शनिबार, वैशाख १५, २०८१

राष्ट्रिय जनगणनामा सहभागि हुन प्रवाशी नेपालीहरुलाई आव्हान

नेपालप्लस संवाददाता२०७८ कार्तिक २९ गते १२:४७

नेपाल सरकारले यस वर्ष देखि राष्ट्रिय जन गणनामा विदेशमा रहेका नेपालीहरुलाईसमेत समेटेकाले यस गणनामा सहभागि हुन गैर आवाशी नेपाली संघ (एनआरएनए) ले प्रवाशमा रहेका नेपालीहरुलाई आव्हान गरेको छ ।

संघले सुरु देखि नै विदेशमा रहेका नेपालीहरुको आधिरिक तथ्यांक संकलन गर्न नेपाल सरकार समक्ष पहल गर्दै आएको थियो ।

हाल गैर आवाशीय नेपाली संघसँगमा आवद्द वा सदस्य बनेका नेपालीको मात्र आधिकारी तथ्यांक संघसित छ । अर्को तर्फ बिदेशिएका नेपालीको सहि तथ्यांक नभरेकाले नेपाल सरकारसितपनि यकिन तथ्यांक छैन ।

नेपाल बाहिर कति नेपाली रहेका छन् भन्ने आधिरिक तथ्यांक नरहेकोले यस जनगणनाले विदेशमा रहेका गैरआवासीय नेपालीहरुको आधिकारीक तथ्यांक प्राप्त गर्न ठूलो सहयोग पुग्ने छ ।

गैर आवाशीय नेपाली संघको ८५ मुलुकमा राष्ट्रिय समन्वय परिषदहरु स्थापना भए पनि किटानीसँग कति नेपाली देश बाहिर छन् भन्ने तथ्याङ्क निकाल्न अहिलेसम्म नसकेको एनआरएनएद्वारा जारि सूचनामा उल्लेख छ ।

अहिले नेपालमा बाह्रौँ जनगणना हुँदै छ । यहि कार्तिक २५ देखि मंसिर ९ गते सम्म हुने यो गणनामा तथ्यांक संकलकहरु प्रत्येक घरमा पुग्नेछन् ।

जनगणना भराउने अधिकारी (गणक) हरुले व्यक्तिगत र पारिवारिक गरी ८० वटा प्रश्नहरु सोध्ने छन् । यसैको आधारमा सरकारले देशको सबै क्षेत्रको गुरु योजनाहरू निर्माण गर्न प्रयोग गर्छ । अबको १० वर्ष यहि तथ्यांक प्रयोग हुनेहुँदा सकेसम्म सबैले सहभागी हुने र सही तथ्याङ्क दिन आवश्यक रहेको भनाई एन आर एन ए को छ ।

सरकारले सोधेको सबै प्रश्नको जवाफ दिंदा आफूलाई पछि केही समस्या पर्छ कि भन्ने शंका पनि केहि नेपालीले गर्ने गरेका छन् । तर गणनामा प्राप्त कुनै पनि विषय सम्बन्धित व्यक्तिको विरुद्ध प्रमाणको रूपमा प्रयोग गर्न नपाउने कानुनी व्यवस्था तथ्यांक ऐन २०१५ ले गरेको हुँदा यो भ्रम रहनु आवस्यक छैन ।

जनगणकालागि भरिने फर्ममा धेरै विषयमा सोधिने प्रश्नहरुमध्ये विदेशमा बस्नेहरुकोलागि पनि एउटा छुट्टै खण्ड राखिएको छ । मुख्य प्रश्नावलीमा परिचयात्मक खण्डबाट शुरू हुन्छ । एउटा खण्डमा अनुपस्थित विवरण राखिएको छ ।

फर्मको प्रश्न नं १६ मा ‘तपाईंको परिवारका कुनै अनुपस्थित सदस्य हाल विदेश गएका छन् ?’ भन्ने राखिएको छ । यो प्रश्नमा ‘छन्’ भन्ने जवाफ दिनेले प्रश्न १७ को जवाफ दिनपर्ने छ । जसमा विदेश जानेको नाम, लिंग, बिदेश जाँदाको उमेर, शिक्षा, कहिले गएको, विदेश जानुको कारण, देशको नाम भर्नपर्ने हुन्छ ।

“यी विवरणहरू सबैले नछुटाई भर्न सकियो भने हामीले अन्दाजमा सधैं ८० लाखभन्दा बढी नेपालीहरु विदेशमा छौं’ मात्रै भनेर अनुमानका भरमा तथ्यांक भनिरहनुपर्दैन । बरु कुन देशमा कति नेपाली छन्, ति के गरेर बसेका भन्ने जानकारिसमेत तथ्याँकले दिनेछ । प्रत्येक गाउँ, टोल, जिल्लाबाट के कति मानिसहरू विदेश गएका छन् भन्ने तथ्याङ्क सजिलै तयार पार्न सकिने छ” अपिलमा भनिएको छ ।

तसर्थ यस जनगणनामा आफ्नो सहि विवरण दिएर सहयोग गर्न एनआरएनए केन्द्रिय कार्यालयले अपिल गरेको छ ।

तपाइँको प्रतिक्रिया