मंगलबार, वैशाख ११, २०८१

कोरोनाका कारण जर्मनीको म्युनिख शहरद्वारा क्रिसमस बजार बन्द

नेपालप्लस संवाददाता / जर्मनी२०७८ मंसिर २ गते २०:२८

Image credit-Sonia Mendonça FB page

जर्मनीको औध्योगिक शहर म्युनिखले कोरोना भाईरस वृद्धिले गर्दा यो वर्षपनि क्रिसमस बजार बन्द गरेको घोषणा गरेको छ । गत सालपनि कोरोनाकै कारण यो शहरले क्रिसमस बजार बन्द गरेको थियो । क्रिसमस बजार बन्दको घोषणा गर्ने म्युनिख जर्मनीको पहिलो शहर हो ।

नाटकिय रुपमा बढीरहेको कोरोना भाईरसलाई दोष दिंदै बन्द गरेको म्युनिखको क्रिसमस बजारमा सामान्यतया हरेक वर्ष लगभग तीस लाख आगन्तुकहरूलाई आकर्षित गर्दै आएको थियो ।

म्युनिखका मेयर डाइटर रेइटरले यसलाई सहरका बासिन्दा र स्टल बनाएर सामान बेच्नेहरूका लागि तितो सत्य बताउँदै कोरोनाको यो महामारी झन फैलिएका बेला यो बजार नियमित गर्नु गैरजिम्मेवारपूर्ण हुने बताएका छन् ।

“हाम्रा अस्पतालहरूमा कोरोनाको नाटकीय अवस्था र तीव्र रूपमा बढ्दो संक्रमणको तथ्याङ्कले मलाई अर्को विकल्प छोड्दैन । दुर्भाग्यवश, म्युनिख क्रिसमस बजार यस वर्ष हुन सक्दैन” रेइटरले एक विज्ञप्तिमा भने ।

धेरै जर्मन क्रिसमस बजार २०२० मा महामारीको कारणले बन्द गरिएको थियो । तर म्यूनिख “क्रिस्ट चाइल्ड मार्केट” यस वर्ष हटाइएको ठूला र अधिक लोकप्रिय मध्ये पहिलो हो ।

म्युनिखको क्रिसमस बजार नोभेम्बर २२ बाट खुला हुने गरेको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक