शनिबार, मंसिर १८, २०७८

चिनको आर्थिक उदयले विश्व राजनितिमा ल्याउँदै गरेको हलचल !

उमेश सापकोटा२०७८ कार्तिक २९ गते २१:२०

चिनिया प्रधानमन्त्री सि जिनपिङ । फोटो- याहु फाईनान्स

बेजिङस्थित चिनियाँ कम्युनिट पार्टीको केन्द्रिय समितिको बैठक नजिकिंदै गर्दा अन्तर्राष्ट्रिय  रुपमा सो पार्टीको आगामी बैठकले गर्ने निर्णय कस्तो होला भन्ने विषयले बिश्व राजनितिको ध्यान आकर्षित भएको देखिन्छ ।

चिनमा हालसम्म विभिन्न कालखण्डमा सर्वशक्तिमान नेताको नाम लिंदा क्रमश: संस्थापक अध्यक्ष माओ जे तुङ, देङ स्याओ पिङ र बर्तमान राष्ट अध्यक्ष सि जिङ पिङको नाम लिने गरिएको छ । आउने दिनमा यो क्रम हेरफेर हुने सम्भाव्यता पनि उत्तिकै देखिंदै आएको छ । त्यस्तै, यि नेताहरु प्रति अन्य देशको आफ्नो स्वार्थ अनुकुल हेर्ने आफ्नो आफ्नो दृष्टिकोण पनि रहँदै आएको छ । चिनियाँ जनताकोपनि उनिहरुलाइ हेर्ने दृष्टिकोणमा समानता छैन ।

मुख्यत: चिनको नयाँ पुस्ता माओलाइ सम्झँदा उच्च सम्मानका साथ सम्झने गर्दछन् । माओ नेतृत्वको राष्टिय मुक्ति आन्दोलन र समाजवादी क्रान्तिले चिनलाइ स्वतन्त्रता, स्वाधिनता दिलाएको र त्यसको जगमा नै चिनले यो उचाइ हासिल गरेतापनि आर्थिक उदासिनता, चरम भोकमरि र सांस्कृतिक क्रान्तिको दौरानमा भएका सांस्कृतिक धरोहर माथिको आक्रमण र ध्वंशात्मक गतिबिधिलाइ उनिहरु गम्भिर गल्ति र कमजोरिको रुपमा लिने गरेका छन् ।

चिनमा देङस्याओ पिङ सत्तामा आएपछि उनले छापामारलाइ तालिम दिने लगायत कार्य बन्द गरे । राजनितिको मुल अभिष्ट जनताको तल्लो तहसम्म विकास पुर्याउनु हो । केन्द्रसम्म उनिहरुको पहुँच बिस्तार गराउनु हो नकि जबर्जस्त निति लादेर उनिहरुमाथि राज गरिरहनु हैन भन्ने देङको धारणा थियो । त्यसैले उनले आर्थिक विकासलाइ एकमात्र ध्येय बनाए ।

जति बढि राष्ट्र चिनतिर ढल्कँदै छन् उत्तिनै अमेरिकालाइ तनाब बढ्दो छ । चिनको प्रभाव बढ्नु उसको ब्यापार पनि बढ्नु हो । चिनको ब्यापार बढ्नु अमेरिकाको ब्यापार घट्नु पनि हो । ब्यापार घट्नु भनेको उसको प्रभाव पनि घट्नु हो । जबसम्म चिनले ब्यापारलाइ प्राथमिकतामा राख्छ उसको प्रगति भइरहन्छ ।

सन् १९७८ मा राष्टप्रमुख भएयता एक दशक आन्तरिक विकाश दर्हो बनाउन लागिपरे । उनको प्रख्यात भनाइ नै थियो ‘बिरालो कालो होस् या सेतो त्यसको काम मुसा मार्नेनै हो ।’ उनको यो नितिले चिनमा ठूलो परिवर्तन ल्याएको थियो । राजनैतिक रुपमा कम्युनिष्ट चरित्र बोकेको देश भइकन पनि यसको अर्थनिति पुँजीवादी चरित्रको अँगाल्यो । यहि नितिका कारण चिनमा राजनैतिक स्थायित्व छ र आर्थिक विकास तिब्रताका साथ अघि बढ्दै संसारको दोस्रो ठूलो अर्थतन्त्र बन्न सफल भएको छ ।

चिनले राजनैतिक र आर्थिक प्रणाली दुबैलाइ समात्यो । उनिहरुले पुँजीवादी समाजवादी प्रणालीको मिश्रण तयार पारे । यसले चिनमा कारखानाको लाइन लाग्यो । बेरोजगारी घट्यो । आम्दानी बढ्न थाल्यो र संसार भरका राम्रा चिजहरु आयात गर्न थालेपछि आयात प्रतिस्थापन गर्ने देशभित्रै संसारभरका प्रतिष्ठित ब्रान्ड उत्पादन गर्न थाले । यसरि समय अनुसार आर्थिक निति परिबर्तन गर्न सकेकैले चिनले आश्चर्यजनक सफलता हात पार्यो ।

जबसम्म देशमा चरम गरिबि रहिरहन्छ आज नभए भोली दङ्गा त हुन्छ नै । समयमै गरिबि निवारणमा सरकारले भूमिका नखेले सुखै छैन । देङले चिनियाँलाइ सकृयतापूवक आर्थिक गतिबिधिमा सामेल गर्न गम्भिर भएर लागे । त्यसैले चिनियाँहरु देङलाइ आर्थिक सुत्रधारका पिता मान्छन् । उनको भुमिकालाइ चिनियाँहरु शरिरमा रगतको जस्तो भुमिका हुन्छ, त्यस्तै देङको अर्थ नितिलाइ उनिहरु शरिरमा बग्दै गरेको रगतको भुमिका जस्तो मान्छन् ।

चिनियाँहरुले प्रगति गर्नुमा हारप्रति लज्जाबोध गर्ने उनिहरुको बानी पनि प्रमुख हो । चिनियाँहरु अफिसबाट घर फर्कन हतार गर्दैनन् । त्यसो गर्नुको अर्थ कि बिरामि हुनु हो या त जागिर छोड्नु । ‘वर्क इथिक’ देशको विकाश गर्ने सबैभन्दा ठुलो औजार हो । यसले आफ्नो उत्पादनमा गर्व गर्न सिकाउँछ । यस अतिरिक्त देशभक्त र राष्ट्रवादि चिन्तन विकासको अर्को कारण हो ।

सिको समय साम्राज्यवादलाइ अन्तिम धक्का दिने र त्यसलाइ चिहानमा पार्ने समय हो । त्यसैले राष्ट्रपति सि जिङ पिङलाई ढिलो चाँडो माओलाइ भन्दापनि असिमित अधिकार दिने कुरामा दुइमत छैन । सिको समय चिनको लागि मात्र हैन यो सम्पूर्ण बिश्वको स्वतन्त्रताको प्रश्नसँग जोडिएकाले यसलाइ निकै अर्थपूर्ण तवरले हेर्नु जरुरि छ ।

देङको त्यहि अर्थ राजनैतिक नितिमा टेकेर चिनले आफ्नो ब्यापार संसारभरि फैलाएको छ । चिनको महत्वाकांक्षी आर्थिक परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआइ) मार्फत चिनले अफ्रिकी मुलुकहरु नाइजेरिया, केन्या, इथियोपिया, जाम्बिया, कङ्गो आदि देशमा ठूलो लगानि गरेको छ । चिनले यि देशमा मुख्यत कनेक्टिभिटि, उर्जा, पर्यटन, खानी र ब्यवसायिक कृषि जस्ता क्षेत्रहरुमा धमाधम लगानी गरिरहेको छ । सन् २०१५ मा (बिआरआइ) का सुत्रधार चिनियाँ राष्टपति सि जिन पिङले अफ्रिका महादेशमा छिट्टै ६० अर्ब लगानि गर्ने घोषणा गरेका थिए । त्यो आज सत्य साबित भएको छ । यसबाट अफ्रिकालाइ आफ्नो प्रभावमा पार्न चिन कटिबध्द छ भन्ने बुझिन्छ । आसियान राष्ट्रहरुको अवस्था त्यहि छ । चिनसँग ब्यापार गरेर यि राष्ट्रहरुले यतिबेला निकै फाइदा उठाइरहेका छन् ।

लेखक उमेश सापकोटा

जति बढि राष्ट चिनतिर ढल्कँदै छन् उत्तिनै अमेरिकालाइ तनाब बढ्दो छ । चिनको प्रभाव बढ्नु उसको ब्यापार पनि बढ्नु हो । चिनको ब्यापार बढ्नु अमेरिकाको ब्यापार घट्नु पनि हो । ब्यापार घट्नु भनेको उसको प्रभाव पनि घट्नु हो । जबसम्म चिनले ब्यापारलाइ प्राथमिकतामा राख्छ उसको प्रगति भइरहन्छ । छिमेकि र ब्यापार साझेदार फाइदामा हुन्छन् । अर्कोतर्फ चिनले कहिल्यैपनि उपनिबेश बनाउने र आक्रमण बनाउने निति लिएको छैन । यो नितान्त युरो अमेरिकि साम्राज्यवादी सोच हो । युरोपेलीको विकासको प्रमुख कारण औपनिवेशिक राष्ट्रहरुको दोहन थियो । चिनको त्यस्तो छैन । ऊ बरु आर्थिक सम्पन्नतामा मात्रै ध्यान दिन्छ ।

चिनको विकास अब केवल चिनसँग मात्र जोडिएको छैन । यो ति सबै अर्धविकसित, विकासउन्मुख र अविकसित राष्ट्रसँग जोडिएको छ जसलाइ पश्चिमा शक्तिहरुले ब्रम्हलुट मच्चाइरहे । त्यसैले चिनको उदयलाइ चिनियाँहरुले साम्राज्यवादी शक्तिको पतनसँग जोडेर हेरेका छन् । चिनको बिजय ति सबै राष्ट्रहरुको बिजय हुनेछ जसलाइ अमेरिकि साम्राज्यवादले कुनै न कुनै रुपले जकेडेको छ । पिल्सिन बाध्य पारेको छ । चाहे त्यो आर्थिक, सामाजिक, राजनैतिक र साँस्कृतिक क्षेत्र किन नहोस् । त्यसका छिटा र भूराजनैतिक टकराबहरु पनि बिस्तारै देखिंदै गएका छन् ।

त्यसैले यो टकराबलाइ अन्तिम युद्धकै रुपमा चिनियाँहरुले लिएका छन् भने सि जिङ पिङलाइ यसका सारथीको रुपमा । जुन माओ र देङको नितान्त फरक र समग्र बिश्वको भविष्यसँग जोडिएको छ । त्यसैले यसको अन्तिम तयारि पनि उनिहरुले गरिरहेका छन् । सिको समय साम्राज्यवादलाइ अन्तिम धक्का दिने र त्यसलाइ चिहानमा पार्ने समय हो । त्यसैले राष्ट्रपति सि जिङ पिङलाई ढिलो चाँडो माओलाइ भन्दापनि असिमित अधिकार दिने कुरामा दुइमत छैन । सिको समय चिनको लागि मात्र हैन यो सम्पूर्ण बिश्वको स्वतन्त्रताको प्रश्नसँग जोडिएकाले यसलाइ निकै अर्थपूर्ण तवरले हेर्नु जरुरि छ ।

लेखकको अघिल्ला लेखपनि हेर्ने कि ?

सनातन देखि चिहानबाद सम्म !

माओवादको खोलमा उदाउँदो साम्राज्यवाद ।

कोरोना पछि चीनमा अध्ययनरत के छ विध्यार्थीको अवस्था ?

(उमेश चीनको युनान विश्वविध्यालयमा इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका विध्यार्थी हुन्)

तपाइँको प्रतिक्रिया

फेसबुक