शुक्रबार, वैशाख ७, २०८१

राष्ट्रपती दरवार भित्रै महिला सैनिक बलात्कृत भएको भन्दै अनुसन्धान शुरु

नेपालप्लस संवाददाता२०७८ कार्तिक २८ गते १४:५१

फ्रान्सेली राष्ट्रपतीको कार्यालय एलिजे प्यालेस भित्रै एक सैनिक महिला बलात्कृत भएको आरोप लागेपछि अनुसन्धान शुरु गरिएको छ ।

फ्रान्सेली अभियोजकहरूले एलिजे दरबारमा महिला सैनिकको कथित बलात्कारको अनुसन्धान शुरु गरेको एएफपीले जनाएको छ ।

गत जुलाई महिनामा पेरिसमा रहेको फ्रान्सेली राष्ट्रपतिको दरबारमा एकजना सहकर्मीले एक महिला सैनिकलाई बलात्कार गरेको आरोपमा अभियोजकहरूले अनुसन्धान सुरु गरेको न्यायिक स्रोतले शुक्रबार बताएको भन्दै एएफपीले रिपोर्ट गरेको हो ।

समाचारका अनुसार महिला सैनिकमाथि कथित आक्रमण गत जुलाईमा भएको थियो । राष्ट्रपति एमानुएल माख्रों उपस्थित भएको स्वागत समारोह पछि एक जनरल र अन्य दुई ब्यक्तिद्वारा उक्त घटना भएको थियो । फ्रान्सेली दैनिक लिबरेसनले पहिलो पटक यि आरोपहरूको रिपोर्ट गरेको थियो ।

अभियुक्त सेनालाई जुलाई १२ मा अभियोजकहरूले सोधपुछ गरेपछि सहायक साक्षीको नाम दिइएको थियो । त्यसपछि उनमाथि थप अनुसन्धान गर्नुपर्ने देखिएको उल्लेख छ । न्यायिक स्रोतका अनुसार उनमाथि औपचारिक रूपमा आरोप लगाइएको भने छैन ।

लिबरेसनका अनुसार ती दुई सैनिकहरू एलिजे दरबारको उच्च सुरक्षा कार्यालयमा तैनाथ गरिएका सहकर्मीहरू थिए जसले संवेदनशील सरकारी मामिलाहरू सम्बोधन गर्दै थिए । तिनीहरूमध्ये धेरैजसो गोप्य थिए ।

रिपोर्टमा भनिएको छ ‘युवतीले नजिकैको प्रहरी कार्यालयमा बलात्कारको उजुरी दर्ता गराइन् । र कथित अभियुक्तलाई एलिजे दरवारको कर्तव्यबाट हटाइयो ।’

टिप्पणीको लागि सम्पर्क गर्दा राष्ट्रपति कार्यालयका अधिकारीले एएफपीलाई भने “अधिकारीहरूलाई यी दावीहरू बारे थाहा हुने बित्तिकै कथित पीडितलाई समर्थन गर्न तुरुन्तै उपायहरू लिइयो । र आरोप गरिएको व्यक्तिलाई तुरुन्तै एलिजेबाट अन्यत्रै टाढा सारिएको थियो ।”

तपाइँको प्रतिक्रिया

फेसबुक