शुक्रबार, वैशाख १४, २०८१

एनआरएनए अभियान र कोरोना महामारीमा संघको भूमिका

कुमार पन्त२०७८ मंसिर १२ गते १०:३१

हामी सबैलाई थाह छ गैर आवाशीय नेपाली संघ (एनआरएनए) यो दुई वर्षको बिचमा कोरोना भाईरस महामारीको बेला पर्‍यो । जब हाम्रो कार्यकाल शुरु भयो त्यो बेला धेरै साथीहरुले मलाई ‘तपाईको कार्यकाल शुरु हुनासाथ कोरोक्ना महामारी आ ईलाग्यो । बडो बिडम्बना भयो । काम गर्नै नसक्ने हुनु भो । अप्ठेरो परिस्थिति भयो । धेरै साथीहरुले भन्ने गर्नुभएको थियो । मैले ‘कुनैपनि संघ संस्थाले आफ्नो औचित्य पुष्टि गर्नेनै यस्तै अप्ठेरो स्थितिमा हो । हामीले लाखौं गैर आवाशिय साथीहरुको उद्दार गर्नु छ । हाम्रो मात्रिभूमीको लागिपनि हामीले ठूलोठूलो सहयोग गर्नुपर्ने छ । त्यसैले यो त झन काम गर्ने महत्वपूर्ण बेला हो । यो नेत्रित्वले आफूलाई यस्तै अप्ठेरो स्थितिमा काम गरेर अब्बल साबित गर्ने छ’ भनेको थिएँ ।

मुलुकमा अक्सिजनको समस्या हुँदा सबैभन्दा पहिले अक्सिजनको सामान लिएर जाने पहिलो संस्था गैर आवाशीय नेपाली संघ थियो । अक्सिजनको किट, स्वास्थ्यकर्मीले लगाउने पोशाकको अभवा हुँदा ति सामाग्रि नेपाल लिएर जाने सबैभन्दा अग्रणी संस्था गैर आवाशीय नेपाली संघ थियो ।

बाहिर लाखौं नेपालीहरु अलपत्र परेको बेला ति नेपालीको उद्दार गर्ने र राहत लिएर जाने काम गैर आवाशीय नेपाली संघले गरेको थियो । कोरोनाको बेला मात्रै होइन गैर आवाशिय नेपालीको स्थापना सँगै हामीले नेपालमा गैर आवाशिय नेपालीका तर्फबाट नेपालमा १० करोडको लगानी लैजान्छौं भनेका थियौं । त्यो वास्तवमा म्मृगतृष्णा जस्तो भैसकेको थियो ।

त्यति मात्रै होइन, सन् २०१० मा अन्तर्राष्ट्रिय समन्वय परिषदको क्षेत्रिय भेला हुँदै थियो । क्षेत्रिय सदस्य थिएँ म । म क्षेत्रिय भेलामा जाँदै गर्दा यसको नेतृत्व कसले गर्ने भनेर बहस निस्कियो । तात्कालिन अध्यक्ष हुनुहुन्थ्यो देवमान हिराचन । ‘हामीले सक्दैनौं यसको नेत्रित्व गर्न, संस्थापक अध्यक्ष यसको नेत्रित्व गरिदिनुपर्‍यो’ भन्नुभयो । मै छु त्यो बैठकमा । ‘मैले ब्यक्तिगत रुपमा लाग्नुहुन्न, यसको नेत्रित्व तपाईहरुलेनै गर्नुपर्छ, संस्थाको नेत्रित्व गर्ने तपाईहरु हुनाले” भन्नुभयो उपेन्द्र महतोले । गैर आवाशीय नेपाली संघको यत्रा वर्ष बित्दापनि त्यो एजेण्डालाई कार्यान्वयन गर्न सकिएको थिएन । तर अहिले यो कार्यकालमा आएर त्यसलाईपनि कार्यान्वयन गर्‍यौं ।

मुलुकमा बिदेशी मुद्राको यत्रो अभाव भैरहेका बेला गैर आवाशिय नेपाली संघ, गैर आवाशीय नेपाली साथीहरुले लाखौं लाख नेपाल पठाइरहेका छन् बाहिरबाट । त्यो लगानी कम्पनीमार्फत् । त्यो १० करोड भन्दापनि अझै बढी जाँदै छ । साथीहरुले त्यो कम्पनीमा भटाभट पैसा हालिरहनुभएको छ । त्यो मृगतृष्णालाई हामीले यथार्थमा परिणत गर्‍यौं र त्यो पैसा नेपालमा गैसकेको छ । यो कार्यान्वयन भैसक्या छ ।

प्रविधीको जमानामा अब एनआरएनए प्रविधी मैत्री बन्नुपर्छ भनेर डिजिटल पद्दतीतिर लग्यौं । अहिले सबै साथीहरु एम आ इ एस पद्दतीमा गएर सदस्यता भर्न सक्नुहुन्छ । सबै राष्ट्रिय समन्वय परिषदहरुले आवस्यक परे त्यहि पद्दती मार्फत् निर्वाचनसमेत गर्नसक्नुहुन्छ । त्यसलाईपनि एनआरएनएको ईतिहासमा महत्वपूर्ण फड्को मारेको भनेर बुझ्दा हुन्छ ।

एनआरएन फाउण्डेशन बनाउने कुरा वर्षौंदेखि उठिरहेको थियो । त्यो बन्न सकेको थिएन । त्यो फाउण्डेशनपनि यहि कार्यकालमा बनिसकेको छ । फाउण्डेसन बनेर काम शुरु भैसक्या छ । नेपालमा अब कहिल्यैपनि अक्सिजनको अभाव नहोस् भनेर प्लान्ट स्थापना गर्नकोलागि महत्वपूर्ण काम करोडौं रकम खर्चेर फाउण्डेनले अक्सिजन प्लान्ट जोड्ने काम गरिररहेको छ अहिले ।

कोरोना कालमा अक्सिजन प्लान्ट बनाउने जस्तो महत्वपूर्ण कामबाट शुरु गरेको छ फाउण्डेशनले । गैर आवाशिय नेपालीहरुले सिकेको ज्ञान र सिप हस्तान्तरण गर्न एउटा नितिनिर्माण संस्थान (पोलिसी इन्स्टिच्युट) बनाउँछौं भनेका थियौं । त्योपनि वर्षौंदेखि एउटा बहसको विषय मात्रै भैरहेको थियो । अहिले आएर त्योपनि कार्यान्वन भैसक्या छ । अहिले पोलिसी इन्स्टिच्युटको चेयर प्रमुख संरक्षकलाईनै बनाइसकेका छौं । त्यसलेपनि काम शुरु गरिराख्या छ ।

नेपालमा अहिले गएर हेर्नुभयो भने ठाउँ ठाउँमा गैर आवाशीय नेपालीले दान गरेको रगत ओसारपसार, जम्मा गर्ने बस (रक्त बैंक) गुडिराख्या छ । रगतको अभाव पूर्ति गर्न भनेर पहिलो प्रोजेक्टका रुपमा चितवनबाट शुरु गरेका थियौं । त्यो अहिले सूदुरपस्चिममापनि गइसकेको छ । यस्ता महत्वपूर्ण काम गैर आवाशीय नेपाली संघले गर्दै छ ।

अब यस्ता ठूला काम गर्न गैर आवाशीय नेपालीको स्रोत र साधनले मात्रै धान्दैन । विश्वका अन्य अन्तर्राष्ट्रिय संघसंस्थासितपनि नेपालीको उद्दार र राहतकालागि सहयोगको हात फैलाउनुपर्छ । हातेमालो गर्नुपर्छ भनेर निति अगाडि सारेका थियौं । हामीले त्यहि निति र उद्देश्य अनुरुप संयुक्त राष्ट्र संघ अन्तर्गतको विश्व श्रम संगठन (आइएलओ) सित सहकार्यको प्रस्ताव गर्‍यौं । शुरुमै हामीलाई १० लाख डलर दियो । त्यो रकमले हामीले साँढे दुई लाख भन्दा बढी नेपालीको उद्दार र राहतमा लगायौं । यसरि गैर आवाशीय नेपाली संघले विश्वका अन्य प्रतिष्ठित संघ संस्थासितपनि आफ्नो काम औपचारिक रुपमा शुरु गरिसकेको छ ।

यो बिचमा गैर आवाशीय नेपाली संघले थुप्रै परिपकारि काम गरेको छ । त्यसको फेहरिस्त दिनसकिन्छ । त्यो निरन्तरको प्रक्रिया हो । हाम्रो आउने नयाँ कार्य समितिलेपनि त्यसलाई निरन्तरता दिने थियो ।

हामी आफ्नो महाधिवेशन सम्पन्न गर्ने चरणमा थियौं । महाधिवेशन गर्न ईतिहासमै यति धेरै राष्ट्रिय समन्वय परिषदहरुले आफ्नो निर्वाचन सम्पन्न गरेर प्रतिनिधिहरु पठाइसकेका थिए । त्यो प्रतिनिधि सूची छानबिन गर्नुपर्छ भनेर हामीले हाम्रो अन्तिम काम शुरु गरिसकेका थियौं ।

त्यहि बिचमा परराष्ट्र मन्त्रालयले हामीलाई चिठी पठायो । ‘तपाईहरुको भित्र ब्यापक अनियमितता भएको छ रे । त्यसो भएर निर्वाचनै नगर्नुस्, निर्वाचन संवन्धि सबै काम रोक्नुस्’ भन्नुभयो हामीलाई । हामीले निर्वाचन गराउन खोज्दा परराष्ट्रको सहसचिव, एनआरएनए डेस्क हेर्ने भरत रेग्मीले हामीलाई फोन गरेर निर्वाचन रोक्न भन्नुभयो । उहाँले हरेकदिन जसो फोन गरेर ‘हामी गैर आवाशीय नेपाली संघसित राम्रो संवन्ध बनाउन चाहन्छौं । त्यसैले हाम्रो कुराको अवज्ञा गरेर निर्वाचन संवन्धि कुनैपनि काम अगाडि नबढाउनुस्’ भन्नुभयो । वर्षौंदेखि सहकार्य गरेको, आफ्नो तालुकदार र नियमन गर्ने संस्था भएकाले आदर गरौं न त भनेर हेरियो ।

उहाँले ‘सबै साथीहरुलाई समेटेर लिएर जानुस् है’ भन्नुभयो । मैले ‘सबै साथीहरुसित सल्लाह गर्छु । मिलाएर, सबै हेरेर जाउँला । चुनावको प्रक्रिया चाहिँ शुरु गर्न दिनुस् न त । प्रतिनिधी छनौटको कुरोपनि हेरौंला’ भनें । ‘होइन चुनाव चाहिं अहिलेलाई सार्नुस्, अलिपछि गर्नुपर्छ’ भन्नुभयो । मैले ‘यो सार्ने कुरा चाहिं नगर्नुस्’ भनेर पटक पटक आग्रह गरें । तर उहाँहरुको नियत जसरि हुन्छ त्यो समय सिमालाई कटाउने रहेछ । समय सिमाभित्र चुनाव गर्न नदिने रहेछ ।

गैर आवाशीय नेपाली समुदायलाई हेप्न खोजिएको छ । कम आँक्न खोजिएको छ गैर आवाशीय नेपाली संघलाई । माननिय परराष्ट्र मन्त्रिज्यु राम्रोसित सोच्नुस् । यो ब्यवस्थाको लागि धेरै नेपालीले योगदान गरेका छन् । गैर आवाशीय नेपालीकोपनि योगदान छ । युद्दको बेलामा होस् कि कोरोना महामारीका बेला । गैर आवाशीय नेपाली संघले खेलेको भूमिकालाई तपाई नजरअन्दाज नगर्नुस् । गैर आवाशीय नेपालीले पठाएको रेमिटेन्सलाई तपाई नजर अन्दाज नगर्नुस् । यसरि नहेप्नुस् गैर आवाशीय नेपाली समुदायलाई । म आग्रह र अनुरोध गर्न चाहन्छु । यदि हेप्ने हो भने त्यो राम्रो हुँदैन ।

(पन्त गैर आवाशीय नेपाली संघका केन्द्रिय अध्यक्ष हुन्)

तपाइँको प्रतिक्रिया