शनिबार, वैशाख १५, २०८१

पृथ्वीको एक मात्र यस्तो गाउँ जहाँको भाडा ५०० वर्ष देखि बढेको छैन

नेपाल प्लस२०७८ मंसिर ४ गते १९:२४

धेरै व्यक्तिहरूको लागि भाडा सबैभन्दा ठूलो खर्च हो । मानिसहरूले प्रत्येक महिना भाडा तिर्नैकालागि आर्थिक बोझ र पिरलोको सामना गर्नुपर्ने हुन्छ । भाडाको मूल्यपनि त उतार-चढाव भईरहन्छ । जतासुकै प्रत्येक वर्ष थोरै भएपनि वृद्धि भएको देखिन्छ । कम आम्दानी भएकाहरूलाई त्यहिपनि ज्यादै बढी भएको महसुस हुन्छ । भाडा दरमा वृद्धि आर्थिक मुद्रास्फीति, आवास बजारमा वृद्धि, साहुको चाख र निश्चित खाले माग जस्ता विभिन्न कारणहरूले गर्दा हुन्छ ।

संसारका धेरै मानिसहरूसँग अहिलेपनि घर छैन । घर किन्दा चाहिने धितोको मापदण्डहरू थप जटिल हुँदै गएका छन् । त्यसैले आजको आर्थिक स्थितिमा थोरै मानिसहरू मात्रै घर मालिक बन्न सक्छन् । विश्वका धेरै देशमा घर, कोठा भाडामा लिने क्रममा मानिसहरुले ठूलो मुद्रास्फीतिको सामना गरिरहेका छन् जुन धेरै वर्ष देखि देखिएको छैन । विशेषज्ञहरूले घर, घरभाडा मूल्यहरू बढ्दै जाने अनुमान गरिरहेका छन् ।

यी सबैको आलावा यो पूँजीवादी धरतीमा जर्मनीको एउटा यस्तो ठाउँपनि छ जहाँ करिब ५०० वर्षदेखि भाडामा कुनै असर परेको छैन । भाडा एक पैसोपनि बढेको छैन ।

फुजेरेइमा वार्षिक १ डलर भाडा

यो ठाउँ आउग्सबर्गको अलिकति बाहिर छ जुन जर्मनीको सबैभन्दा पुरानो सहर हो । फुजेरेइ नामको सानो बाभारियन प्रान्तको गाउँमा एउटा सामाजिक आवास परिसर छ । यो सन् १५२१ मा निर्माण भएकोले यसको भाडा परिवर्तन गरिएको छैन । यो सानो सामाजिक आवास परिसर पनि अस्तित्वमा रहेको आवाश मध्ये सबैभन्दा पुरानो मानिन्छ।

घरहरु जाकोब फुगर द रिच द्वारा निर्माण गरिएको हो । किनकि उनी १६ औं शताब्दीको शुरुमा स्थानीय समुदायमा परिचित थिए । धनाढ्य मानिन्थे । यो विशेष गरी गरिबीको रेखामुनि रहेका नागरिकहरूको लागि जानेरै निर्माण गरिएको थियो । आवासका लागि आवेदन दिने मापदण्ड पनि यथावत राखिएको छ । यदि कसैले आवाशको लागि आवेदन दिन चाहन्छ भने उसले आफ्नो आर्थिक स्थितिको प्रमाण देखाउनुपर्छ । कुनै ऋण हुनुहुन्न ।

कम्प्लेक्स ६७ घरहरू मिलेर बनेको छ जसलाई १४७ अपार्टमेन्टहरूमा विभाजित गरिएको छ । १६ औं शताब्दीमा बभेरियन मध्ययुगीन घरहरू कस्तो देखिन्थ्यो भनेर प्रस्तुत गर्न प्रयोग हुने भएकाले एउटै घरलाईसमेत भत्किने, फरक हुनेगरि मर्मत गरिएको छैन । आज कम्प्लेक्समा बस्ने अधिकांश मानिसहरू थोरै पेन्सन बुझ्ने ज्येष्ठ नागरिक छन् ।

पाँच सय वर्षको यो अवधिमा भएका विभिन्न युद्धका कारण जटिल किसिमको क्षति भवनले बेहोरे पनि यति लामो समयसम्म भाउ कसरी यथावत राखिएको छ भन्ने कुराले धेरैलाई अचम्मित पारेको छ ।

धेरै पटक नष्ट र पुनर्निर्माण

वास्तवमा कम्प्लेक्स तीन पटक भन्दा बढी ध्वस्त भएको थियो । दोस्रो विश्वयुद्धको क्रममा सबैभन्दा खराब दूर्गति भवनले ब्यहोर्नु पर्‍यो जहाँ कम्प्लेक्सको ७० प्रतिशत भागमा बम विस्फोट भएको थियो । तर जतिपटक कम्प्लेक्स भत्किए पनि उहि शैली र परम्परागत वास्तुकला अनुसार पुनर्निर्माण गरिएको थियो । समय सँगै मिल्ने सेवा र सुविधा थप गरिएपनि उस्तै रहनेगरि अपार्टमेन्टहरु मर्मत गरियो । तर बाहिरि आभुषणपनि उस्तै राखिएको छ ।

यदि हामीले ५०० वर्ष पहिलेका सामान्य चीजको मूल्य हेर्‍यौं भने यो घरको भाडा कसरि बढेन भनेर झनै अचम्म लाग्छ । जस्तै एउटा रोटीको मूल्य लगभग २ सेन्ट थियो । अहिले एउटा रोटीको औसत मूल्य लगभग १ डलर (१ युरो) छ । यदि तपाईंलाई यो कम्प्लेक्स भ्रमण गर्न मन लागेमा तपाईंले प्रवेश शुल्क तिर्नुपर्छ । भ्रमण दस्तुर पाँच वर्षको भाडासम्म पर्छ । अर्थात् लगभग पाँच डलर ।

धेरै मानिसले यस ठाउँको बारेमा सुनेका भने छैनन् । यो भवन आफ्नो समकालीन युगमा धेरै लोकप्रिय थियो । यहाँ बस्ने सबैभन्दा प्रख्यात व्यक्ति वास्तवमा मोजार्टका हजुरबुवा थिए जसले यसलाई विशेष बनाएको थियो ।

वास्तवमा यो भवनको विशेषता के छ भने कम्प्लेक्स भित्रको समुदायले एकअर्कालाई मद्दत गर्दछन् । र उनीहरूले कानून र नियमहरूको सम्मान गरेर भ्रमण गर्न चाहने पर्यटकहरूलाई धेरै स्वागत गर्छन् ।

तपाइँको प्रतिक्रिया