ताले बताए अनुसार स्थानीय स्रोतहरूले पीडितहरूमध्ये कम्तीमा एक जना अधिकारकर्मी रहेको पहिचान गरेका छन् ।

सहरको एक घरमा चारवटा शव भेटिएपछि दुईजना संदिग्धलाई पक्राउ गरिएको गृह मन्त्रालयका प्रवक्ता कारी सैयद खोस्तीले एएफपीलाई बताए ।

“पक्राउ परेकाहरूले प्रारम्भिक सोधपुछमा महिलाहरूलाई घरमा बोलाएको स्वीकार गरेका छन्। थप अनुसन्धान भइरहेको र मुद्दा अदालतमा पठाइएको छ’ उनले भने ।

खोस्तीले पीडितहरूको पहिचान गर्न नसकेपनि प्रवक्ताको मजार-ए-शरीफका स्रोतहरूले एएफपीलाई बताएअनुसार मृतकमध्ये एक जना महिला अधिकारकर्मी र विश्वविद्यालयका प्राध्यापक फ्रोजन साफी रहेको बताएका छन् ।

मजार-ए-शरीफका तीन स्रोतहरूले एएफपीलाई बताएअनुसार उनीहरूले ती महिलाहरू अफगानिस्तानबाट देशनै छोडेर भाग्न लागेको र तिनले एक विमान लिने तयारि गरेको भन्ने सोचेर तिनलाई कारबाट उठाएका थिए । पछि ति मृत फेला परेको सुनेका थिए ।

“मैले ती महिला मध्ये एक जना फ्रोजन साफी भन्नेलाई चिनेको थिएँ” एउटा अन्तर्राष्ट्रिय संस्थाकी एक महिला कर्मचारीले आफ्नो नाम नछाप्ने सर्तमा एएफपीलाई बताइन् “उनी एक महिला कार्यकर्ता पनि थिइन्, वास्तवमा सहरभरि उनलाई चिनिन्थ्यो।”

स्रोतले एएफपीलाई भन्यो “तीन साता अघि उनी आफैंले विदेशमा सुरक्षित हुने प्रयासमा सहयोगको प्रस्ताव गरेको बहाना गर्दै एक व्यक्तिबाट फोन आएको थियो ।”

“उसलाई मेरो बारेमा सबै जानकारी थाहा थियो । मलाई मेरो कागजातहरू पठाउन भन्दै एक प्रश्नावली भर्न आग्रह गरेको थियो । मलाई देशबाट बाहिर लैजानकालागि अमेरिकालाई जानकारी दिने जिम्मेवारीमा मेरो कार्यालयको एक अधिकारी भएको बहाना गरेको थियो” उनले भनिन् ।

शंका लागेपछि उनले फोनकर्ताको नंबर रोकिन् । र अहिले त्रासैत्रासमा बाँचिरहेकि छन् । हत्याको खबर सुनेपछि उनी स्तब्ध भइन् ।

“म पहिले नै डराएको थिएँ” उनले भनिन् “मेरो मानसिक स्वास्थ्य आजकल ठीक छैन । मेरो ढोकामा कोही आएर मलाई कतै लगेर गोली हान्छ कि भनेर म सधैं डराउँछु ।”

पूर्व अमेरिकी समर्थित सरकार विरुद्ध २० वर्षको युद्ध पछि अगस्टमा अफगानिस्तानमा सत्ता कब्जा गर्ने तालिबान गहिरो रूढीवादी इस्लामी सरकार हो ।

उनीहरूको शासनको अन्तिम अवधिमा महिलाहरूलाई सार्वजनिक जीवनमा प्रतिबन्ध लगाइएको थियो । यहि समूह सरकारमा फर्केपछि धेरै अधिकारकर्मीहरू देशबाट भागेका छन् ।

अफगानिस्तानमै बाँकी रहेका केही महिलाहरूले काबुलमा आफ्नो अधिकारको सम्मान गर्न र केटीहरूलाई सार्वजनिक हाई स्कूलमा जान अनुमति दिनुपर्ने माग गर्दै पटक पटक सडक प्रदर्शन गरेका छन् ।

तालिबान लडाकुहरूले महिलाद्वारा आयोजित यस्ता केही विरोध प्रदर्शनहरू अवरुद्द पारेका छन् । सरकारले अनाधिकृत भेलाको समाचार बनाउने कुनैपनि पत्रकारहरूलाई गिरफ्तार गर्ने धम्की दिएको छ।

तर आन्दोलन गर्ने नेताहरूले उनीहरूका लडाकुहरूलाई कसैकोपनि हत्या गर्ने अधिकार नभएको कुरामा जोड दिंदै आएका छन् र त्यस्तो गर्ने जो कोहीमाथि कारबाही गर्ने वाचा गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक