शुक्रबार, वैशाख १४, २०८१

ड्राईभिङको परिक्षामा जाँदा प्रहरीकोमा एक्लै गाडी लिएर जर्मन नागरिक

नेपालप्लस संवाददाता२०७८ मंसिर ७ गते १९:१७

जर्मनीका एक व्यक्तिले ड्राइभिङ लाइसेन्सको परिक्षा दिन जाँदा एक्लै गाडी चलाएर गएपछि प्रहरीहरु छक्क परेका छन् ।

३७ वर्षीय आवेदकले सोमबार दिउँसो कोलोन नजिकैको बर्घिमको ड्राइभिङ टेस्ट सेन्टरमा एक्लै गाडी चलाएर गएका थिए ।

एपी न्युजका अनुसार प्रहरीले मंगलबार ती व्यक्तिले ओपल जाफिरा गाडीलाई परीक्षा केन्द्र बाहिरपरीक्षकको अगाडि पार्क गरेपछि परिक्षक चकित परेका थिए ।

“मैले त्यहाँ मात्र गाडी चलाएको थिएँ किनभने म निश्चित गर्न चाहन्थें कि म समयमै पुग्नसकौं” चालकको भनाई उल्लेख गर्दै प्रहरीले एक विज्ञप्तिमा भन्यो।

उनको प्रयोगात्मक परीक्षा तुरुन्तै रद्द गरियो । र ती व्यक्तिले अब लाइसेन्स पाउनुको साटो ड्राइभिङको लागि अनुसन्धानको सामना गरिरहेका छन् ।

घटनास्थलमा बोलाइएको प्रहरीले कारको मालिकमाथि पनि अनुसन्धान सुरु गरेको छ । समाचारमा उमेर खोलेपनि ब्यक्तिको नाम भने उल्लेख छैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक