बुधबार, वैशाख १२, २०८१

खोप नलगाउनेहरुलाई जर्मनीमा नयाँ नियम लागू

नेपालप्लस संवाददाता / जर्मनी२०७८ मंसिर २ गते २३:४६

फोटो साभार- सिन्हुवा

जर्मन नेताहरूले बिहीवार खोप नलगाउनेहरुकालागि कडा प्रतिबन्धहरू लगाउने सहमति जनाएका छन् । अब उनीहरूलाई रेस्टुरेन्टहरू, खेलकुद कार्यक्रमहरू र सांस्कृतिक कार्यक्रमहरूमा प्रवेश निशेष गरिने छ । जर्मनीले पछिल्ला केहि हप्तादेखि कोविड संक्रमणको रेकर्ड बृद्धि रोक्नको लागि संघर्ष गरिरहेको छ ।

जर्मनीमा कोरोना संक्रमणका नयाँ घटना ६५ हजार तिन सय ७१ पुगेको छ । यो हासम्मकै उच्च हो ।

जर्मनीका १६ राज्यका नेताहरूले चान्सलर एन्जेला मर्केलसँगको संकट वार्तापछि सार्वजनिक यातायात प्रयोग गर्न वा कार्यालयमा जानको लागि खोप नभएकाहरूलाई कोरोनाको नकारात्मक परीक्षणहरू उपलब्ध गराउन आवश्यक पर्ने सहमति गरेका छन् ।
सबैभन्दा जोखिममा परेकाहरूलाई जोगाउन उनीहरूले वृद्दाश्रमहरूमा स्वास्थ्यकर्मी र कर्मचारीहरूका लागि अनिवार्य खोप लागू गर्न सहमतिसमेत गरेका छन् ।

विगत सात दिनमा प्रति एक लाख व्यक्तिमा तीन जना भन्दा बढी बिरामी अस्पतालमा भर्ना दर छ भने ति क्षेत्रहरूमा खोप नलगाएका मानिसहरूलाई केही सार्वजनिक स्थानहरूमा प्रतिबन्ध लगाइने छ ।

हाल, ह्याम्बर्ग, लोअर सक्सोनी, स्लेस्विग-होल्स्टेन र सारल्याण्ड बाहेक जर्मनीका सबै १६ राज्यहरूको दर तीन भन्दा माथि छ ।

तथाकथित “२ जि” नियम खोप लगाइएका र कोरोना लागेर निको भएकाहरूलाई मात्र अनुमति दिईने छ । यो नियम ठूला कार्यक्रमहरूका साथै मनोरञ्जन र खेलकुद सुविधाहरूमा लागू हुनेछ ।

अस्पतालमा छ भन्दा बढीको भर्ना दर भएका क्षेत्रहरूले “२ जि प्लस (थप नियम)” नियम लागू गर्नुपर्नेछ जहाँ सहभागीहरूले खोप लगाएको भएपनि कोरोना परिक्षण गर्नुपर्ने छ । नौ भन्दा बढी दर भएका क्षेत्रहरूले सामाजिक दूरी र थप प्रतिबन्धहरुपनि पालना गर्नुपर्ने छ ।

चान्सलर एन्जेला मर्केलले प्रान्तिय नेताहरुसितको बैठकमा भनेकि छन् “कोरोनाको वर्तमान गतिशीलतासँग हामी धेरै कठिन अवस्थामा दौडिरहेका छौं । विशेष गरी अस्पताल र अझ विशेष गरी गहन उपचार कक्षमा काम गर्ने सबै मानिसहरूको लागि स्थिति झनै गाह्रो छ”।

“यदि हामी सबैले खोप लगाएको भए अहिलेका कडा प्रतिबन्धहरु सबै अपनाउनुपर्ने थिएन । अझैपनि खोप नलिएकाहरुले लिनुहोस” मर्केलले थप अनुरोध गरेकि छन् ।

नेताहरुले खेलाडीहरुलाई पनि २ जि नियम लगाउन चाहेको जर्मन अखवारहरुले उल्लेख गरेका छन् ।

जर्मनीमा कोरोना संक्रमण बढ्नुका यि हुन् पाँच प्रमुख कारण

गत महिना बायर्न म्युनिखका स्टार जोशुआ किमिचले खोप लिन अस्वीकार गरेपछि खोपको बारेमा राष्ट्रव्यापी बहस सुरु भएको छ ।

जर्मनीमा अहिलेसम्म ७० प्रतिशतले खोप लगाएका छन् । तर खोप लगाएको केहि महिनापछि खोपको प्रभावकारिता घट्दै जाने फ्रान्सका राष्ट्रपती एमानुयल माख्रोंले दुई हप्ता अघि उल्लेख गरेका थिए । त्यसैले युरोपका केहि देशले तेस्रो खोप अभियान शुरु गरेका छन् भने केहिले तेस्रो खोपकालागि योजना बनाईरहेका छन् ।

केहि हप्तादेखि संक्रमण बढ्दै जाँदापनि राजनीतिज्ञहरूले यसको रोकथाममा निष्क्रियता देखाएको र सेप्टेम्बरमा भएको चुनावपछि जर्मनीमा नयाँ सरकार गठन गर्न वार्तामा ध्यान केन्द्रित गरेको आरोप लागिरहेको छ ।

रोबर्ट कोच इन्स्टिच्युटका प्रमुख लोथर विलरले संक्रमणको वास्तविक संख्या आधिकारिक तथ्याङ्क भन्दा तीन गुणा बढी हुनसक्ने चेतावनी दिएका छन् । धेरै संक्रमणहरू पत्ता नलागेका वा परीक्षण नगरिएका हुनसक्ने उनको भनाई छ ।

“हामी अहिले गम्भीर आपतकालिन अवस्थामा छौं । यदि हामीले अहिले नै बाटो परिवर्तन गरेनौं भने हामीले साँच्चिकै धेरै खराब क्रिसमस ब्यहोर्नुपर्ने छ” उनले भने।

यसैसित संवन्धित अन्य रिपोर्ट

कोरोनाका कारण जर्मनीको म्युनिख शहरद्वारा क्रिसमस बजार बन्द

जर्मनीमा कोरोना संक्रमण बढ्नुका यि हुन् पाँच प्रमुख कारण

अस्ट्रिया र जर्मनी द्वारा कोरोना खोप नलगाएकाहरूमा नयाँ प्रतिबन्ध

तपाइँको प्रतिक्रिया