बिहीबार, वैशाख १३, २०८१

“एनआरएनए चुनावको मिति मात्र घोषणा गर्नु ठूलो कुरा होइन” कोषाध्यक्ष श्रेष्ठ

नेपालप्लस संवाददाता / जापान, टोकियो२०७८ कार्तिक २९ गते १२:०१

गैर आवाशीय नेपाली संघ (एनआरएनए) मा देखिएको विवादमा सहमती जुटाउन समन्वयकारी भूमिका निर्वाह गर्दै आइरहेका वर्तमान अध्यक्ष महेश श्रेष्ठले समस्या समाधानमा आइसीसी अध्यक्षलेनै पहल गर्नुपर्ने बताएका छन् । उनले भने “दुबै पक्षलाई विश्वासमा लिएर अध्यक्षले नै एउटा निर्णय गर्नुपर्दछ । वर्तमानमा देखिएका विवादका विषयमा श्रेष्ठ लगायत मन केसी, यादव पण्डित र डीबी क्षेत्रीले करिव तीन हप्ता लगाएर समस्याको जड पत्ता लगाउने कोसिश गरेका थिए ।

श्रेष्ठको उक्त अनौपचारिक टोलीले समस्या किटान गरी अध्यक्षलाई गत हप्ता नै विवाद समाधानका उपाय सहितको सुझाव दिएको थियो । सोहि अनुरुप नै अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्री नारायण खड्कालाई भेटेर परराष्ट्र मन्त्रालयको चासो र टोलीले उठाएका सवालहरुलाई सम्बोधन गर्न सकिने लिखित पत्र बुझाएका थिए । तर श्रेष्ठले अहिले देखिएका समस्याहरु प्राविधिक कम र विश्वासको अभाव बढी भएकोले दुबै पक्षलाई समिटर विश्वासको वातावरण तयार गर्नु पर्ने आवश्यकता रहेको बताए ।

उनले भने- “हामीले सतही रुपमा जुनसुकै तरिकाले मिलायौं भने पनि त्यसले झन इगो बढाउँछ । अहिलेको मुख्य कुरा उम्मेद्वारहरु लगायत पूर्व अध्यक्षहरुसँग समेत छलफल गरेर र सबैजनाका बिचमा विश्वासको वातावरण बनाउने महत्वपूर्ण कुरा हो । वर्तमान अध्यक्ष कुमार पन्तले समस्या समाधानका लागि सबैको विश्वास जित्न सक्नु पर्दछ ।”

‘अहिले त चुनावको मिती घोषणाको कुरा पनि चलेको छ त’ भन्ने एक जिज्ञासामा श्रेष्ठले भने- “मलाई जहाँसम्म लाग्छ मिती मात्रा घोषणा गर्नु ठुलो कुरा होइन । मुख्य कुरा हामी बिच विश्वासको वातावरण बनाउनु हो । अध्यक्षजीले पक्कै पनि सबैसँग छलफल गरेर र सहमतीमा नै चुनावको मिती घोषणा गर्नुहुनेछ । नेपालको परराष्ट्र मन्त्रालयले चाहेको पनि त्यही हो । आपसमा सहमती गरेर आउनुहोस मन्त्रालयलाई कुनै आपत्ति छैन । त्यसैले चुनावको मिती घोषणा पूर्व अध्यक्ष ज्युले सबै सँग छलफल गरेर विश्वासको वातावरण तयार गर्नु पर्दछ।”

तपाइँको प्रतिक्रिया