शुक्रबार, चैत १६, २०८०

जर्मनीमा कोरोना संक्रमण बढ्नुका यि हुन् पाँच प्रमुख कारण

नेपालप्लस संवाददाता / जर्मनी२०७८ कार्तिक २६ गते ६:४१

Photo- The Pharma letter

सोमवारको तथ्यांक अनुसार जर्मनीमा एकै दिन ५० हहार ब्यक्तिमा कोरोना संक्रमण भएको छ । युरोपमा सबैभन्दा बढी कोरोना संक्रमण हुने देश अहिले जर्मनी बनेको छ । जर्मनीले आफ्नो जनसङ्ख्याको दुई तिहाइ खोप लगाए पनि चौथो कोभिड-१९ को लहरको सामना गरिरहेको छ । त्यसका कारण यि हुन्-

जर्मनीले बिहीवार आश्चर्यजनक रुपमा ५०,१९६ नयाँ ब्यक्तिमा कोरोना संक्रमण भएको गणना गर्‍यो । यो महामारी सुरु भएदेखिको सबैभन्दा उच्च दर हो । बहुसंख्यक जनसंख्याले खोपका दुबै मात्रा लगाए पनि जर्मनीले कोरोनाको डरलाग्दो लहरसित लडिरहेको छ ।

पर्याप्त खोप नलगाउनुको प्रभाव

जर्मनीमा लगभग ६७ प्रतिशत मानिसहरूले कोरोना भाईरस विरुद्ध पूर्ण रूपमा खोप लगाएका छन् । तर विज्ञहरूले यो संख्या भाइरसलाई नियन्त्रणमा राख्नको लागि पर्याप्त मात्रा नभएको खोप अभियान शुरु भएदेखिनै चेतावनी दिंदै आएका हुन् ।

“हाम्रो खोप दर अझै पनि जर्मन जनसंख्याको ७५ प्रतिशत भन्दा कम छ” जर्मन सोसाइटी फर इम्युनोलोजीका अध्यक्ष डा क्रिस्टिन फाल्कले भनेकि छन् “सामाजिक दूरी कायम नगरेको, मानिस मानिसबिच धेरै सम्पर्क भएकोले भाइरस खोप नगरिएका मानिसको बीचमा मात्रै फैलिन सहज बनिरहेको छ ।”

रोबर्ट कोच इन्स्टिच्युटका अनुसार १८ देखि ५९ वर्षका खोप नलगाएका कोरोना संक्रमित बिरामीहरू अस्पतालमा भर्ना हुने घटना हाल खोप लगाइएकाहरूको तुलनामा चार गुणा बढी छ । ६० भन्दा माथिका बिरामीहरू लगभग छ गुणा बढी छन् ।

घट्दो रोग प्रतिरोधात्मक क्षमता

खोपले कोरोना लागेपनि गम्भीर हुनबाट र मृत्युको जोखिमलाई कम गर्छ । तिनीहरूले संक्रमणबाट पूर्ण रूपमा सुरक्षा त गर्दैनन् । बरु बढ्दो संक्रमण संख्यासँगै खोप लगाइएका व्यक्तिहरूमापनि कोरोना भाईरस हुने जोखिम बढ्छ ।

“संक्रमितको बढ्दो संख्याले गर्दा खोप लगाइएका व्यक्तिहरूमा पनि संक्रमणको दबाब बढाउँदैछ । तर संक्रमण धेरै हुने क्रम भने कम छ” डा फ्रान्क भन्छिन् ।

खोप लगाइएकाहरू जो उच्च जोखिमको संभावनामा छन् ति कमजोर प्रतिरक्षा प्रणाली भएका वृद्धहरू हुन् । विशेष गरी यदि उनीहरूले कोरोना खोपको दोस्रो मात्रा लगाएको केहि समय भैसकेको छ भने त्यो जोखिम रहन्छ । जर्मनीले पूर्ण खोप लगाएको छ महिना भन्दा बढी भएकालाई तेस्रो खोप (बुस्टर शट) दिइरहेको छ ।

फितलो प्रतिबन्ध

सन् २०२१ को प्रारम्भिक तुलनामा जर्मनीले हाल चौथो लहरको समयमा सामाजिक दूरी कायम कर्न हेल्चेक्र्याई गरेको छ ।

करिब एक वर्ष पहिले सरकारले नियमहरू लागू गर्दा कडा लकडाउन गरेको थियो । सबै गैर अत्यावश्यक व्यवसायहरू बन्द गरियो । रातको कर्फ्यू अस्थायी रूपमा लगाइएको थियो । कति घरपरिवारहरूले भेटघाट गर्न पाउँछन् भन्ने बारे तोकेर विभिन्न प्रतिबन्धहरू लगाइएको थियो ।

कोरोनाको खोप लगाउने संख्या बढ्दै जाँदा ति प्रतिबन्धका उपायले वसन्त ऋतुमा जर्मनीमा संक्रमणका घटनाहरू घट्न थालेका थिए ।

आजकल जर्मनहरूले पहिले भन्दा खुकुला नियमहरू अपनाउँछन् । उनीहरूले सार्वजनिक यातायात, पसल, फार्मेसी आदिमा मास्क लगाउनुपर्छ । धेरैजसो स्थानहरूमा जाँदा उनीहरूलाई खोप लगाएको छ भने कोरोना प्रमाणपत्र र लगाएको छैन भने नकारात्मक परिक्षणको प्रमाण वा कोरोना निको भएको प्रमाण देखाउनुपर्छ ।

डेल्टा भेरियन्ट बढी संक्रामक

यो वर्ष डेल्टा भेरियन्ट (उत्परिवर्तन) को अधिक संक्रामक जर्मनी र विश्वका अन्य धेरै मुलुकमा प्रमुख कारक बनेको छ ।

सीडीसीका अनुसार यो अघिल्लो संस्करणहरूको तुलनामा दोब्बर भन्दा बढी संक्रामक छ । यसले खोप नलगाएका मानिसहरूलाई ज्यादै खराब लक्षणहरू देखाउँछ ।

मौसमी प्रभाव

जर्मनीमा कोरोनाको चौथो लहर चर्किनुमा अर्को कारक भनेको जाडोयाम हो । यो जाडोको ठण्डीले धेरैलाई कमजोर र रोगी बनाउँछ । जाडोमा यसैपनि अन्य रोगका विरामीपनि बढ्छन् ।

“डेल्टा भेरियन्ट भाइरसले चिसो मन पराउँछ । हामी घर भित्र धेरै समय बिताउँछौं जसले भाइरस फैलाउन सजिलो बनाउँछ” डा फाल्कले भनिन् ।

जर्मनी एक्लो होइन

अन्य युरोपेली देशहरू जस्तै अस्ट्रिया, नेदरल्याण्ड्स, फ्रान्स, रोमानिया र बेल्जियममा पनि यी कारकहरू सँगै आउने भएकाले संक्रमणका घटनाहरू बढ्दै गएका छन् ।

डा फ्राल्कले मानिसहरूलाई यो चौथो लहरको समयमा चनाखो बन्न, लगातार मास्क लगाउन र लक्षणहरू देखापर्ने बित्तिकै एन्टिजेन परीक्षणहरू लिन आग्रह गरेकि छन् । तर सबै भन्दा राम्रो सुझाव खोप नलिएकाहरूलाई खोप लिन प्रोत्साहित गरेकि छन् ।

“यदि हामीले तुरुन्तै खोपको दर बढाएनौं भने स्थिति नियन्त्रण गर्न गाह्रो हुनेछ” फाल्कको भनाई छ “खोपहरू हामी सुरक्षित हुनसक्ने सबैभन्दा राम्रो बिकल्प हो । तर अझै पनि धेरै मानिसहरूले खोप अस्वीकार गरिरहेका छन् ।”

तपाइँको प्रतिक्रिया

फेसबुक