शुक्रबार, वैशाख १४, २०८१

बेलायती प्रधानमन्त्री नेपाल घुम्न इच्क्षुक

नेपालप्लस संवाददाता / बेलायत२०७८ मंसिर १० गते १६:१४

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले नेपाल भ्रमण गर्न चाख राखेका छन् । बेलायतमा लामो समयदेखि व्यापार व्यवशाय गर्दै आएका नेपाली ब्यवशायी रवीजंग लामीछानेसितको भेटमा बेलायती प्रधानमन्त्रीले नेपाल भ्रमणको चाख राखेका हुन् ।

लामिछानेले बेलायतका प्रधानमन्त्री बोरिस जोनसन सहित गृहमन्त्री प्रिती सुशिल पटेलसँग भेट गरेका थिए ।

उनले प्रधानमन्त्री जोन्सनसँग “गोरखालीहरुले यो देश र जनताका लागि लामो समय सम्म सेवा गरेका छन । तपाईंले ति गोरखालीहरुको भूमीमा टेक्नुपर्दछ” भनेको बताए ।

जवाफमा प्रधानमन्त्रीले आफु नेपाल भ्रमणका लागि निकै उत्सुक ररेको र उपयुक्त समयमा भ्रमण गर्ने बताएका थिए । “यस बाहेक धेरै कुरा नगरौं छिट्टै नै केही हुँदै छ” लामिछनेले नेपालप्लससित भने ।

विगत दुई दशक भन्दा लामो समय बेलायतमा बसोबास गरेर ब्यवसायमा संलग्न लामिछाने बेलायत-नेपाल ब्यापार तथा लगानी मन्चका उपाध्यक्ष समेत हुन । यिनले गत महिना कोप २६ मा भाग लिन लन्डन आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई बेलायती सांसदहरुसँग भेटघाट र छलफल गराउन संयोजनकारी भूमिका खेलेका थिए ।

लामिछनेले आफुले दुई देशको विचमा पुलको काम गर्ने बताए । “म आधिकारिक मान्छे नभए पनि आफ्नो देशका लागि आफ्नो स्थानबाट सकेजती गर्ने प्रयास गरिरहेको हुन्छु” उनले भने ।

नेपालको अस्थिर राजनितिक अवस्थाका कारण बेलायत लगायत बिभिन्न देशमा राजदूतहरु खालि छन् । केपी ओली नेतृत्व सरकार हटेर शेर बहादुर देउवा नेतृत्व सरकार बन्नासाथ अन्य देशका केहि राजदूतसँगै बेलायतका नेपाली राजदूत लोकदर्शन रेग्मीपनि फिर्ता बोलाइएका थिए । हाल कार्यवाहक राजदूतका भरमा दूतावास चलिरहेकाले राष्ट्रले गर्नुपर्ने द्विपक्षिय हितका कामहरु हुन सकेका छैनन् भने विभिन्न राजदुतहरुले बेलायती प्रधानमन्त्रीलाई नेपाल घुम्न दिएको निम्तोलाई यहाँको सरकारले त्यति गम्भिरता पुर्वक लिएको हुँदैन । तथापी नागरिकको स्तरमा यस्तो किसिमको पहल अहिलेसम्म भएको थिएन ।

नेपाली दूतावास मार्फत हुनुपर्ने यस्ता द्विपक्षिय हितका काम राजदूतको अभाव र नेपालको अस्थिर राजनीतिका कारण हुन नसकेका बेला ब्यक्तिगत परिचय, लोकप्रियता र पहुँचका आधारमा लामिछानेले गरेको पहलले केही सुखद सन्देश भने दिएको छ ।

आफ्नो भेटमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नेपाल घुम्ने चाहना प्रकट गरेको लामिछानेले नेपालप्लसलाई बताए । “छिट्टै नै केही हुनेछ” उनले भने ।

नेपाल र बेलायतबिच सन् १८१६ मै कूटनितिक संवन्ध स्थापना भएको हो । दुई देशबिच कूटनितिक संवन्ध स्थापना भएको लगभग २०५ वर्ष हुँदपनि अहिलेसम्म बेलायती प्रधानमन्त्रिबाट नेपालको भ्रमण हुनसकेको छैन । यसलाईपनि नेपालको कूटनितिक असफलताको रुपमा हेर्ने गरिएको छ ।

कुनैपनि बेलायती प्रधानमन्त्रीले हालसम्म नेपालको भ्रमण नगरेकालेपनि बोरिस जोन्सनलाई नेपालको भ्रमण गर्ने पहिलो बेलायती प्रधानमन्त्री बन्न लामिछानेले प्रस्ताव गरेका थिए ।

उनको प्रस्तावमा जोनसनले सकारात्मक जवाफ दिएको लामिछानेले बताए । उनले भने “मैले नेपाल घुम्ने निम्तो दिंदा खुशि हुनुभयो । उहाँहरु नेपाल घुम्न सकारात्मक रहेको बताउनुभएको छ ।”

तपाइँको प्रतिक्रिया