शनिबार, वैशाख ८, २०८१

स्विस युवाहरुमा आत्महत्याको सोच बढ्दो

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७८ कार्तिक ३० गते १८:३६

सेक्च- माईरेपुब्लिका नागरिकनेटवर्क डट कम

स्विस वाल र युवा समर्थन एजेन्सी प्रो जुभेन्टुटले कोरोना महामारीको समयमा आत्महत्या गर्ने सोच बनाएका युवाहरूबाट ४० प्रतिशत बढी फोन कलहरू प्राप्त गरेको जनाएको छ ।

गैर नाफामूलक यो फाउन्डेसनले सोमवार घोषणा गरे अनुसार हरेक दिन करिब ७०० वालवालिका र युवाहरूसँग कुरा गर्छ जुन कोभिड-१९ को पहिलो वर्षको तुलनामा धेरै हो ।

यी कलहरू मध्ये लगभग एक प्रतिशत (प्रति दिन सात कलसम्म) युवाहरूले आत्महत्या गर्ने सोचेका छन् भने अरूले कुनै न कुनै रूपमा आत्मलाई हानी हुने काम गरेका छन् ।

प्रो जुभेन्टुटमा सम्पर्क गर्ने करिब आधा व्यक्तिहरूले आफूले अनलाइन यौन उत्पीडनको अनुभव गरेको बताएका छन् ।

सबै समस्याहरूको दोष महामारीलाई दिन सकिँदैन । परामर्शको अर्को महत्त्वपूर्ण विषयवस्तु मध्ये २३ प्रतिशत ब्यक्तित्व, पेशा छनोटसँग सम्बन्धित छ । धेरै युवाहरूले अत्यधिक माग र तनाव रहेको गुनासो गरेका छन् ।

“अहिले देखिने समस्याहरू कोरोना महामारीको प्रत्यक्ष परिणाम मात्र होइन । वालवालिका र किशोरकिशोरीहरूको मानसिक स्वास्थ्यको क्षेत्रमा वर्षौंदेखिको उपेक्षाको परिणाम हो । धेरै चेतावनीका संकेतहरू दिंदादिंदैपनि यस्तो भएको छ” फाउन्डेसनले भनेको छ “भविष्यका पुस्ताका समस्याहरूलाई गम्भीरताका साथ लिने र समाधान गर्न थप स्रोतहरू लगानी गर्ने समय हो यो ।”

फाउण्डेशनले दिइरहेको सल्लाह र सेवालाई समर्थन गर्न थप कोषहरूको लागि आह्वान गरेको छ ।

स्विजरल्याण्डका तिन लाख भन्दा बढी वालवालिका र युवाहरूका साथै लगभग एक लाख ४० हजार अभिभावकहरू प्रत्येक वर्ष प्रो जुभेन्टुटका सेवाहरूबाट लाभान्वित हुनेगरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक