शुक्रबार, वैशाख १४, २०८१

कोरोनाका कारण दक्षिणी अफ्रिकाबाट युरोपेली देशमा हवाई यात्रा प्रतिबन्ध गरिने

नेपालप्लस संवाददाता२०७८ मंसिर १० गते १८:०८

दक्षिण अफ्रिकामा फेला परेको कोरोना भाईरस नयाँ संस्करणको चिन्ताले युरोपेली युनियनमा दक्षिणी अफ्रिकाबाट आउने विमानहरुमा प्रतिबन्ध लगाउने प्रस्ताव गरिने भएको छ ।

शुक्रबार इटाली र जर्मनीले नयाँ यात्रा प्रतिबन्धहरू लगाएका छन् । किनकि युरोपेली युनियनले ईयुव्यापी उडान प्रतिबन्धहरूको प्रस्ताव ल्याएको छ ।

“युरोपेली आयोगले कोरोना भेरियन्टको चिन्ताले दक्षिणी अफ्रिकाबाट हवाई यात्रा निलम्बन गर्ने प्रस्ताव गर्ने छ” युरोपेली परिषद अध्यक्ष उर्सुला भोन डर लेयनले शुक्रबार भनेकि छन् ।

यो प्रस्ताव शुक्रबार रातिबाटै लागु हुनसक्ने युरो न्युजले उल्लेख गरेको छ ।

जर्मनी, इटाली र फ्रान्सले यस क्षेत्रबाट हवाई यात्रा प्रतिबन्ध गर्ने उपायहरू घोषणा गरिसकेका छन् ।

नयाँ संस्करण ब्यापक देखिएकाले अधिकतम सावधानीको अपिल गर्दै ईटालीका स्वास्थ्य मन्त्री रोबर्टो स्पेरान्जाले पछिल्लो १४ दिनमा दक्षिणी अफ्रिकामा बसेका जो कोहीलाई पनि आफ्नो इलाका प्रवेशमा प्रतिबन्ध लगाएको बताएका छन् ।

ईटालीले हाल लक्षित गरेका देशहरू दक्षिण अफ्रिका, लेसोथो, बोत्सवाना, जिम्बाब्वे, मोजाम्बिक, नामिबिया र इस्वाटिनी रहेको मन्त्रीले उल्लेख गरेका छन् ।

जर्मन स्वास्थ्य मन्त्री जेन्स स्पानले शुक्रबार दक्षिण अफ्रिकाबाट आउने एयरलाइन्सले जर्मन नागरिकहरूलाई मात्र ढुवानी गर्न सक्षम हुने बताएका छन् ।

अफ्रिकाबाट आउने यात्रुहरूले खोप लगाए वा नलगाएपनि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने छ।

“हामीलाई सरोकारको अन्तिम कुरा भनेको नयाँ भेरियन्ट लिएर आएका छन् कि भन्ने हो जसले अझ धेरै समस्याहरू ल्याउनेछ” उनले भने ।

फ्रान्सेली सरकारले पनि शुक्रबार दक्षिणी अफ्रिकाबाट आउनेहरू विमानहरुलाई निलम्बन गरिरहेको घोषणा गरेको छ ।

नेदरल्याण्डले यस्तै उपायहरूको योजना गरिरहेको छ ।

बेलायतलेपनि दक्षिण अफ्रिका र पाँच अन्य दक्षिणी अफ्रिकी देशहरूबाट शुक्रबार दिउँसोबाट प्रभावकारी उडानहरू प्रतिबन्धित गरिरहेको छ । ती देशहरूबाट हालै आएका जो कोहीलाई कोरोना भाइरस परीक्षण गर्न भनिएको छ ।

दक्षिण अफ्रिकाको सबैभन्दा बढी जनसंख्या भएको प्रान्त गौतेङका युवाहरूमाझ ब्यापक सङ्ख्यामा कोरोनाको उत्परिवर्तित रुप द्रुत रूपमा फैलिएकोले यो चिन्ताको विषय भएको वैज्ञानिकहरू बताउँछन् ।

अफ्रिकी भेरियन्ट भनेर चिनिएपनि वैज्ञानिक रुपमा बि.१.१.५२९ को रूपमा पहिचान गरिएको, नयाँ संस्करण बोत्सवाना, हङकङ र इजरायलमा दक्षिणी अफ्रिकाका यात्रुहरूमा पनि फेला परेको छ ।

तपाइँको प्रतिक्रिया