शनिबार, वैशाख ८, २०८१

अस्ट्रिया र जर्मनी द्वारा कोरोना खोप नलगाएकाहरूमा नयाँ प्रतिबन्ध

नेपालप्लस संवाददाता २०७८ कार्तिक २७ गते १३:५८

फोटो- याहु न्युज

कोरोना भाईरस संक्रमितहरुको संख्या उच्च भएपछि युरोप र अन्यत्रका सरकारहरूले खोप नलगाएकाहरूको आवतजावतलाई सिमित गरिदिने भएका छन् ।

तर नागरिक, सरोकारवाला, मानव अधिकारकर्मीहरुले भने प्रश्न उठाउन थालेका छन्- के यी उपायहरू जायज छन् ? वा तिनीहरूले अनुचित रूपमा मानिसहरूको हिंडडुल गर्ने स्वतन्त्रतालाई लगाम लगाउन मिल्छ ?

युरोपेली युनियन (ईयु) का देश मध्ये सायद अस्ट्रियाले सबैभन्दा निर्णायक कदम चाल्न लागेको छ । त्यहाँको संसदले यस साताको अन्त्यमा एउटा उपायमाथि बहस गर्ने अपेक्षा गरिएको छ जसले खोपको दुई डोज प्राप्त नगरेका वा भाइरसबाट निको भएका मानिसहरूका लागि लकडाउन (तालाबन्दी) अनिवार्य गर्नेछ । यो निर्णय संक्रमितहरुको संख्यामा द्रुत बृद्धिको प्रतिक्रिया स्वरुप आएको हो।

“उद्देश्य स्पष्ट छ: हामी आइतबार खोप नभएकाहरूका लागि राष्ट्रव्यापी तालाबन्दी गर्न हरियो बत्तीको संकेत दिन चाहन्छौं” अस्ट्रियाका चान्सलर अलेक्ज्याण्डर शालेनबर्गले शुक्रबार पत्रकार सम्मेलनमा भनेका छन् ।

“खोप नभएकाहरूका लागि लक डाउन भनेको काम गर्न, घरायसी अतिआवश्यक चीजहरू किनमेल गर्न बाहेक अन्यत्रका लागि रोक्नु हो । सन् २०२० मा हामी सबैले मानेका नियमहरु बाहेक आफ्नो घरबाट अब खोप नलगाउनेहरु बाहिर निस्कन सक्ने छैन” शालेनबर्गले तीनवटा राष्ट्रिय लकडाउनको सन्दर्भ उल्लेख गर्दै भनेका छन् ।

अष्ट्रियाको साल्जबर्गका राज्यसहित अन्य केहि भागले खोप नभएकाहरूका लागि लकडाउन उपायहरू स्वीकृत गरिसकेका छन्, जुन सोमबारदेखि लागू हुने अपेक्षा गरिएको छ । लक्षित तालाबन्दीहरूमध्ये केहि नोभेम्बर ८ मा लागू भैसकेका छन् । त्यसबाहेक पूर्ण रूपमा खोप नलिएका व्यक्तिहरूलाई धेरै सार्वजनिक स्थानहरू जस्तै: रेस्टुरेन्ट, बार, हजाम पसल, होटेल, २५ भन्दा बढी व्यक्तिको जमघट र सायद धेरैजसो ठाउँहरूमा प्रवेश गर्नबाट रोक लगाइनेछ । स्की खेलिने सेन्टर र रिसोर्टहरु खुलै रहने छन् । नयाँ नियमहरू चार हप्तामा चरणबद्ध हुनेछन् । त्यस अवधिमा नम्तिमा खोपको पहिलो मात्रा लगाएको वा नकारात्मक पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्ने छ ।

रोग रोकथाम र नियन्त्रणको लागि युरोपेली केन्द्रका अनुसार अस्ट्रियामा जनसंख्याको ६४ प्रतिशतले मात्र पूर्ण रूपमा खोप लगाइएको छ । यो लिचेस्टाइन बाहेक कुनै पनि पश्चिमी युरोपेली देशको सबैभन्दा कम दर हो । ईयुव्यापी औसत खोप लगाउनेको दर ६७ प्रतिशत छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक