शनिबार, वैशाख ८, २०८१

फ्रान्सेली मछुवारहरुद्वारा बेलायतसितको तीनवटा बन्दरगाह र च्यानल टनेल अवरुद्ध

नेपालप्लस संवाददाता२०७८ मंसिर १० गते २१:०५

photo credit-paudal.com

फ्रान्स र बेलायतबिच एटलान्तिक महासागरमा माछा मार्ने विवाद बढ्दै जाँदा फ्रान्सेली मछुवारहरुले शुक्रवार बेलायतीलाई बन्दरगाहहरूमा पहुँच रोक्न थालेका छन् ।

फ्रान्सेली मछुवारहरुले ब्रेक्जिटट पछि माछा मार्ने इजाजतपत्रको विवादमा बेलायतसितको तिन वटा बदरगाहसितको पहुँच रोकिदिएका हुन् ।

नाकाबन्दी शुक्रवार विहान सेन्ट-मालोको बन्दरगाहमा सुरु भएको थियो । पछि शुक्रबार ओइस्ट्रेहम र काले बन्दरह्गरसमेत रोक्ने योजना गरिएको थियो ।

फ्रान्सेली माछा मार्नेहरूले यसबाहेक च्यानल टनेल टर्मिनलमा आउने मालवाहक ट्रकहरूलाई केही घण्टाको लागि अवरुद्ध गर्ने फ्रान्सेली राष्ट्रिय मत्स्य पालन समितिका अध्यक्ष जेरार्ड रोमीतीले पत्रकार सम्मेलनमा बताएका छन् ।

“हामी आस्वाशन र कागजपत्रमा हातमा बोकेर बस्न चाहँदैनौं, हामी केवल हाम्रो लाइसेन्स फिर्ता चाहन्छौं” उनले एएफपीलाई भने।

बेलायत र ईयुले हस्ताक्षर गरेको ब्रेक्सिट पछिको सम्बन्धविच्छेद सम्झौताको अंशको रूपमा युरोपेली मछुवाहरूले बेलायती पानीमा माछा मार्न जारी राख्न सक्ने प्रावधान छ । तर उनीहरूले त्यहाँ पहिलेदेखिनै माछा मारेको प्रमाणित गर्न सक्नुपर्छ ।

फ्रान्सले बेलायती पानी र च्यानल टापुहरू नजिकै माछा मार्ने ९६० भन्दा बढी इजाजतपत्रहरू प्राप्त गरेको छ । तर अझै पनि १५० भन्दा बढीको लागि प्रमाण दिनुपर्ने माग गरिरहेको जलस्रोत मन्त्रालयको भनाई छ ।

“एघार महिना भइसक्यो…….मछुवारहरूको धैर्यताको सीमा हुन्छ । हामी आशा गर्छौं कि यो चेतावनी छिट्टै सुनिनेछ,” रोमीतिले भनेका छन् । उनले भविष्यमा कारवाही गर्न सकिने कुरोलाई अस्वीकार नगर्ने बताए ।

उनले चेतावनी दिए “आन्दोलन बेलायतीको उत्तेजक र अपमानजनक मनोवृत्तिको प्रतिक्रियास्वरुप आएको हो ।”

बेलायती सरकारले बिहीवार यो कदमलाई “निराशाजनक” बताएको छ।

“हामी विरोध प्रदर्शनको धम्कीबाट निराश छौं । गैरकानूनी कार्यहरू गरिनुहुन्न भन्ने फ्रान्सेलीहरूमा निर्भर हुनेछ जसले त्यो व्यापारलाई असर नपरोस्” बेलायती प्रवक्ताले भनेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक