शनिबार, वैशाख ८, २०८१

नेपालमा उनेको मखमली फूल बेल्जियम र जर्मनीको यात्रापछि फ्रान्समा

फोटो, आलेख-नेपालप्लस संवाददाता / पेरिस २०७८ कार्तिक २१ गते १८:०३

नेपालको मखमली फूलले युरोपको यात्रा गर्न थालेका छन् । अरु बेला खासै तिनले युरोप यात्रा गर्न पाउँदैनन् । तर नेपाली पर्व तिहारका बेला भने ति फूल युरोपका बजारसम्म आइपुग्छन् । बिभिन्न भन्सार कार्यालय, विमानस्थल पार गर्दै लामो विमान यात्रापछि युरोप आएका मखमली फूल नेपालीका घाँटीमा सजिन्छन् ।

यस पटक नेपालका केहि फूल नेपालबाट बेल्जियम हुँदै जर्मनी आएर फेरि रातभरको गाडी यात्रा पछि फ्रान्स आइपुगे । यसरि यात्रा गराउने थिए, जर्मनीको डर्टमन निवाशी, ध्रुव चालिसे ।

पेरिस निवाशी आफ्नी बहिनीसित तिहारको टिका लगाउन आउने तरखर गर्दै गर्दा उनलाई थाह भयो, पेरिसमा ताजा फूलका माला पाइँदैनन् । उता बेल्जियममा भने नेपाली समुदायले खोलेका पसलहरुला नेपाली पर्वमा चहैने सबै सामान पाइन्छ ।

हो, उनै ध्रुव चालिसेले बेल्जियमको पसलबाट मखमली फूलका २० वटा माला किने । बेल्जियममा किनेका माला गाडीमा राखेर जर्मनी पुर्‍याइयो । र जर्मनीबाट फेरि रातभरको यात्रा गरेर ति माला पेरिस ल्याइएको थियो ।

चालिसेका अनुसार बेल्जियममा नेपाली समुदाय ठूलो रहेकाले त्यहाँ नेपाली ग्राहकलाई लक्षित गरिएका पसलपनि छन् । तिनै पसलेले नेपालबाट कार्गो गरेर नेपाली समान ल्याउँछन् । ‘जर्मनीमा त्यस्तो माला नपाइने भएर बेल्जियमबाट ल्याएका हौं’ चालिसेले सुनाए ।

बेल्जियममा प्रति मालाको चार युरो लिने गरेका छन् । बेल्जियमका नेपाली दोकानमा दशैं, तिज, जनै पूर्णीमा, ल्होसार आदि सबैजसो पर्वका सामान पाइन्छ ।

नेपाली समुदाय बाक्लो रहेका देशमा नेपाली ग्राहकलाई लक्षित गरेर खोलिने यस्ता पसलहरु बेल्जियम, बेलायत, पोर्चुगल लागयतका देशमा छन् । बेल्जियमलाई त अझ केहि नेपालीले ‘मिनि नेपाल’ समेत भान्ने गर्छन् । किनबह्ने नेपालका हरेक चिज बेल्जियममा पाइन्छ ।

अन्य देशका नेपालीले भारतीय, वंगाली वा पाकिस्तानी पसलमा पाइने नेपालीसित मिल्दोजुल्दो सामान किनेर काम चलाउँछन् ।

तिहारको सप्तरंगी तिका पनि नेपालीले प्रयोग गरेकै जस्तो भारतीय पसलहरुमा नपाइने नेपालीहरु बताउँछन् । तर नेपालीले प्रयोग गर्ने जस्तै सामान नपाउनाले भारतीय, बंगाली, पाकिस्तानी पसलका काम चलाउ सामान प्रयोग गर्दै आएका छन् ।

“भारतीय दोकानमा रंगोली भनेर बेच्ने रङ पाइन्छ । हाम्रो भाईटिकैलागि चाहिने पाइन्न । बेल्जियममा सबै पाइने रैछ, अब सबैलाई सजिलो भयो” मिन सापकोटाले भनिन् ।

“हामीले प्लास्टिक वा कागजका माला भारतीय पसलबाट किनेर तिहारमा लगाइदिने गरेका थियौं । यो पटक बेल्जियमबाट तिहारका माला फ्रान्स आ इपुगे” पेरिस निवासी मिना सापकोटाले भनिन् “नेपालबाट बेल्जियम पुगेर यता फ्रान्स ल्याउँदापनि माला उस्तै देखिने रहेछन् । पहिले उनेर आखे ओइलाउने, भाइटिकाकै दिन उन्न नभ्याइने हुनाले भाररतीय दोकानका प्लास्टिकका माला लगाइदिन पर्थ्यो । यसपाली मखमली फूलकै माला पाइयो, असाध्यै मजा भयो” ।

यस वर्ष तिहारको तिको शनिवार परेकालेपनि धेरै नेपालीले तिहार मनाउन पाए । तिहारको तिकाकै दिन धेरैले भैलो देउसी खेले । नाचगान गरेर रमाए ।

तपाइँको प्रतिक्रिया

फेसबुक