शुक्रबार, वैशाख १४, २०८१

रेलको ढोका नलागेर यात्रुको खुट्टा चेपिएकोमा रेल यात्रुलाई १० लाख युरो

नेपालप्लस संवाददाता२०७८ कार्तिक २५ गते १:१३

फ्रान्सको राष्ट्रिय रेलवे कम्पनी एसएनसिएफलाई रेलको ढोका अकस्मात खुल्दा र तत्कालै बन्द हुँदा एक महिलाको खुट्टा च्यापिएर दुर्घटना भएपछि १० लाख युरो भन्दा बढी तिर्न भनिएको छ । रेलको ढोका अकस्मात खुलेर तत्कालै बन्द हुँदा खुट्टा च्यापिएर पछि काट्नुपरेकाले उक्त रकम क्षतीपूर्ति स्वरुप तिर्न आदेश दिईएको हो ।

सन् २००८ मा भएको दुर्घटनाको फैसला पेरिसको पुनरावेदन अदालतले हाल गरेको हो । फ्रान्सको युरो न्युजका अनुसार अदालतले यो दूर्घटनामा एसएनसिएफलाई कम्तिमा ३० प्रतिशत जिम्मेवार भएको फैसलामा उल्लेख गरेको छ ।

“महिलाले १३ वर्षको कानुनी लडाइ गरेपछि बल्ल क्षतिपूर्ति पाएकि छन् । यो घटनाले रेकर्डनै बनाएको छ” वकिलहरूको भनाई उल्लेख गर्दै युरो न्युजमा छ ।

महिला यात्रु फ्रान्सको राजधानी स्थित गार दु नोर्डमा रेल चढेर बोलोग्ने-सुर-मेर तर्फ जाँदै गरेको रेलमा गल्तीले चढेकि थिईन् । ख्रेई भन्ने ठाउँमा उत्रिन खोजेकि थिईन् । बिच बाटोमै प्राविधिक गल्तिले रेलको ढोका अकस्मात खुल्दा उनको खुट्टा चेपिएको थियो ।

रेलको अक्स्मात ढोका खुल्दा उनी बाहिर निस्किन खोजिन् तर फेरि तत्कालै ढोका बन्द भएकोले उनको गोडा चेप्पियो र उनी घाइते बनिन् । दायाँ खुट्टामा लागेको घाउको उपचार गर्न अस्पताल लगेपछि चिकित्सकहरुले महिलाको घुँडा मुन्तिरको भाग काट्नुपर्ने बताए ।

गोडामा संक्रमणका कारण घाइते महिलाको अवस्था पनि बिग्रिएको पेरिस अदालतले गत हप्ता आफ्नो फैसलामा उल्लेख गरेको छ ।

राज्यको स्वामित्वमा रहेको एसएनसिएफ रेल कम्पनीलाई पीडितलाई कम्तिमा ११ लाख ३० हजार युरो र वाज क्षेत्रको स्वास्थ्य बीमामा लगभग ६ लाख युरो तिर्न आदेश दिइएको थियो ।

पिडितका वकिलहरु मध्ये एक मेहाना मोहौले यस प्रकारको क्षतिपूर्ति पहिलो रेकर्ड भएको मेडियाहरुलाई बताएकि छन् । वकिलहरुले महिलाको पीडा र उनको अपांगताको मूल्य तिर्नुपर्ने भन्दै बहस गरेको बताएका छन् ।

सन् २०१९ को जुनमा फ्रान्सको तल्लो अदालतले रेलवे कम्पनीलाई २० लाख युरो तिर्न आदेश दिएपछि रेल्वे कम्पनीले माथिल्लो अदालतमा अपिल गरेको थियो । माथिल्लो अदालतले हाल ११ लाख तिस हजार तिर्नुपर्ने फैसला गरेको हो ।

अदालतले सार्वजनिक गरेको सूचनामा महिलाको नाम भने सार्वजनिक गरेको छैन ।

तपाइँको प्रतिक्रिया