शुक्रबार, वैशाख १४, २०८१

म्याग्डालेना एन्डरसन स्वीडेनको पहिलो महिला प्रधानमन्त्री बन्ने

नेपालप्लस संवाददाता२०७८ मंसिर ९ गते ०:२४

स्वीडेनका सांसदहरूले म्याग्डालेना एन्डरसनलाई देशको पहिलो महिला प्रधानमन्त्री बनाउने पक्षमा मतदान गरेका छन् ।

केहि दिनको अनिश्चित वार्तापछि सोशल डेमोक्र्याट नेत्रीले आफ्नो पक्षमा बुधवार बिहान संसदमा आवश्यक समर्थन प्राप्त गरेकि छन् ।

स्टेफान लोफभेनलाई प्रधानमन्त्रीबाट हटाएर त्यसमा वर्तमान अर्थमन्त्री एन्डरसनलाई प्रतिस्थापन गर्न योजना मिलाईएको थियो । तर मंगलवारसम्म पर्याप्त सांसदहरूद्वारा समर्थन प्राप्त गर्न असफल भएको थियो ।

गत हप्ता एन्डरसनले वाम पार्टीसित गहन वार्ता गरेपनि गतिरोध भएको थियो । त्यसपछि वाम पार्टीको समर्थन सुरक्षित गर्न वार्ता गर्नुपर्ने भन्दै थप समय मागेकि थिईन् । आफ्नो समर्थन सुरक्षित गर्न पेन्सन बृद्धिको माग गर्दै आएका वामपन्थी दलसँग मंगलबार साँझ सहमति भएको थियो ।

उनलाई ३४९ सिट भएको रिक्सडाग संसदमा पर्याप्त समर्थन पाउन यस हप्ता सोमवारसम्मको समय दिइएको थियो।

एन्डरसनको अर्को सहयोगी दल सेन्टर पार्टीले पहिले नै भनेको थियो, ‘हाम्रा सांसदहरूले एन्डरसनको बिरूद्ध मतदान गर्नबाट टाढै बस्ने छन् ।”

स्विडेनको संविधान अन्तर्गत प्रधानमन्त्रीहरूले संसदीय बहुमत (न्यूनतम १७५ सांसद) आफ्नो विरुद्ध नभएसम्म शासन गर्न सक्ने प्रावधान छ ।

सोसल डेमोक्र्याट पार्टीको हाल १०० सिट छ भने ग्रीन पार्टीको १६ सिट छ । आफ्ना सहयोगीहरू सहितको मत गन्दा एन्डरसनसित कुल १७४ सीट पुगेको छ । यो सरकार बनाउन आवस्यक बहुमत सिट हो ।

तपाइँको प्रतिक्रिया