शनिबार, मंसिर १८, २०७८

कोदोको दानाले कसरि संसारको सबैभन्दा रहस्यमय भाषाको जन्म दियो ?

ट्रान्सयुरेशियन भाषाहरू ९००० वर्ष पहिले चीनमा देखापर्‍यो- नयाँ अध्ययन

माईकल प्राईस२०७८ कार्तिक २५ गते २०:३३

कोदोको सानो दानाले पृथ्वीमा सबैभन्दा रहस्यमय र व्यापक भाषा परिवारहरू मध्ये एकलाई जन्म दिएको हुनसक्छ । एसियाभरका करिब एक दर्जन देशहरूबाट भाषिक, पुरातात्विक र आनुवंशिक प्रमाणहरूको अहिलेसम्मको सबैभन्दा ठूलो अध्ययनले त्यहि देखाएको छ । ट्रान्सयुरेशियन भाषा (कहिलेकाहीं अल्टाइक भनेर चिनिन्छ) मा साइबेरिया, मंगोलिया, मध्य एशिया, र सम्भवतः जापान र कोरियाली प्रायद्वीपका भाषाहरू समावेश छन् । नयाँ अध्ययनले ९००० वर्ष पहिले उत्तरपूर्वी चीनमा ति सबै एकै भाषिक परिवार वा समुहको रुपमा उत्पत्ति भएको र कृषिको विस्तारसँगै ति भाषा विस्तार भएको देखाएको छ ।

“यो विश्वासयोग्य छ” अष्ट्रेलियन नेसनल युनिभर्सिटीका पुरातत्वविद पिटर बेलवुड भन्छन् । तर यस अध्ययनमा उनी भने संलग्न थिएनन् । “भाषाहरू एक्लै हराएर मात्र जाँदैनन्, तिनीहरू विस्तार पनि हुन्छन् । किनभने ती भाषा बोल्ने मानिसहरू यताउति फलिएसँगै भाषापनि फैलिन्छन् । भाषा विस्तारको एउटा बलियो कारण कृषि हो” उनी भन्छन् ।

तथाकथित ट्रान्सयुरेसियन भाषाहरूको उत्पत्तिको गणना हेर्दा लगभग ८० भाषा छन् भन्ने विश्वास गरिएको छ । हाल त्यसैमा चर्को बहस भइरहेको छ । केही भाषाविद्हरूको विश्वासमा तिनीहरू एउटै स्रोतबाट फैलिएका हुन् । तर अन्य भाषाविदको भनाईमा पुरातन भाषाहरू बीचको व्यापक स्थानान्तरणले टर्कीदेखि टुंगुसिकसम्म धेरै भाषाहरूको निश्चित ध्वनिहरू, बनावट र व्याकरणीय विशेषताहरू सामान्य छन् भनेर बताउँछ । केही अन्वेषकहरूले मध्य एशियामा घुमन्ते गोठालाहरूबाट करिब ५००० वर्ष पहिले परिवारको उदय भएको सुझाव दिएका थिए । र ति गोठालासँगै ति भाषाहरु छरिएका थिए ।

मानव इतिहास विज्ञानको अध्ययन गर्ने म्याक्स प्लान्क इन्स्टिच्युटका पुरातत्वविद मार्टिन रोबिट्सले लामो समयदेखि ट्रान्सयुरेशियन भाषाहरू एउटै परिवारको हो भन्ने विश्वास गरेका छन् । नयाँ प्रमाण ल्याउनका लागि उनले चीन, जापान, रूस र दक्षिण कोरियाका भाषाविद, पुरातत्वविद र आनुवंशिकविदहरूसँग मिलेर यूरेशियाभरका भाषाहरूका लागि व्यापक भाषिक परिवारको समुह निर्माण गरे । तिनीहरूले ‘खेतबारी (फिल्ड)’, ‘सुँगुर’ र ‘घर’ जस्ता आधारभूत वस्तुहरूका लागि शब्दहरू छाने । ति शब्द किसानहरुले प्रयोग गर्थे र खासगरि क्रिषी क्षेत्रमा प्रयोग गरिन्थ्यो । संस्कृति-रहित वा संस्क्रितिसित संवन्धित नभएका शब्दहरु छानेर ति शब्दावलीलाई रोबिट्सले बोलाउने कुरा, शब्दहरुमा ध्यान केन्द्रित गरे । अर्थात् ति शब्द बोलाउँदा वा एक आपसमा सन्चार, कुराकानी गर्न कसरि प्रयोग गरिन्छ भन्ने अध्ययन गरे ।

टोलीले त्यस्ता आधारभूत शब्दहरू र आवाजमा ज्ञात भएका ऐतिहासिक परिवर्तनहरू बीचमापनि के के समानताहरू छन् भनेर प्रयोग गर्‍यो । एउटा पुर्खाको भाषा, प्रोटो-ट्रान्स्युरेशियनलाई पुनर्निर्माण गर्नका लागि त्यसो गरिएको थियो । अर्थात् पूर्खाको भाषाको बनोट र अर्थ पत्ता लगाउने कोसिस गरियो । तिनीहरूको मुल पारिवारिक रूख वा जरो लगभग ९२०० वर्ष अघि विकास भएको थियो । ब्रूमकोर्न मिलिएट (कोदो) भनेर चिनिने अन्नसँग सम्बन्धित दर्जनौं शब्दहरू सामुहिक रुपमा वा साझा उत्पत्ति भएको सुझाव अनुसन्धानबाट पतत लाग्यो । कोदोसित संवन्धित थुप्रै शब्द तिनले प्रयोग गरेको पत्ता लाग्यो । ” त्यो भाषिक बनावट, ति भाषिक शब्दले हामीलाई प्रोटो-ट्रान्स्युरेशियनका मानिसहरू थिए भन्ने बताउँछ । ति किसानहरू सम्भवत कोदोमा केन्द्रित थिए” रोबिट्स भन्छन् ।

अर्को, पुरातत्वविदहरूले लगभग ८५०० देखि २००० वर्ष पहिलेको मध्य र पूर्वी एशियाका २५५ क्षेत्रहरूबाट तथ्यांक जाँच गरे । यसअघिको अनुसन्धानले चीनको लियाओ नदी उपत्यकामा कम्तिमा ६००० वर्षअघि पूर्ण रूपमा घरेलु कोदोको उत्पादन भएको पत्ता लगाएको थियो । अन्वेषकहरूले नजिकैका क्षेत्रहरूमा माटोको गूण, ढाँचा, प्रकार, गाड्ने शैलीहरू र एउटै घरपालुवा बिरुवाहरूको प्रयोगमा समानताहरू छन्, ति समयसँगैसँगै कसरि मिले भनेर अध्ययन गरे । त्यो अध्ययन गर्दा भाषाकोपनि गरियो । तिनीहरूले यी सांस्कृतिक गतिबिधी, चालचलनको फैलावटलाई पछ्याएर अध्ययन गरे । किनकि सांस्क्रितिक अध्ययनलेपनि भाषाको निकटता, उत्पत्ती जान सहयोग गर्छ । जब तिनीहरू लियाओ नदी उपत्यकाबाट बाहिर निस्किए समयसँगै अन्य संस्कृतिहरूबाट ति छुट्टिए । फेरि अर्को संस्क्रितिमा मिसिए । ति समान संस्क्रिति बोकेकाहरुमा गएर मिसिए वा मिसिएनन् भनेर अध्ययन गरे । अध्ययनबाट त्यो फैलिएको भाषा प्रोटो-ट्रान्स्युरेशियन भाषाको फैलावटसँग लगभग मेल खाएको देखियो ।

अन्तमा, आनुवंशिकविद्हरूले अहिले साइबेरिया, मंगोलिया, चीन, दक्षिण कोरिया, जापान र ताइवानमा ३०० र ९००० वर्ष पहिले बस्ने २३ व्यक्तिहरूको डीएनए विश्लेषण गरे । तिनीहरूले ती व्यक्तिहरू एकअर्कासँग कसरि संवन्धित छन् भनेर भविष्यवाणी गर्न कम्प्युटर प्रणालीको अध्ययन प्रयोग गरे । र तिनले २००० आधुनिक मानिसहरू जसको जीनोम (जिन समावेश भएको जिवित कोषमा रहने केन्द्रिय रेशा) हरू आनुवंशिक डाटाबेसमा राखेका छन् । तिनले अध्ययन गर्दा पतत लागेको प्रमाणका तीन अंशहरूले आधुनिक वा वर्तमान युगमा बोलिने जापानी, कोरियाली, टुङ्गुसिक, मङ्गोलिक र टर्किक भाषाहरू बोल्नेहरूको पूर्वज साझा थिए भन्ने सुझाव दिन्छ । लगभग ९००० वर्ष पहिले लिआओ नदी उपत्यकामा बस्ने किसानहरूबाट यो प्रमाण मिल्ने शोधकर्ताहरूले द नेचर म्यागाजिनमा लेखेका छन् ।

समय बित्दै जाँदा पुरातन कृषकहरू कोदो उब्जाउनमा सफल हुँदै गए । कोदो उत्पादन ब्यापक हुँदै गयो । र ति किसानहरूको जनसंख्या विस्तार भयो । कोदो मुल क्रिषी भएकाले तिनको धेरै शब्द त्यसैमा केन्द्रित भयो । रोबिट्स भन्छन् “तिनीहरूको भाषा संसारमा फैलिँदै गयो । अन्ततः तिनीहरूको जनसंख्या विभाजित भयो र यूरेशियामा अन्य समूहहरूसँग विलय भयो । फरक भाषाहरू र संस्कृतिहरू विकास गर्दै ति विलय भए । तर अझै पनि चिन्न सकिने भाषिक मेरुदण्ड भने कायम छ ।”

पुरातन पूर्वी एसियाली जनसंख्याको आनुवंशिक इतिहासको अध्ययन गर्ने रिचमण्ड विश्वविद्यालयकी आनुवंशिकविद मेलिन्डा याङले अनुसन्धानकर्ताहरूले नमूना लिएका प्राचीन व्यक्तिहरू बीचको सम्बन्ध कसरी गणना गरे भन्ने बारे थप जानकारी जान्न चाहेकि छन् । यो भाषाविज्ञान, पुरातत्व र पुरातन डीएनएबाट प्राप्त डाटासँग प्रायः सहमत देखिने भनाई याङको छ ।

(साईन्स मेगाजिनको १० नोभेम्वरमा प्रकाशित अंग्रेजी भाषाको आलेखलाई नेपालप्लसले नेपालीमा भावानुवाद गरेको हो-सं)

तपाइँको प्रतिक्रिया

फेसबुक