शुक्रबार, वैशाख १४, २०८१

जर्मनीमा कोरोना संक्रमण दर महामारी सुरु भएयताकै उच्च

नेपालप्लस संवाददाता / जर्मनी२०७८ कार्तिक २२ गते १८:२९

Image Credit-deutschland.de

जर्मनीमा कोरोना भाइरस संक्रमण दर महामारी सुरुवात भएदेखि नै उच्च स्तरमा पुगेको छ । सार्वजनिक स्वास्थ्य तथ्याङ्कहरूले सोमबार देखाएअनुसार आउँदो हप्ताहरूका लागि निर्धारित गरिसकिएका अपरेशनहरू स्थगित गर्नुपर्ने डाक्टरहरूले चेतावनी दिएका छन् ।

रोबर्ट कोच इन्स्टिच्युटको तथ्याङ्कले आजै सोमवार सार्वजनिक गरे अनुसार सात दिनको घटना दरले पछिल्लो हप्तामा प्रति एक लाखमा संक्रमित हुनेहरूको संख्या बढेर २०१ दशमलव १ पुगेको छ । गत वर्ष डिसेम्बरमा एक सय ९७ दशमलव ६ थियो । हाल अघिल्लो रेकर्डको तुलनामा बढी छ ।

अघिल्लो दिन ४७ लाख ६७ हजार ३३ जना कोरोनाबाट संक्रमित भएकोमा पछिल्लो दिन त्यसको संख्या बढेर ४७ लाख ८२ हजार पाँच सय ४६ पुगेको छ । मृत्यु हुनेको संख्या ३३ ले बढेर कुल ९६ हजार पाँच सय ५८ पुगेको छ ।

बाभेरिया राज्यका प्रमुख मार्कस सोडरले घटना दर ब्यापकरुपमा बढेपछि तिब्र संक्रमण दरलाई ध्यानमा राखेर थप यसबाट बच्न थप निर्णायक कार्य गर्न आह्वान गरेका छन् । “बृद्दबृद्दाहरूको घरमा अनिवार्य परीक्षण मात्रै गरेर सामान्य प्रयास मात्रै गर्नुको साटो त्यसभन्दा बढी र अझ प्रभावकारि प्रायास थाल्नु आवश्यक छ” उनले डचल्याण्डफुंक रेडियोलाई भनेका छन् ।

उनले परीक्षणहरू फेरि निःशुल्क प्रस्ताव गर्न, खोप केन्द्रहरू पुन: सक्रिय गर्न आव्हान गरेका छन् । त्यस्तै, राज्यहरू र संघीय सरकारलाई उनीहरूको रणनीतिहरू समन्वय गर्न आह्वान गरेका छन् ।

जर्मनीले मानिसहरूलाई खोप लिनकालागि प्रोत्साहित गर्ने नि:शुल्क परीक्षण रद्द गरेको छ ।

गम्भिर र आपतकालिन औषधिको लागि डिभी एसोसिएसनका वैज्ञानिक निर्देशक क्रिश्चियन कारागियानिडिसले आउँदो हप्ताहरूमा कोरोना भाइरसका घटनाहरूमा अपेक्षित वृद्धि हुनुको मतलब पूर्व निर्धारित अपरेशनहरू स्थगित गर्नुपर्ने बताएका छन् ।

“हामी आपतकालिन स्वास्थ्यहरूको बोझको सामना गर्न मात्रै सक्षम हुनेछौं । कतै ठाउँहरु खालि भए मात्रै नत्र कोरोनाका विरामीको उपचारबाहेक शल्यक्रियाहरु गर्न संभव हुने देखिन्न । तर क्यान्सरको शल्य चिकित्शा भने जारि राख्ने उनले आ उसबर्गेर आल्जेमेईन अखवारलाई बताएका छन् ।

जर्मनीले पहिले नै धेरै बोझ भएका क्षेत्रिय अस्पतालहरूबाट केही बिरामीहरूलाई सार्नु परेको छ ।

दैनिक अखवार डिय भेल्टले डिसेम्बरको शुरुमा गठबन्धन सरकार बनाउन कसरत गरिरहेका तीन जर्मन पार्टीहरूले सोमवार देशमा कोरोना भाईरस महामारीको चौथो छालसँग लड्न नयाँ प्रस्तावहरू प्रस्तुत गर्ने उल्लेख गरेको छ । तिनले कोरोना भाईरस निशुल्क परिक्षण फेरि लागू गर्ने बताइएको छ ।

तपाइँको प्रतिक्रिया