बुधबार, वैशाख १२, २०८१

आफ्नै सहकर्मीमाथि आक्रमण गरेपछि फ्रान्सेली महिला फुटवल खेलाडी पक्राउ

नेपालप्लस संवाददाता२०७८ कार्तिक २४ गते २२:१०

दाहिनेतिरकी आमिनाता दियालो र हमराउई । फोटो- ला लिब्र बिई

पेरिस सेन्ट जर्मेन (पिएसजी) की महिला फूटबल खेलाडी अमिनाता डियालोलाई गत साता आफ्ना सहकर्मीमाथि आक्रमण गरेको आरोपमा फ्रान्समा पक्राउ गरिएको छ ।

डियालोलाई अनुसन्धान गर्न भन्दै आजै वुधवार पक्राउ गरेर प्रहरी हिरासतमा लिइएको हो । पिएसजी क्लबले तथ्यहरू स्पष्ट गर्न भसाई दरवार भएको शहरको प्रहरीसँग मिलेर काम गर्ने बताएको छ ।

उनको अन्तर्राष्ट्रिय खेलाका लागि टोली साथी खेइरा हमरौईलाई नोभेम्बर ४ मा डायलो र अर्को टोलीका साथीसँग साँझ बाहिर आएपछि आक्रमण गरिएको थियो ।

फ्रान्सेली मिडियाका अनुसार डायलोले उनीहरूलाई घर फर्काएपछि समूहमा मास्क लगाएका धेरै व्यक्तिहरूले आक्रमण गरेका थिए ।

खेलकुद अखवार लेकिपका अनुसार हामराउईलाई धातुको पट्टीले धेरै चोटि प्रहार गरिएको थियो । गम्भिर चोट लागेकाले उनको हात र खुट्टामा टाँका लगाईएको थियो । डायलोलाई आक्रमणकारीहरूले नियन्त्रणमा लिएका थिए । तर ड्यालोलाई भने शारीरिक रूपमा दुर्व्यवहार नगरेको बताएका छन् ।

“पेरिस सेन्ट-जर्मेनले हिंसालाई कडा भन्दा कडा शब्दमा निन्दा गर्दछ” क्लबले बुधवार एक विज्ञप्ति जारि गर्दै भनेको छ।

“क्लबले कार्यवाहीको बारेमा राम्ररी ध्यान दिइरहेको छ । कस्तो कारबाही गर्ने भनेर अध्ययन गर्ने छ” पीएसजीले उल्लेख गरेको छ ।

२६ वर्षीय डायलो र ३१ वर्षीय हमराउई फ्रान्सको राष्ट्रिय महिला टोलीका मिडफिल्डर र टोलीका साथी हुन् ।

डियालोले मंगलबारको युइएफए महिला च्याम्पियन्स लिगको खेल रियल म्याड्रिड विरुद्ध हमराउईको सट्टामा खेलेकि थिईन् । हमराउई व्यक्तिगत कारणहरू देखाउँदै अनुपस्थित भएकि थिईन् ।

स्पेनिस क्लबसँग च्याम्पियन्स लिग उपाधि जितेर बार्सिलोनाबाट हमरोई यस गर्मी याममा पीएसजीमै फर्किएकि थिईन् ।

तपाइँको प्रतिक्रिया