शुक्रबार, वैशाख ७, २०८१

बेल्जियमका डाक्टरले २,००० कोरोना खोप झुटो दर्ता गरेको आरोप

नेपालप्लस संवाददाता / बेल्जियम२०७८ मंसिर ७ गते २०:५६

बेल्जियमको वालोनिया क्षेत्रमा एक डाक्टरलाई कोरोनाका २,००० खोप झूटा दर्ता गरेको आरोप लगाइएको छ । उनले कोरोनाका खोप नलगाईकनै लगाएको भनेर दर्ता गराएका हुन् ।

त्यस्तो खोप दर्ता गर्ने डाक्टरको नाम खुलाईएको छैन । तर उनमाथि जालसाजी र झूटा कागजातको आरोप लागेपछि अनुसन्धान शुरु गरिएको युरोन्युजले उल्लेख गरेको छ । यो घटनालाई हाल अदालतमा पुर्‍याइएको छ ।

ति डाक्टरले मानिसहरूलाई कोरोना भाइरसको संक्रमण प्रतिबन्धहरूबाट बच्न मद्दत गर्नको लागि झुटो खोप दर्ता गराएको अधिकारीहरुले आरोप लगाएका छन् ।

वालोनियाका स्वास्थ्य मन्त्री क्रिस्टी मोरेलले यसलाई महामारीको समयमा बेल्जियममा फर्जीको सबैभन्दा गम्भीर उदाहरणको रूपमा वर्णन गरेकि छन् ।

डाक्टरले दक्षिणी बेल्जियमको फ्रान्सेली भाषी क्षेत्र वालोनियाको चार वटा क्षेत्रमा त्यस्तो फर्जी सेवा प्रस्ताव गरेको आरोप लगाइएको छ ।

कतिपय ठाउँमा बिरामीहरूलाई खोप नलगाईकनै ‘खोप लगाइएको छ’ भनी झूटो प्रमाणीकरण गरेकोमा उनलाई भुक्तानी गरिएको थियो ।

वालोनिया एजेन्सी फर क्वालिटी लिभिङले एउटै डाक्टरले विभिन्न ठाउँमा एकै समयमा दुई वटा कोभिड-१९ प्रमाणपत्र जारी गरेको थाहा पाएपछि उक्त ठगी पत्ता लागेको थियो ।

मोरेलले आ रटिबिएफ मेडियालाई बताएअनुसार एउटै डाक्टरले फरक फरक क्षेत्रमा २,००० मानिसहरूलाई खोप लगाउन असम्भव थियो ।

मोरेलले उसको ठगीबाट फाइदा लिने व्यक्तिहरू पनि अभियोगको लागि जिम्मेवार रहेको बताएकि छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक