शनिबार, वैशाख ८, २०८१

नेदरल्याण्ड्समा कोरोना भाईरस प्रतिबन्ध विरुद्दको प्रदर्शन हिंसात्मक, प्रहरीद्वारा गोली प्रहार

नेपालप्लस संवाददाता / नेदरल्याण्ड्स र फ्रान्स२०७८ मंसिर ४ गते २३:११

फोटो- रोब एन्जेलार / ईपिए/इएफइ

नेदरल्याण्ड्सको रोटरडम डाउनटाउनमा कोरोना प्रतिबन्धहरू विरुद्धको प्रदर्शनमा उत्रिएकाहरुले हिंसात्मक दंगा भड्काएको आरोपमा प्रहरीले गोली चलाउँदा सात जना घाइते भएका छन् भने दर्जनौं पक्राउ परेका छन् ।

प्रदर्शनकारीहरुले सुरक्षामा खटिएका प्रहरीहरुमाथि प्रहार गर्ने, साईक्लकल र गाडीहरु जलाउने गरेपछि त्यसलाई नियन्त्रण गर्ने क्रममा दंगामा संलग्नहरुमाथि प्रहरीले गोली चलाउँदार सात जना घाइते भएका हुन् ।

डच सहरका मेयरले यसलाई “हिंसाको नांगो नाच” भनेका छन् ।

मेयर अहमद अबुतालेबले शनिवार विहानको घटनामा पत्रकारहरुलाई प्रहरीहरुले आफ्नो सुरक्षाको लागि आफ्नो हतियार झिक्न आवश्यक महसुस गरेको बताएका छन् । “किनभने दङ्गाकारीहरूले बन्दरगाह सहरको केन्द्रीय किनमेल केन्द्रमा आक्रमण, आगजनी र ढुङ्गा हाने । त्यहाँका अधिकारीहरुमाथिनै ताकेर आतिशबाजी गरे” उनले पत्रकारहरुलाई संवोधन गर्दै भने ।

मेयर अबाउटलेबले प्रदर्शनकारीहरूलाई गोली हानेको र मानिसहरू घाइते भएको स्विकार गरे । तर घाइतेको विवरण भने दिएनन् । प्रहरीले चेतावनीस्वरुप गोली चलाएको उनको भनाई छ ।

हिंसामा धेरै प्रहरी अधिकारीहरू घाइते भएका छन् र अधिकारीहरूले दर्जनौं मानिसहरूलाई गिरफ्तार गरेका छन् । फ्रंस १ टिभीका अनुसार ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । सुरक्षा क्यामेराबाट भिडियो फुटेज अध्ययन गरेपछि थप गिरफ्तार गर्ने आशा गरेको अबाउटलेबले बताएका छन् ।

कर्फ्यू

गत वर्ष कोरोना भाइरस प्रतिबन्धहरू पहिलो पटक लगाइएदेखि नेदरल्याण्डमा हिंसाको सबैभन्दा खराब स्थिति भएको थियो । जनवरीमा कर्फ्यू लागू भएपछि दंगाकारीहरूले रोटरडमको सडकमा प्रहरीमाथि आक्रमण गरेका थिए । सार्वजनिक भवन, यातायात र पसलमा आगो लगाएका थिए ।

शनिवार हिंसात्मक घटना हुनसक्ने सूचना प्रहरीले शुक्रवारनै पाएको थियो । शनिवारको स्थितिलाई नियन्त्रणमा लिन मद्दत गर्न देशभरका प्रहरी एकाइहरू रोटरडममा दौडिएका थिए । स्थानीय मिडियाले दंगामा फुटबल गुण्डाहरूको गिरोह संलग्न रहेको बताएको छ ।

डच प्रसारक एनओएसमा देखाइएको सामाजिक सञ्जालबाट भिडियो मार्फत् रोटरडममा एक व्यक्तिलाई गोली हानिएको देखाइएको थियो । फ्रान्सको टिएफ १ टिभीलेपनि एक ब्यक्तिलाई बिच सडकमा गोली हानेको द्रिष्य देखाएको छ । तर ति घाईतेलाई कहाँ लगियो र के भयो भन्ने सूचना कतै राखिएको छैन ।

डच प्रहरीले आफ्नो ट्वीटरमा ति ब्यक्तिलाई कसरी र कसले गोली हानेको हो भन्ने स्पष्ठ नभएको उल्लेख गरेको छ ।

सरकारले एउटा कानून ल्याउन चाहेको छ जसले व्यवसायीहरूलाई कोरोना भाईरस लागेर निको भएका वा दुबै खोप लगाएकाहरुलाई प्रवेश दिने अनुमति दिन्छ । त्यस्तो पासले कोरोना भाईरस परिक्षण गर्दा नकारात्मक भएकाहरुलाई भने निषेध गर्छ ।

नेदरल्याण्ड्समा पछिल्ला केहि हप्तादेखि कोरोना संक्रमणको संख्या बढीरहेको छ । एक हप्ता अघि नयाँ आंशिक तालाबन्दी लागू गरेको थियो ।

स्थानीय राजनीतिक पार्टी लीफबार रोटरडमले हिंसाको निन्दा गरेको छ ।

“हाम्रो सुन्दर सहरको केन्द्र आज साँझ युद्धक्षेत्रमा परिणत भएको छ” पार्टीले भनेको छ “रोटरडम एउटा सहर हो जहाँ तपाईं यहाँका चीजहरूसँग असहमत हुन सक्नुहुन्छ । तर हिंसा कहिल्यै, कहिल्यै, समाधान होइन ।”

तपाइँको प्रतिक्रिया

फेसबुक