बुधबार, वैशाख १२, २०८१

एनआरएनएको निर्वाचन मिति पक्का, १५ डिसेम्वरमा निर्वाचन, १९ र २० डिसेम्वरमा महाधिवेशन

नेपालप्लस संवाददाता२०७८ मंसिर ३ गते १५:५०

विभिन्न विवादका कारण रोकिएको गैर आवाशिय नेपाली संघको निर्वाचन डिसेम्वर १५ तथा महाधिवेशन १९ र २० डिसेम्वरमा हुने भएको छ ।

गैर आवाह्सिय नेपाली संघका एक केन्द्रिय सदस्यले नेपालप्लसलाई दिएको जानकारि अनुसार केन्द्रिय समितिका तर्फबाट अध्यक्ष कुमार पन्तले प्रतिनिधि छनौट र समाधानका उपायहरुसहितको सूची निर्वाचन आयोगलाई आजै शुक्रवार बुझाएको छ । केन्द्रले निर्वाचन कमिटीलाई डिसेम्वर १५ मा निर्वाचन गर्न मिति तोकेर बुझाएको हो ।

स्रोतका अनुसार प्रतिनिधी छनौटका विषयमा रहेको विवादलाई सल्टाउन अष्ट्रेलिया, अमेरिका र बेलायतबाट एनसिसिले पठाएको २५ प्रतिशतको सूचीलाईमान्यता दिने निर्णय गरेपछि यो विवाद केहि साम्य भएको हो ।

तर विधानबिपरित तरिकाले गलत नामहरु छनौट भएको भए त्यसलाई हेरेर सच्याउने जिम्मा केन्द्रले निर्वाचन कमिटीलाईनै दिएको एक केन्द्रिय सदस्यले नेपालप्लसलाई बताए।

यो समाचारलाई पुष्टि गर्न नेपालप्लसले एनआरएनए केन्द्रिय अध्यक्ष कुमार पन्तसित सम्पर्क गरेको थियो । के निर्वाचन डिसेम्वर १५ र महाध्विएशन १९ र २० मा हुने पक्का भएको हो ?’ भन्ने प्रश्नमा पन्तले नेपालप्लसलाई फोनमा भने ‘हो, त्यहि मितिमा निर्वाचन र माहधिवेशन हुने निर्णय भयो । बाँकि काम निर्वाचन आयोगले गर्छ ।’

प्रतिनिधी छनौटका विषयमा केन्द्रिय समितिले विधान सम्मात किसिमले छनाबिन गरि, सकेसम्म लचिलो बनेर प्रतिनिधी छनौटको विषय टुंग्याउन निर्वाचन कमिटीलाई जिम्मा दिएको छ ।

प्रतिनिधी छनौटका विषयमा केन्द्रमा करिब ७० वटा दाबी बिरोध परेकाले एनसिसिका प्रतिनिधीहरुसित छलफल गरेर सहमतिका आधारमा टुंग्याउने छ ।

त्यसकालागि निर्वाचन कमिटीको आजै शुक्रवार साँझ नेपालको समय अनुसार बेलुका ९ बजे बैठक बस्दै छ । निर्वाचन कमिटीले निर्वाचनका बारेमा छलफलगरि अगाडि बढ्ने योजना पारिद गर्ने छ ।

एनआरएनए केन्द्रिय समितिका एक सदस्यले नेपालप्लससित भन्यो भन्यो “हाल तोकिएको मिति अब हेरफेर हुने छैन । परराष्ट्रलाई जवाफ दिईसकेका छौं । निर्वाचनमा आउने आउँछन्, नआउने आउँदैनन्, निर्वाचन रोकिन्न।”

तपाइँको प्रतिक्रिया