शुक्रबार, वैशाख १४, २०८१

भ्रष्टाचार आरोपमा पाँच वर्ष जेल सजाय बिरुद्द फ्रान्सका पूर्व प्रधानमन्त्रीको अपिलमा सुनुवाई

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ कार्तिक ३० गते १९:२०

Image Credit-wikimedia.org

फ्रान्सको एक अदालतले सोमबार पूर्व प्रधानमन्त्री फ्रंस्वा फियोंले भ्रष्टाचार काण्डमा दोषी ठहर गरेको अपीलको सुनुवाइ सुरु गरेको छ ।

पाँच वर्षको अशान्तिपूर्ण समाजवादी शासन पछि रूढिवादी फियों अहिले ६७ वर्षका भए । सन् २०१७ मा राष्ट्रपतिको पद जितेर राज्यको सर्बोच्च निकायमा पुग्न उनले निर्वाचन जित्ने आँकलन गरिएको थियो ।

तर मतदानको तीन महिना अघि उनकी श्रीमती पेनेलोपलाई संसदीय सहायकको रूपमा नक्कली काम दिएको आरोपमा मुद्दा दायर भयो । उनले १५ वर्षमा आठ लाख युरो भन्दा बढी रकम भुक्तानी गरिएको खुलासाले उनको अभियान प्रभावित भएको थियो ।

सन् २००७ देखि २०१२ सम्म प्रधानमन्त्री रहेका पूर्व सांसद फियोंले आरोप अस्विकार गरेका थिए । उनको राष्ट्रपतीको चुनावी दौडपनि नत्याग्ने घोषणा गरेका थिए । तर सार्वजनिक कोष हिनामिना गरेको आरोप लागेपछि पहिलो चरणमै उनी बाहिरिएका थिए ।
जुन २०२० मा एक अदालतले पेनेलोपको जागिर या त काल्पनिक वा धेरै बढि रकम दिईएको थियो भनेर फैसला गर्‍यो । फियोंलाई पाँच वर्षको जेल सजाय सुनायो । त्यसमध्ये तीन वर्ष घटाइएको थियो । उनलाई १० वर्षसम्म निर्वाचित पदमा बस्नबाट रोक लगाएको थियो ।

हालैका वर्षहरूमा भ्रष्टाचारको आरोपमा मुद्दा चलाइएका धेरै वरिष्ठ फ्रान्सेली राजनीतिज्ञ मध्ये फियों एक हुन् । तिनीहरूमध्ये धेरैजसो परम्परागत धारणा भएका र त्यस्तै पार्टीहरूबाट आएका थिए ।

उनका पूर्व राजनितिक हाकिम, पूर्व राष्ट्रपति निकोला सार्कोजीलाई यस वर्ष दुई छुट्टाछुट्टै मुद्दामा दुईवटा जेल सजाय सुनाइएको थियो । ति मध्ये एउटा न्यायाधीशलाई भ्रष्ट पार्ने प्रयास गरेको र अर्को आफ्नो राष्ट्रपतीय निर्वाचनमा राज्यको सम्पत्ती अवैध तरिकाले प्रयोग गरेको ।

दोस्रो विश्वयुद्धपछि जेल सजाय पाएका फ्रान्सका पहिलो राष्ट्रपति सार्कोजीले दुवै फैसलाविरुद्ध अपिल गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक