शुक्रबार, चैत १६, २०८०

“परराष्ट्रले अवैधानिक पत्र काट्दैमा निर्वाचन रोकिन्न, अगाडि बढ्छौं” अध्यक्ष कुमार पन्त

नेपालप्लस संवाददाता२०७८ मंसिर ६ गते १७:३७

पराष्ट्र मन्त्रालयसितको छलफलकै आधारमा निर्वाचन तोक्दापनि मन्त्रालयले निर्वाचन रोक्न ठाडो हस्तक्षेप र नांगो नाच देखाएपनि निर्वाचन नरोकिने र आफूहरु अगाडि बढ्ने गैर आवाशीय नेपाली संघका केन्द्रिय अध्यक्ष कुमार पन्तले स्पष्ठ पारेका छन् ।

नेपालप्लस डटकमले सोमवार गरेको प्रत्यक्ष अन्तर्वार्ताका क्रममा पन्तले परराष्ट्रको पत्रले संघद्वारा तोकिएको निर्वाचन नरोकिने स्पष्ठ पारेका हुन् ।

पन्तले कुनै अमुक ब्यक्तिलाई संस्थाको नेत्रित्व सुम्पनकालागि मन्त्रालयले गैर आवाशीय नेपालीको साझा अभियानमाथि ठाडो उल्लंघन गरेको बताउँदै भने “यो एकदमै नांगो नाच हो । यो गैर संवैधानिक, विधान बिरुद्द हो । सरकारको नाँगो, ठाडो, बिधानबिपरित, न्यायको सिद्दान्त बिपरितको निर्णय हो । गैर आवाशीय नेपालीप्रति लगाएको गिद्देद्रिष्टी हो । आमान्य कदम हो । यसको विरोध र भर्त्सना गर्छौं । हामीले तोकिएको समयमा निर्वाचन गर्न कार्यतालिका अनुसार अगाडि बढ्छौं । महाधिवेशन समयमै गर्छौं । ”

पन्तले अगाडि भने “परराष्ट्र मन्त्रालयले अघिल्लो पटक पत्र काटेपछि छलफल गर्न जाँदा परराष्ट्र मन्त्र्ती डा नारायण खड्काले एनआरएनए प्रतिनिधिहरुसितको बैठकमा ‘मलाई माथिबाट दबाब आउनुभएन, कुरा माथि पुर्‍याइदिनुहोला’ भनेपछि त्यहिं कुरा बुझिहालिन्छ परराष्ट्रमन्त्रीज्यु आफैं निरिह हुनुहुन्छ ।”

विधानमा प्रतिनिधि छनौटको विषयमा स्पष्ठ भएको, विधानमा नियमावली बनाउन पाइने उल्लेख गरिएको र त्यस अनुसार बनाएको, ६५ प्रतिशत प्रतिनिधी पुरानै कार्य समितिले छान्ने भनेर उल्लेख भएको र ति सबै तथ्यहरु लिएर चार पूर्व अध्यक्षहरु, कानुनविदसहित मन्त्रालय गएको पन्तले बताएका छन् ।

“महाधिवेशन प्रतिनिधी छनौटको विषयमा स्पष्ठ लेखिएकै छ ६५ प्रतिशत प्रतिनिधि कसरि छनौट हुन्छन् भनेर । पररष्ट्र मन्त्रालयमा छलफल गर्न चार जना पूर्व अध्यक्षहरुसहित गएका छौं । त्यति गर्दापनि विधानमै नभएको कुरो नबुझेको, नदेखेको जस्तो गर्नु उहाँहरुको नियतमै खोट छ भन्ने मलाई लाग्छ” पन्तको बह्नाई छ ।

गैर आवाशीय नेपाली अभियानलाई खत्तम पार्न केहि निहित स्वार्थ बोकेका ब्यक्तिहरु पहिलेदेखिनै लागेको उल्लेख गर्दै पन्तले भने “गैर आवाशीय नेपाली संघको दर्ता खारेजि गरिदिन्छु भनेर धम्कि आएको थियो । प्रधानमन्त्रीको निवाशमै केहि ब्यक्तिहरुलाई बोलाएर ‘तपाईहरु किन किच किच गरेर यहि संस्थामा बस्नुहुन्छ ? म अर्को एनआरएन दर्ता गरिदिन्छु’ भन्नुभएको थियो पन्तले भने “गैर आवाशिय अभियानलाईनै खत्तम बनाउने खेलमा केहि तत्वहरु लागेका छन् । एनआरएनएलाई कमजोर बनाउन लाग्ने तत्वको चंगुलमा सरकार फसेको पहिलो पटक हो । यस्तो राज्यले, यस्तो सरकारले न्याय देला भन्ने कुरा त संभवनै छैन ।”

गैर आवाशी नेपाली संघको संरक्षक परिषदका बहुमत सदस्यहरुसहितनै परराष्ट्र मन्त्रालयमा पटक पटक वार्ता गरेकोले संरक्षक परिषद त्यहि समस्या समाधान गर्ने वार्तामा सरिक हुँदाहुँदै मत्रालयले किन पटक पटक संरक्षक परिषदको नाम लिन्छ भन्ने आफूलाई अचम्मा लागेकोसमेत पन्तले बताए ।

“संरक्षक परिषद भनेर पटक पटक किन नाम लिन्छ ? म अचम्मित छु । मैलेनै कुरा गरेको छु संरक्षक परिषदसित । ‘संरक्षक परिषदलाई जिम्मा दिएर मात्रै प्रतिनिधि विवादको समस्या हल हुन्न, यो काम केन्द्रिय समितिलेनै गर्ने हो, बरु तपाईहरुलाई के सहयोग गर्नुपर्‍यो भन्नुस् है’ भनेर त संरक्षक परिषदकै सदस्यहरुले भन्नुभएको हो । तरपनि फेरि संरक्षक परिषद भनेर किन परराष्ट्र मन्त्रालयले नाम लिईरहन्छ ? म अचम्मित छु”

एन आर एन एले हाल तोकेको निर्वाचन र महाधिवेशनको मिति अब कुनैपनि हालतमा नरोकिनेसमेत स्पष्ठ पारे । बरु आफूहरु अदालत जाने र त्यसको तयारि भैरहेकोसमेत बताए “केहि दिनभित्रै अदालत जान्छौं । कानुनि उपचारतिर लाग्छौं । कुनैपनि हालतमा रोकिन्न निर्वाचन ।”

विधान ब्याख्या गर्ने निकाय परराष्ट्र मन्त्रालय नभएकोसमेत पन्तको भनाई थियो । उनले भने “परराष्ट्र मन्त्रालयले विधानको ब्याख्या गर्न मिल्छ ? विधानमै नभएको कुरो गर्न मिल्छ ? यो राजनितिक नियुक्त गरेजस्तो हो र ? राजदूत नियुक्त गरेजस्तो हो र एउटा स्वतन्त्र, सामाजिक संस्था ?” पन्तले भने “परराष्ट्रमा दशौं हजार संस्था दर्ता छन् । उसले सबैको काममा हात हाल्ने, आफूले चाहेको ब्यक्ति नियुक्त गर्ने हो ? निर्वाचन आयोगमा सबै दल दर्ता छन् । सबै निर्वाचन आयोगले तिमाथि आफ्नो अनुकुलको कुरा लाद्छ, हाबि हुन्छ ?”

कुनै अमुक ब्यक्तिलाई अध्यक्ष बनाउनकालागि विधान बिपरित, पुरै संस्थामाथि हस्तक्षेप गर्न खोजिएको पनि उनले खुलाए ।

परराष्ट्रले दिएको निर्देशन न्यायको सिद्दान्तबिरुद्द, कानुन र विधान बिरुद्द भएकाले त्यसलाई आफूहरुले नमान्ने, मान्न नहुने उनको अडान छ । निर्वाचन हुनुभन्दा पहिलेनै निर्वाचन परिणाम सरकारले खोज्नुनै मूल्य समस्या रहेको पन्तले बताए ।

‘अब टुकिने भयो यो संस्था ?’ भन्ने प्रश्नमा पन्तको जवाफ छ ‘गैर आवाशीय नेपाली संघ मात्रै होइन धेरै संस्था छन् । अरु कुनैपनि संस्था बनाउँछन्, बन्छन् नेपाल र नेपालीकोलागि काम गर्छन् भने हामी त्यससलाई स्वागत र सहयोग गर्छौं । तर यो संस्था टुक्रिंदैन ।”

गैर आवाशिय नेपाली संघलाई खण्डित बनाउन खोज्ने, यसको शक्तिलाई कमजोर बनाउन खोज्ने सरकार मात्रै नभएर अन्य तत्वहरुपनि भएको, ति तत्वहरु हाल हाबी भैरहेको भेदपनि पन्तले खोले “तर यत्यस्ता तत्वको चंगुलमा परराष्ट्र मन्त्रालय फसेको पहिलो पटक हो” एनआरएनए अध्यक्ष कुमार पन्तले हाकै भने ।

तपाइँको प्रतिक्रिया

फेसबुक