बिहीबार, वैशाख १३, २०८१

मानव बेचबिखनमा संलग्न यातायात कम्पनीहरूलाई ईयूले कारवाहि गर्ने

नेपालप्लस संवाददाता२०७८ मंसिर ८ गते १०:४९

Image source – https://bit.ly/38Q5NT3 via blog.ipleaders.in

युरोपेली आयोगले मानिसहरूको तस्करी र ओसारपसारमा सहयोग गर्ने यातायात कम्पनीहरूलाई सजाय दिन तिनलाई कालो सूचीमा राख्ने कानुन ल्याउन लागेको छ ।

बेलारुस-पोल्याण्ड सीमानामा भैरहेको भूराजनीतिक टकरावको बीचमा सयौं आप्रवाशी र शरणार्थीहरुको बिजोग भएपछि ईयुले मानव बेचबिखनमा संलग्न यातायात कम्पनीहरुलाई नियन्त्रण गर्न नयाँ योजना ल्याएको हो ।

ईयुले त्यस्तो कानुनको मस्यौदा गरिरहेको छ । कानुनले सबै प्रकारका यातायात; स्थल, वायु र समुद्रीलाई समेट्ने छ । त्यसरि मानव बेचबिखनमा संलग्न यातायात कम्पनीलाई यातायात सेवाहरू प्रदान गर्ने अधिकार रद्द गर्ने, कम्पनीको कार्यकारि ब्यक्ति, कम्पनीलाई उडानमा रोक्का गर्ने, ईयु क्षेत्र भर ट्रान्जिट गर्न नपाइने, इन्धन भर्ने र बोक्ने अधिकार समेत निलम्बन गर्न अधिकार दिनेछ । त्यस्तो कम्पनीले आफ्नो यातायात बाहिर लगेर मर्मत गर्नसमेत पाउने छैन ।

बेलारूसी राज्यको स्वामित्वमा रहेको विमान यातायात कम्पनी बेलाभियाले खेलेको भूमिकामा शंका लागेपछि ईयुले यस्तो प्रतिक्रिया जनाएको हो । ईयुका अधिकारीहरुलेले बेलारुसी यो कम्पनीले आफ्नो क्षेत्रबाट आप्रवाशीहरुलाई विमानमा हालेर पोल्याण्डको सिमा नजिकको विमानस्थल ल्याउने र इयुको सिमामा छोडिदिने विश्वाश गर्दै आएका छन् ।

ईयु विश्वास के छ भने बेलाभिया एयरलाइनले मध्यपूर्व र अफ्रिकी देशहरूका आप्रवासीहरू मिन्स्कसम्म ल्याउन मद्दत गरेको थियो । त्यसपछि उनीहरूलाई पोल्याण्ड, लातभिया र लिथुआनियाको सिमानामा छोड्ने गरियो । यो योजना बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोलाई सहयोग गर्न बनेको हो ।

लुकासेन्कोले भने आप्रवासीहरूलाई आफूमाथि निम्तो दिएको भन्ने आरोपको खण्डन गरेका छन् । तर उनले केहि समय अघि बीबीसीलाई “यो बिल्कुल सम्भव छ” भन्दै आफ्नो सेनाले उनीहरूलाई पोल्याण्ड छिर्न मद्दत गरेको बताएका थिए ।

बेलारुस-ईयु सीमा संकट गर्मीको शुरुदेखि नै चलिरहेको हो । तर यस महिनाको सुरुमा स्थितिले नाटकीय मोड लियो जब सयौं नयाँ आप्रवाशीहरु अचानक बेलारुस-पोल्याण्ड सीमामा देखापरे । ति आप्रवाशीहरु मुख्यतया कुएनिका क्रसिङ पोइन्टमा देखिएका थिए र तिनको उद्देश्य पोल्याण्ड हुँदै जर्मनी छिर्ने थियो ।

उक्त घटनाले अन्तर्राष्ट्रिय आक्रोश र निन्दा निम्त्याइरहेको छ । किनभने सिमामा सयौं आप्रवाशीहरुले दुख र कस्ट भोग्नुपरेको थियो । ईयुले पहिले नै बेलारुस विरुद्ध नाकाबन्दि गर्न सहमत भैसकेको थियो ।

“हामी स्पष्ट बनौं, यी आप्रवासीहरूलाई झूटा वाचाहरू दिएर नराम्ररी बहकाइएको छ । हामीले यससँग लड्नु पर्छ” युरोपेली आयोगकि अध्यक्ष उर्सुला भोन डर लेयनले युरोपेली संसदलाई भनिन् “त्यसैले हामी आप्रवासीहरूको बेचबिखन र तस्करी सम्बन्धी अन्तर्राष्ट्रिय कानूनको आधारमा यातायातका सबै साधनहरूलाई निगरानी र कारवाहिको प्रस्ताव गर्दैछौं ।”

तपाइँको प्रतिक्रिया