शुक्रबार, वैशाख १४, २०८१

बोरिस जोनसनको सरकार भ्रष्टाचारका काण्डै काण्डमा : तर बेलायतीलाई बेवास्ता ?

जोआना योर्क २०७८ कार्तिक २१ गते २१:१५

Image Credit-wikipedia.org

बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकार अहिले भ्रस्टाचारको काण्डैकाण्डमा फसेको छ । जोनसनको सरकारले एक हप्ता भन्दा कम समयमा कन्जरभेटिभ पार्टीलाई फसाउने दोस्रो काण्डमा आइतवार विहान भ्रष्टाचारको नयाँ आरोप अस्वीकार गर्नुपर्‍यो । तर बेलायती जनताले खासै वास्ता गरे जस्तो देखिन्न । बेलायतीकालागि कुन अवस्थामा अति हुने हो ?

बेलायतका मतदाताहरू आइतवार बिहान प्रधानमन्त्री बोरिस जोनसनको सरकार विरुद्ध भ्रष्टाचारको नयाँ आरोप लागेको देखेर ब्युँझिए । किनभने अखबारको अनुसन्धानले कन्जरभेटिभ पार्टीका दाताहरूलाई हाउस अफ लर्ड्स (संसद) मा सिटहरू प्रस्ताव गरेको थियो ।

विगत दुई दशकहरूमा कुल १६ कन्जरभेटिभ कोषाध्यक्षहरू मध्ये १५ ले पार्टीलाई ३० लाख पाउण्ड भन्दा बढी दान गरेको सन्डे टाइम्सले रिपोर्ट गरेको छ । त्यसपछि संसदको उपल्लो सदनमा सीट प्रस्ताव गरिएको थियो ।

जवाफमा सरकारले नर्थ श्रोपशायरका पूर्व कन्जरभेटिभ सांसद ओवेन पायाटरसन संलग्न भएको “स्लीज स्क्यान्डल” भनिने काण्डमा मुछिएको एक हप्ता भन्दा कममा दोस्रो पटक भएको भनिएको भ्रष्टाचारको दावीलाई अस्वीकार गरेको छ ।

पाटेरसनले एक वर्षको एक लाख पाउण्ड शुल्कको लागि सल्लाहकारको रूपमा काम गरिरहेको दुई कम्पनीहरूको तर्फबाट बारम्बार सरकार र अधिकारीहरूलाई लबिङ गरेको गत हप्ता सरकारी निगरानी गर्ने संसदीय आयोगले पत्ता लगाएको थियो ।

सरकारी नियमहरू अन्तर्गत सशुल्क परामर्शलाई अनुमति दिइएको छ । रिपोर्टले संसदमा दुई कम्पनीहरूको तर्फबाट पाटेरसनको कार्यहरू “भुक्तानी वकालत (पेड एड्भोकेसी)” का रुपमा भएको फेला पारेको छ । तिमध्ये एउटा कम्पनी रेन्डक्सले सरकारबाट १३ करोड ३० लाख पाउण्डको कोरोना भाइरस परीक्षण सम्झौता हात पारेको थियो। ।

आधिकारिक रिपोर्टले पाटेरसनलाई दण्डको रूपमा ३० दिनको लागि संसदबाट निलम्बन गर्न सिफारिस गरेको थियो । तर त्यसलाई अलगू गराउन असामान्य अवस्था स्रिजना गराइयो । कन्जरभेटिभ पार्टीमा उनका साथी, समर्थक सांसदहरूले त्यसलाई अस्वीकार गरे ।

यसको सट्टा उनीहरूले संसदीय मापदण्डलाई पूर्ण रूपमा विनियमित गर्ने प्रक्रियालाई उल्टाउन मतदानको आयोजना गरे र बहुमत सांसदहरूले त्यसको पक्षमा मतदान गरे। भोटले पाटेरसनको निलम्बनलाई नयाँ प्रक्रियासहित अघि बढायो । त्यसको लागि सांसदले बीबीसीलाई भने “उनी प्रधानमन्त्रीप्रति कृतज्ञ थिए।”

संसदमा भएको मतदानले राजनीतिक र मिडिया बजारलाई हल्लाईदियो । लोकप्रिय ट्याब्लोइड डेली मेलले शीर्षक प्रकाशित गरेको छ “सांसदहरू फिर्ता हुनुपर्छ कि भनेर सोचमा डुबेका छन् ।” विपक्षी दलका नेता केयर स्टाररले सार्वजनिक रूपमा कन्जरभेटिभहरूमाथि भ्रष्टाचारको आरोप लगाएको द गार्डियनले उल्लेख गरेको छ ।

त्यसको एक दिनपछि अचम्मको यू-टर्न भयो । निर्णय उल्टियो । र पाटेरसनलाई राजीनामा दिन बाध्य पारियो । “यो राजनीतिज्ञहरू बीचको दिमाग परिवर्तन गर्ने बाह्य दबाबको अर्को रूपको कारण हुन सक्छ” म्यानचेस्टर विश्वविद्यालयका राजनीतिक विज्ञानका प्राध्यापक प्रोफेसर रोब फोर्डले फ्रान्स २४ लाई भने ।

फोर्ड भन्छन् “सांसदहरूले मलाई निर्वाचन क्षेत्रहरूद्वारा सम्पर्क गरिरहेछन् । तिनीहरू यसबारे साँच्चै पागल भइरहेका छन्” फोर्ड भन्छन् “हामीलाई थाहा छ कि बेलायतका जनताले वास्तवमा उनीहरूका राजनीतिज्ञहरूमा लुटपाट र भ्रष्टाचार मन पराउँदैनन् ।”

राजनीतिक अराजकता

सन् २०१९ मा सत्तामा आएदेखि बोरिस जोनसन र उनको सरकारलाई धेरै घोटालाहरू गरेको आरोप लागेका छन् जसले मतदाताहरूलाई उनको विरुद्धमा ल्याउनसक्छ । तर अहिलेसम्म कुनै पनि अपूरणीय क्षति भएको भने देखिँदैन ।

“यो सरकारलाई ‘शङ्काको फाइदा’ दिनु जनताको इच्छाको कारण हो”, फोर्ड भन्छन् । स्वास्थ्य संकटको कुब्यवस्थापन, कुप्रवन्धको आरोपपनि हो जसले बेलायतलाई युरोपमा सबैभन्दा बढी कोरोनाट मर्नेको संख्या एक लाख ४२ हजार बनायो । यसलाई अपवादात्मक परिस्थितिहरूमा राख्न सकिने भनाई उनको छ । फोर्ड थप्छन् “सफल खोप योजनाले सरकारलाई साँच्चिकै जनमतको हिसाबले बाहिर निस्किन मद्दत गर्यो”।

जोनसनको मौखिक गफहरू पनि जिम्मेवार छन् जसमा कथित रूपमा अक्टोबर २०२० मा भनेका थिए -अर्को तालाबन्दी गरेर आर्थिक अवस्था ध्वस्त पार्नुको सट्टा हजारौंको संख्यामा लाशहरू थुप्रोस् । “तर यसो भनेपनि उनी थाकेका थिए । उनी निराश थिए भन्ने तथ्यलाई कम महत्वमा राख्न सकिन्छ” फोर्ड भन्छन् “मानिसहरूले त्यससँगै सम्बन्धित छ भनेर हेर्ने छन् ।”

सरकारी मन्त्रीहरूबाट कोविड नियम तोड्ने काम भयो । पूर्व सल्लाहकार डोमिनिक कमिंग्सका घृणित खुलासाहरू जस्ता अन्य घोटालाहरूले पनि प्रधानमन्त्रीको प्रतिष्ठामा निजि प्रहार गर्न असफल भएका छन् । “यो आंशिक रूपमा हो किनभने त्यस्ता घटना बारम्बार हुन्छन्” फोर्ड भन्छन्।

तथापी यसले पार्टीको साखमा बदनामी संचय गरेर राख्ने प्रभाव पनि थप्न सक्छ जसले मतदाताहरूमा समयसँगै पार्टीप्रतिको विश्वास गुमाउँछ । “तर व्यक्तिगतरुपमा भएका स्क्यान्डलहरूले मतदाताहरूमा ठूलो प्रभाव पार्ने सम्भावना छैन” फोर्ड भन्छन् “तर काण्डनै काण्ड संचय भएर थुप्रिन सक्छ र त्यसले दिर्घकालमा प्रभाव पार्न सक्छ । यसले जनताको ध्यान तान्ने मुद्दा बनाउन सक्छ किनभने यसले बिस्तारै सार्वजनिक चेतनामा प्रवेश गर्छ ।”

प्रधानमन्त्री र उहाँको सरकारको वित्तमा भर्खरैको अनुसन्धान रिपोर्टहरू समावेश गरिएको छ – कन्जरभेटिभ दाताहरूले जोनसनलाई दुई लाख पाउण्ड सम्मको फ्ल्याट मरमत सम्भारको लागि भुक्तान गर्न मद्दत गरेका थिए । भित्तामा लगाइएको प्रति रोल ८४० पाउण्ड सुनको वालपेपर लगाउन उनकी पत्नी क्यारी जोनसनले छानेकि थिईन्।

नोभेम्बर ५ मा प्रधानमन्त्रीलाई फेरि एक पटक संसदीय मापदण्ड समितिमा रिपोर्ट गर्न भनिएको थियो । उनी र उनको परिवारले कन्जरभेटिभ पार्टीका पियर जाच गोल्डस्मिथ परिवारको स्वामित्वमा रहेको स्पेनिस भिलामा गर्मीमा लिएको छुट्टीको लागत खुलासा गर्न अस्वीकार गरे । त्यसपछि गत हप्ता उनको सरकारले लबिङबाट लाभ उठाउन र प्रक्रियामा संसदीय मापदण्ड समितिलाई भत्काउने प्रयास गरेकोमा सांसदलाई बहाना गरेको देखिन्छ ।

पाटेरसनले आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका थिए- “कुनै पनि गलत काम गरेको छैन । गलत काम गरेको देखिएपनि म पूर्ण रूपमा निर्दोष छु ।”

जोनसनले अझ धेरै छुट हुन पाउन सक्छन् । किनकि उनी फोर्डले भनेझैं एक राजनीतिज्ञ हुन् जसले नियमहरू पालन गर्दैन तर मतदाताहरूले खराब व्यवहारको निश्चित स्तरमा कारक बनाउँनेछन् । मतदाताले उनका यस्ता गलत चिज हिसाबकिताब गरेर राख्न सक्छन् । जोनसनलाई सन् २०१९ मा भोट गर्ने जो कोही पनि स्तब्ध हुनेछन् । “उनी राष्ट्रिय विषय, आर्थिक मामिलामा बेहोसी, बेवास्ता गर्ने रहेछन् भन्ने थाह पाउँदा उनका मतदाताहरु स्तब्ध हुनसक्छन्” फोर्डको भनाई छ ।

तर जोनसनको भाग्य सधैंभरि चम्किरहने सम्भावना छैन। आज विहानको खुलासा पछि प्रधानमन्त्रीको व्यक्तिगत लोकप्रियता र उनको मूल्याङ्कन रेकर्डको सबैभन्दा कम स्तरमा झरेको अब्जर्भर पत्रिकाको लागि एक मत सर्वेक्षणले देखाएको छ । यसैबीच लेबरमाथि कन्जरभेटिभको अग्रता एक प्रतिशत बिन्दुमा झरेको छ ।

बेलायतले सन् २०२४ सम्म अर्को आम चुनाव गराउनु पर्दैन । तर यी पछिल्ला घोटालाहरू कत्तिको हानिकारक छन् भन्ने प्रमाण स्थानीय चुनाव र त्यसअघिको उपचुनावमा देखापर्न सक्छ । यदि कन्जरभेटिभहरूले सुरक्षित सीटहरू गुमाउन थाले भने यो मतदाताहरू पर्याप्त जानकार भएको, सरकारका घोटालाहरुबाट चिढिएको संकेत हुनसक्छ ।

जनताको राय शासक पार्टीमा कहिले बदलिन्छ भनेर ठ्याक्कै भविष्यवाणी गर्न असम्भव छ । तर, फोर्ड भन्छन् “अरु ठूलो क्षती नगरेपनि पक्कै पनि यस किसिमको ब्यक्तिगत, पदिय घोटालाहरूले त्यो बिन्दुको आगमनलाइ रफ्तार पार्ने छ “।

(फ्रंस २४ मेडियाको आलेखलाई भावानुवाद गरिएको हो-संपादक)

तपाइँको प्रतिक्रिया