बिहीबार, वैशाख ६, २०८१

“एनआरएनए अधिवेशन र चुनाव रोकिनु दुई वर्ष अघि काठमाडौंमा देखिएको उदण्डताको निरन्तरता” केसी

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ कार्तिक २८ गते ३:२९

एनआरएनका उपाध्यक्ष तथा अध्यक्षका उम्मेद्वार बद्री केसीले अहिले अधिवेशन हुन नसक्नु र चुनाव रोकिनु भर्खरैको समस्या नभएर दुई वर्ष अघी काठमाडौंको हयात होटलमा देखिएको उदण्डताको निरन्तरता भएको बताएका छन् ।

उनले उतिबेला पनि उदण्डता देखाएर चुनाव रोक्ने प्रयत्न भएको बताउँदै भने “अहिले पनि त्यसैको निरन्तरता स्वरुप चुनाव रोक्ने प्रयास भइरहेको छ । संस्थामा उत्ताउलो भइयो भने स्थान पाईन्छ भन्ने गलत धारणा भएको छ ।”

२०१९ को काठमाडौं अधिवेशन पछी यस्तो धारणालाई स्थापित गराउन खोजिंदैगरेको उनले बताए । “एनआरएनमा कस्तो चलन छ भने चुनाव हुने दिनसम्म प्रतिस्पर्धा हुन्छ । तर चुनाव जिते पनि हारे पनि भोलिपल्ट देखी नै एकै ठाउँमा उभिइन्छ । तर गत निर्वाचनमा पराजित भएका साथीहरुले सधैंभरी असहयोग गरिरहनु भयो । हामीले उचित बातावरण पनि दिएका थियौं डा बद्रि केसीले भने “कोरोनाका कारण कती धेरै संघर्ष गर्नु पर्‍यो, संस्थाले पचासौं करोडको राहतको काम गर्‍यो । बिभिन्न संघर्ष गरेर देशमा केही राहत पुर्याउन सकिन्छ कि भनेर हामी अहोरात्र लागिरहँदा ति साथीहरुले सधैं भरी असहयोग गर्नुभयो ।”

केसी पक्षधर उम्मेद्वारहरुको चुनाव प्रचार अभियानका लागि शुरु गरिएको फेसबुक लाइभ कार्यक्रममा बोल्दै केसीले थपे- हामीले ६ महिना अवधी थप्न वाध्य भयौं चुनाव बिथोलिएका कारण । सबै पदाधिकारीहरुले उम्मेद्बारी दिनुभएको छ । चुनावको अन्योलताले हामीले कुनै पनि काम गर्न पाएका छैनौं । यो अन्योलताले समग्रमा हाम्रा धेरै कामहरु प्रभावित भइरहेका छन् । अब बिधी बिधानलाई मानेर अगाडि बढ्नुको विकल्प छैन ।”

बिभिन्न विवाद र आन्तरिक प्रतिश्पर्धाका कारण विगत ४ महिना देखी संघको ईतिहासमै पहिलो पटका अश्वस्थ्य ध्रुविकरण देखिएको उनले बताए । हरेक दुई वर्षमा हुने नियमित अधिवेशन र निर्वाचन बिभिन्न विवादका कारण रोकिएका छन भने अधिवेशन कहिले हुने भन्ने कुरा पनि अन्योल छ । विवाद मिलाएर अधिवेशनको मिती तोक्ने अधिकार सहितको जिम्मेवारी पाएका अध्यक्ष कुमार पन्तले विहिवार परराष्ट्र मन्त्री नारायण खड्कालाई भेटेर विवाद समाधानका केही बुँदाहरु बुझाएका छन् । जसमा दुबै पक्षलाई मान्य हुने गरी केही प्रकृया अघी बढाउन सकिने मध्यमार्गीहरुको जिकिर छ ।

तर शनिवारको कार्यक्रममा केसीले आफुहरु बिधानभन्दा बाहिर गएर सहमती गर्ने पक्षमा नरहेको बताए । उनले भने- “बिधी बिधान पनि हुन्छन् । कसैलाई चुनाव जिताउनका लागि बिधान मिच्ने कुरा हुँदैन । तर पनि विवाद समाधान गर्न र सहमतीको विन्दु भेट्टाउन हामी लचिलो हुन तयार छौं । अहिले देखिएको प्रतिनिधि विवादलाई सुल्झाउन हामी लचिलो हुन तयार छौं” ।

तपाइँको प्रतिक्रिया