बिहीबार, वैशाख ६, २०८१

रूसी शिक्षकहरूलाई कुनै बेला मासिक तलव भोड्कामा भुक्तानी

नेपालप्लस संवाददाता२०७८ मंसिर १० गते १३:२६

सन् १९९० को दशकमा विश्वमा आएको आर्थिक संकटले विश्वका हरेक राष्ट्रमा फरक फरक प्रभाव पारेको थियो । शीतयुद्धपछि विश्व शक्तिहरूले सन्तुलन कायम गर्न थालेपछि विश्व आर्थिक दृष्टिकोणबाट ठूलो परिवर्तनबाट गुज्रिरहेको थियो।

यसको सुरुवात अमेरिका र अन्य धेरै मध्य युरोपेली देशहरूबाट भएको थियो । विशेष गरी खाडी संकटका कारण इतिहासमा देखिएको सबैभन्दा ठूलो मन्दीले उपभोक्ताको विश्वासलाई गुमाईदिएको थियो । मन्दि ज्यादै उच्च स्थानमा पुग्यो । मन्दी हुनुमा धेरै अन्य कारकहरू थिए । अमेरिकामा एकदमै ठूलो संकट परेको थियो ।

त्यसपछि फिनल्यान्ड र स्वीडेन जस्ता स्क्यान्डिनेभियाका देशहरूमा बैंकिङ संकट आइलाग्यो । त्यतिबेला यि देशमा रहेका बैंक विश्वभरकै बलिया, सम्पन्न बैंकहरू भनेर चिनिन्थे । ईतिहासमा कालो बुधवार भनेर चिनिने एउटा घटना छ । सन् १९९२ मा ईआरएम अर्थात् युरोपियन एक्स्चेन्ज रेट मेकानिज्म (युरोपियन विनिमय दर संयन्त्र) बाट पाउन्ड स्टर्लिङ्ग फिर्ता लिन बाध्य भएर बेलायतको वित्तीय शक्तिलाई कलंकित गरेको थियो ।

अर्को मेक्सिकोको आर्थिक संकट थियो जुन अमेरिकामा ठूलो मन्दी पछि हुने अपरिहार्य घटना भनेर बुझिन्छ । यसले अमेरिकी सरकारलाई डलरको तुलनामा पेसो (मेक्सिको मुद्रा) को अवमूल्यन गर्न बाध्य तुल्यायो । मेक्सिकोको मुख्य निर्यातक र आयातकर्ता अमेरिका भएकोले मेक्सिकोमा रहेको अधिकांश डलर रातारात बाहिर निकालियो । पूँजी बाहिरिएकोले उनीहरू साँच्चै खराब अवस्थामा पुगे ।

यो सम्पूर्ण संकटको अर्को ठूलो प्रहार सन् १९९७ को एसियाली वित्तीय संकट थियो जसले जापान, दक्षिण कोरिया र चीन जस्ता देशहरूले शताब्दीयौंदेखि निर्माण गर्दै आएको अर्थतन्त्रहरूलाई कमजोर बनायो । सबैभन्दा महत्त्वपूर्ण १९९८ को रूसी वित्तीय संकट हो जुन रूसी केन्द्रीय बैंकले रूसी रूबलको अवमूल्यन र यसको ऋणमा डिफल्ट गरेको कारण यस्तो भयो ।

सन् १९९१ मा साम्यवादको पतन भएदेखि नै रुसलाई लोकतान्त्रिक प्रणालीमा बानी बसाल्न गाह्रो भइरहेकोले यो आवश्यक कदम थियो भनिन्छ ।

१५ बोतल भोड्का प्रति महिना

यस संकटका कारण रसियाले आफ्नो देशलाई ठूलो मन्दीमा फस्नबाट जोगाउन धेरै परिवर्तनहरू गर्नुपर्‍यो । तर जति प्रयास गर्दापनि सकेन । एउटा प्रमुख परिवर्तन भनेको रुसमा शिक्षकहरूलाई पैसाको सट्टा भोड्का भुक्तानी गर्ने उपाय निकालियो । अधिकांश शिक्षकहरूको तलब १५,००० रूबल थियो जुन त्यो समयको लगभग २०० डलर हो र आज लगभग ४३० डलर हुन आउँछ । त्यो समयमा यति तलबलाई अति राम्रो मानिन्थ्यो ।

रूस आर्थिक रूपमा कठिन समयबाट गुज्रिरहेको थियो । किनकि यसको राजनीतिक प्रणालीमा परिवर्तन भएको थियो र धेरै सम्पत्ति गुमाएको थियो रुसले । १५,००० रूबलको सट्टा, शिक्षकहरूले रुसकाया भोड्का १५ बोतल प्राप्त गर्न थाले ।

२२ सेप्टेम्बर सन् १९९८ मा मस्को पुलम्यान डेली न्युजमा प्रकाशित एउटा लेखमा उल्लेख गरिएको छ -‘मध्य रूस भित्रका सबै शिक्षकहरूले आफ्नो मासिक तलब भोड्कामा प्राप्त गर्नेछन् । किनभने सरकारी कोषहरू खाली भएका छन्।’

लेखमा यो पनि भनिएको छ- अल्ताई गणतन्त्र (साइबेरिया) मा ८,००० शिक्षकहरूले आफ्नो तलबको रूपमा १५ बोतल भोड्का प्राप्त गर्नेछन् जबकि स्थानीय नेताहरूले संघीय सरकारलाई ऋण तिर्न दबाब दिइरहेका छन् ।

तलब भोड्कामा दिँदा यो परिवर्तनले सरकार केहि महिना टिक्ने र कठिन अवधि सकिएपछि उनीहरूलाई रुवेलमै पारिश्रमिक दिइने सरकारले शिक्षकहरूलाई वाचा गरेको थियो । सरकारले सन् १९९८ को अगस्टमा सबै शिक्षकलाई २५ लाख डलर बराबरको रकम दिने वाचा गर्‍यो । तर पछि कुनै पनि शिक्षकले पैसा पाएनन् ।

भोड्कानै किन ?

यो प्रश्नपनि उठ्न सक्छ । खाना वा अन्य घरायसी वस्तुहरू दिएको भएपनि त राम्रो देखिन्थ्यो । किनभने रूसलाई ती पनि प्राप्त गर्न समस्या भइरहेको थियो । भोड्का रूसमा प्रशस्त मात्रामा थियो । यसैले उनीहरूले शिक्षकहरूलाई भोड्का दिए । अर्को तर्फ, भोड्का धेरै जसो घरपरिवारहरूले ठूलो मात्रामा खपत गर्थे ।

अन्य केहि स्रोतले शिक्षक मात्र नभएर केही अन्य पेशाका कर्मचारीले पनि त्यो अवधिमा भोड्कामा आफ्नो तलब बराबर प्राप्त गरेको उल्लेख गरेका छन् । सन् १९९९ को शुरुवातमा सरकारले शिक्षकहरूलाई भोड्काको सट्टा पैसामा भुक्तानी गर्न केही रकम व्यवस्थित गर्यो । केहि मानिसहरुले भने भोड्कामै भुक्तान गर्न रुचाएको बताउनेहरुपनि छन् । किनभने त्यो अवधिमा रूसमा जीवन धेरै विविध, हाईफाई वा ठाँटबाँटको थिएन । अधिकांश समय जाडो भैरहने रुसमा भोड्का लोकप्रिय पेय मानिन्छ ।

तपाइँको प्रतिक्रिया