शनिबार, मंसिर १८, २०७८

ए भाई समाचार मिलाएर लेखिदिनु, राम्रो लेखिदिनु

थानेश्वर सापकोटा२०७८ कार्तिक २४ गते २१:१७

गिता प्रसाद खनाल डँडेल्धुराका प्रमुख जिल्ला अधिकारी थिए । यो पचासको दशकको कुरा हो । खनाल नियमित सरुवा प्रकृयाबाट सीडियो बनेका थिएनन् । जिल्लाका प्रहरी प्रमुखमा भक्तपुरका एक ब्यक्ति थिए, तिनको नाम सम्झनामा आएन । यि दुबै जना शेरबहादुर देउवाका भित्रिया भने पनि हुने । त्यसैले यिनिहरु डँडेल्धुरामा थिए । देशको प्रधानमन्त्री भइसकेको ब्यक्तिले यत्तिका विश्वासपात्र आफ्नो जिल्लामा राख्नु स्वभाविक पनि थियो होला सायद । देशको शासन आफ्नो हातमा ल्याइपुर्‍याएका देउवाले जिल्लाको हुकुमतलाई मुठ्ठीमा राख्न खोज्नु मनासिव नै होला । चारैतिर किल्ला बनाएर आफु सुरक्षित रहने तरिका धेरै पुरानो हो- देउवा चुक्ने कुरै थिएन ।

फेरी चुनावको रन्को चलेको थियो र उनलाई जसरी पनि जित्नैपर्ने थियो । तर त्यही समय देउवा कस्ता भएका थिए भने गिरिजा प्रसाद कोइरालाले उनलाई आरामसँग पचाउन सकेका थिएनन् । चुनावमा विपक्षी पार्टीहरुको भन्दा बढी डर गिरिजा प्रसाद कोइरालाको थियो । तारिणी दत्त चटौत गिरिजा प्रसाद कोइरालाका लागि खुन पसिना बगाउन तयार थिए । यदि सुदुर पश्चिममा शेरबहादुर देउवालाई कसैगरी चुनावमा पराजित गर्न सकियो भने त्यताको कांग्रेस राजनितीमा आफु सर्वमान्य हुने लालच चटौतमा पलाएको थियो । केन्द्रमा भने देउवाले गिरिजा प्रसादको कुर्सी समातेर हल्लाउन शुरु गरेका थिए । त्यसैले चटौतको लालचलाई कोइरालाले जुनसुकै बेला पनि प्रयोग गर्न सक्दथे । यो सबै बुझेका देउवालाई सबैभन्दा धेरै मत ल्याएर जित्नु पर्ने दवाव थियो र कोइरालालाई भन्नु पर्ने थियो- “मिस्टर कोइराला अब हेर्दै गर बढ्दै गरेको मेरो सौर्य” ।

मैले हरेक पटक, पटक पटक राम्रो सँग समाचार लेखिदिएँ । मिलाएर समाचार लेखें । तर खै त शेरबहादुर देउवाले देशलाई मिलाएर चलाएको ? खै त देश बनाएको ? प्रधानमन्त्री ज्यु घर त कमिलाले पनि बनाउँछ । आफ्नो लागि दरवार बनाएर के गर्व गर्नु र खै ।

म हिमालय टाइम्स दैनिकको पत्रकार । नवलपरासीमा राजनीति गर्ने बाटो आफैं भत्काएर म लुसुक्क राजाधानी छिरेको थिएँ । तर पनि नेपाली कांग्रेसको राजनीति मेरो दिमागबाट उत्रिएको थिएन । गिरिजा प्रसाद, शेरबहादुर र कृष्ण प्रसाद मेरा हिरो थिए । सामान्य कार्यक्रममा भेटेर जयनेपाल ठोक्नु र अलिकती गफ गर्नु बाहेक म उनिहरु सँग हजार कीमी टाढा थिएँ । अझ देउवाको बारेमा कस्तो धारणा बनेको थियो भने देशको उन्नतीको ताला यिनैले मात्र खोल्न सक्छन । केही समय भ्रममा बाँच्नु पनि कती मिठो हुने रहेछ भन्ने कुरा मैले त्यतिबेला बुझें । तर अचम्मसँग भ्रम सकिने बित्तिकै मिठास पनि सकिंदो रहेछ । शिलशिलेवार रुपमा दिमागमा बसेको भ्रमकै तहत चुनावी रिपोर्टिङका लागि म डँडेलधुराको सदरमुकाम पुगेको थिएँ । भोलिपल्ट शेरबहादुर देउवा आउँदै थिए । मलाई मेरो पत्रीकाले दिएको काम अनुसार म कम्तिमा ६ दिनसम्म देउवासँगै घुम्नुपर्ने थियो र हरेक चुनावी सभाका समाचार तात्तातै फ्याक्स गर्नुपर्ने थियो ।

म सदरमुकाम उत्रिंदा दिन ढल्किसकेको थियो । सदरमुकाममा उखर्माउलोसँग धुलो उडेको छ । धुलोका कारण तलतिरको जंगल धमिलो देखियो । मलाई ति बिरुवाले सास फेर्न नसकेको दृश्य हेर्न मन लागेन । रेखा कोरेजस्तो एउटा बाटो घुमाउरो गरेर माथि सम्म तन्किएको छ । बाटोको दुबैतिर ससाना पसलहरु छन र तिनलाई समेत धुलोले छोपेको छ । धेरैबेर सोधपुछ गरेपछी बल्ल एक जना स्थानिय पत्रकार भेट भए । तिनले भनेपछी मात्र मलाई थाहा भयो, आजै दिउँसो आयातित र स्थानिय गरेर लगभग पाँच सय लिटर रक्सी प्रहरिले नष्ट गरेको रहेछ । बजार नजिकैको भिरमा रक्सीको सानोतिनो खोलो नै बगेको थियो रे ! हामीले पछी एक थुप्रो रक्सीका खाली सिसी देख्यौं । रक्सीको खोलो चुनावी रणनिती थियो देउवाको । रक्सीले आक्रान्त परेको गाउँले जमातको भोट् सोहर्ने उद्देश्यले डीएसपीकै अग्रसरतामा बजारका इत्रुका दोकानबाट समेत खोजी खोजी रक्सी जफत भएको थियो । कतै लुकेर रक्सी खाएकाहरु भेटिए भने प्रहरिको भाटे कारवाहीमा पर्दथे । प्रहरी प्रशासनले रक्सी माथिको प्रतिवन्धले बजार र गाउँमा समेत अमनचयन कायम भएको, हुर्कदै गरेको युवा पिंढी कुलतमा लाग्नबाट जोगिएको, महिलाहरु सुरक्षित भएको भन्ने कुरा जोडले प्रचार गरिरहेको थियो । तर यथार्थ भने अर्कै थियो, रक्सीजन्य पदार्थको गतिलो ब्यवस्थापन नहुँदा पर्ने क्षतिका बारेमा कतै भनिएको थिएन । दैनिक केही सय लिटर रक्सी भिरबाट गुल्ट्याइन्थ्यो ।

बेलुका प्रमुख जिल्ला अधिकारी गिता प्रसाद खनालले उनको सरकारी निवासमा स्वागत गरे । ति सरल त थिएनन् । तर फरासिला थिए । डिएसपी भने अली फुलेका तर म देउवा नजिकको पत्रकार भनेपछी खातिरदारी नै गरे । भोलीपल्ट देउवा आएपछी उनले मेरो सोधखोज गरेछन्- “काठमाडौंबाट आएको पत्रकार खोइ ?” । बजार मुन्तिरको टुँडिखेलमा तिनको स्वागत सकिए पछी सिडिओको निवासमा भेटें । धेरी अघी पञ्चायतको पछिल्लो समयमा राजा विरेन्द्रले देश दौडाहा गरेका थिए । नवलपरासीको सदरमुकाम परासी बजार आउने अघिल्लो दिन हामी केही स्काउटमा आवद्द विद्यार्थीहरु परासी बजार पुग्दा बजारको हुलिया परिवर्तन भएको थियो । ठाउँ ठाउँमा विभिन्न आकर्षक गेटहरु बनेका थिए । सडकका किनारमा फूल पताका फहराइएका थिए । बजार रातारात फेरिएको थियो ।

भोलिपल्ट बडेमानको मन्चमा राखिएको आकर्षक मखमलको सोफामा राजा विरेन्द्र बसेका थिए । मलाई डँडेलधुरा त्यो बेलाको परासी बजार जस्तै लाग्यो । तलको बसपार्क देखी माथि अमरगढीसम्मै बजार फेरिएको थियो । शेरबहादुर देउवा उसरी नै विरेन्द्र जस्तै सिडियोको सरकारी निवासमा मखमलको सोफा माथि बसेर मुस्कुराइरहेको थिए । पछी मसँग एक्कै छिन बोले- “ए भाई, राम्रोसँग समाचार लेखिदिनु, मिलाएर लेखिदिनु” ।

मलाई राजाको रिपोर्टिङ गर्न मन लागेन । भोलिपल्ट विहानै देउवाका चुनावी सभाहरु छोडेर दार्चुला हिडें । अली पछी गिता प्रसाद खनाल काठमाडौंमा भेटिए । “तपाईं त सुटुक्कै हिंड्नु भएछ” । अँ शेरबहादुर देउवा राजा बन्दै गरेको एउटा प्रकृया हेरेर हिडें । मलाई खासमा राजाको पत्रकार बन्न मन लागेन सर- मैले भनें ।

म हिजो मात्रै देउवा जन्मेको असिग्राम गाउँ हेर्न पुगेको थिएँ । गाउँ हेरेपछी सोचेँ, यो ठाउँमा जन्मेको मान्छे देशको प्रधानमन्त्री हुनसक्छ भने दुनियाँमा हुननसक्ने कुरै छैन । जे पनि हुनसक्छ । असम्भव भन्ने शब्द नै छैन । आज सिडियोको निवासमा बसेर देउवाको चम्किलो अनुहार हेरिरहँदा बरु यस्तो लाग्यो, देउवा प्रधानमन्त्री मात्र होइन राजा भइसकेछन् । अर्को एक दिन अमरगढिमा बसेपछी देउवाको लावालस्करको पछी लागेर म पनि हिडें ।

बिचबिचमा सभाहरुलाई सम्बोधन गर्दै दिन ढल्किनै लाग्दा हामी एउटा भतेरमा पुगेका थियौं । खलंगामा हरेक दिन सयौं लिटर रक्सी पोखिन्थ्यो । तर भतेरमा रक्सी चलेको थियो । खानेपिउनेहरु मस्तराम- लोकल रक्सी । अली माथिल्ला स्तरका रक्सीहरु त्यही स्तरका मान्छेहरुका लागि प्रहरीले आफैं बोकेर लागेका थिए । मलाई यो देउवाको चुनाव अभियान नभएर कसैको जन्ती गएजस्तो लाग्यो । त्यो भोज, सरकारी मान्छेहरुको लस्कर, गरिव जिल्लाबासीहरुले आफ्ना करेसाबाट चुँडेर ल्याएको फूलको वर्षा, डिएसपी आफैंले उचालेर लागेका स्कच ह्विस्कीका बोतल मेरो लागि उदेक लाग्दो थियो ।

मलाई राजाको रिपोर्टिङ गर्न मन लागेन । भोलिपल्ट विहानै देउवाका चुनावी सभाहरु छोडेर दार्चुला हिडें । अली पछी गिता प्रसाद खनाल काठमाडौंमा भेटिए । “तपाईं त सुटुक्कै हिंड्नु भएछ” । अँ शेरबहादुर देउवा राजा बन्दै गरेको एउटा प्रकृया हेरेर हिडें । मलाई खासमा राजाको पत्रकार बन्न मन लागेन सर- मैले भनें । उनी बोलेनन् । त्यही दिन डडेलधुराको सदरमुकाम मुन्तिर असिग्राम गाउँ पुग्दा देउवा प्रती उचालिएको विश्वास एकै दिनमा गर्ल्यामगुर्लुम ढलेको थियो । कुनै मान्छेले कसरी आफ्नो धरातल बिर्सिन सक्दछ । असिग्राम गाउँ किन सम्झनामा आउँदैन होला ? किन कुनै नेता सधैं आफूलाई राजा भएको हेर्न चाहन्छ ?

पत्रीकाको जागिरे हुँदा देउवासँग सयौं पटक भेट भयो । कुराकानी पनि भयो । मैले हरेक पटक, पटक पटक राम्रो सँग समाचार लेखिदिएँ । मिलाएर समाचार लेखें । तर खै त शेरबहादुर देउवाले देशलाई मिलाएर चलाएको ? खै त देश बनाएको ? प्रधानमन्त्री ज्यु घर त कमिलाले पनि बनाउँछ । आफ्नो लागि दरवार बनाएर के गर्व गर्नु र खै । शौकतको जिन्दगी बाँचेर मर्न नपर्ने भए अर्कै कुरा हुन्थ्यो । मरिसकेपछी ईतिहासले बोल्नसक्ने कुरा छोड्नुपर्ने हुन्छ । तपाईंले के छोड्नुहुन्छ ? सालाखाला ३० वर्ष नेपालको राजनीतिमा तपाईंले खेलेका हरेक कुटिल चालले तपाईंको नाउँ घटेको छ, गाउँ घटेको छ । झलक्क हेर्दा तपाईं राजा बन्नु भयो । तर पछील्ला दशकको पुरै ईतिहासलाई दुर्गान्धित बनाउनुभयो ।

तपाइँको प्रतिक्रिया

फेसबुक