बिहीबार, चैत १५, २०८०

बेल्जियममा राती ११ बजेबाट बार र रेस्टुरेन्ट बन्द, थप नियम लागू

नेपालप्लस संवाददाता / बेल्जियम२०७८ मंसिर १० गते २०:३०

कोरोना भाईरसको संक्रमण तिब्र बढ्दै गएपछि बेल्जियम सरकारले नाईट क्लबहरु बन्द गर्नुकासाथै राती ११ बजेबाट बार, रेस्टुरेन्टहरु बन्द गर्न निर्देशन दिएको छ ।

बेल्जियमले कोरोना संक्रमण रोक्ने प्रयासस्वरुप शुक्रवार नाईटक्लब बन्द तथा राति ११ बजेदेखि बार र रेस्टुरेन्ट बन्द गर्नेलगायत नयाँ उपायहरू जारी गरेको हो । सरकारले कर्मचारीहरुलाई घरबाटै काम गर्न आवश्यक रहेकोसमेत उल्लेख गरेको छ ।

घर भित्र आयोजित कार्यक्रमहरू सिटको क्षमता भन्दा बाहिर हुनुहुनेछैन । विवाह र अन्त्येष्टि बाहेक निजी बैठकहरू प्रतिबन्धित गरिएको छ ।

प्रधानमन्त्री अलेक्ज्याण्डर दे क्रुले बिहीवार (नोभेम्बर २५) मा आफ्नो देशले गत हप्ता कडा महामारी नियमहरू लागू गरेपछि कोरोना भाइरसका घटना र अस्पतालमा भर्ना हुनेहरूको संख्या डरलाग्दो सित बढेर नराम्रो रेकर्ड बनाएको बताएका छन् ।

“यो वृद्धि विज्ञहरूले गत हप्ता संकेत गरेभन्दापनि अझ निराशावादी वक्र पार गर्यो” उनले एक विज्ञप्तिमार्फत् भने।

तपाइँको प्रतिक्रिया

फेसबुक